आजदेखि प्रतिनिधि सभामा बजेटमाथि छलफल, एमालेले कडा विरोध जनाउने

Jun 4, 2023 - 03:32
 0
आजदेखि प्रतिनिधि सभामा  बजेटमाथि छलफल, एमालेले कडा विरोध जनाउने
आजदेखि प्रतिनिधि सभामा  बजेटमाथि छलफल, एमालेले कडा विरोध जनाउने

काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले ल्याएकाे आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेटमाथि छलफल सुरु हुनेछ ।

बैठकमा अर्थ मन्त्री डा. प्रकाश शरण महतले वक्तव्य सहित 'आ.व. २०८०-०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । त्यसपछि २०८०-०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्री महतले यही जेठ १५ गते संघीय संसद्काे दुवै सदनकाे संयुक्त बैठकमा बजेट पेस गर्नुभएकाे थियाे । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका कारण बजेटमाथिकाे छलफल आजदेखि मात्र सुरु हुन लागेकाे हाे ।

बैठकले कांग्रेसकी पूर्व सांसद् मीना पाण्डेकाे निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि तय गरिएकाे छ ।

यसैबीच प्रतिनिधि सभाकाे बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले कडा रुपमा प्रस्तुत हुने भएकाे छ । शनिबार बसेकाे एमाले संसदीय दलकाे बैठकले प्रतिनिधि सभामा कडा रुपमा प्रस्तुत हुने निर्णय गरेकाे थियाे । आजकाे बैठकमा एमालेले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा दिएकाे राष्ट्रहित विपरितकाे अभिव्यक्ति, विवादास्पद र निष्क्रिय नागरिकता विधेयक तथा बजेटका विषयमा विराेध जनाउन लागेकाे हाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1