एपीएफकी कप्तान इन्दु ‘प्लेयर अफ द टुर्नामेन्ट’
काठमाडौं । एपीएफकी कप्तान इन्दु बर्मा प्रधानमन्त्री कप महिला क्रिकेटको ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी छिन् । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफलाई जिताउन इन्दुले २ विकेट पनि लिएकी थिइन् । प्रतियोगितामा उनले ६ खेलमा १७२ रन बनाउनुका साथै ५ विकेट लिइन् । उनले ५० हजार रुपैयाँ प्राप्त गरेकी छन् । […]

काठमाडौं । एपीएफकी कप्तान इन्दु बर्मा प्रधानमन्त्री कप महिला क्रिकेटको ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी छिन् ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफलाई जिताउन इन्दुले २ विकेट पनि लिएकी थिइन् ।
प्रतियोगितामा उनले ६ खेलमा १७२ रन बनाउनुका साथै ५ विकेट लिइन् । उनले ५० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
६ म्याचमा २०९ रन बनाएकी एपीएफकी ममता चौधरी बेस्ट ब्याटर घोषित भइन् । यससँगै उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
५ खेलमा १० विकेट लिएकी बागमतकी मनिषा उपाध्याय बेस्ट बलर घोषित भइन् । यससँगै उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
फाइनल खेलमा एपीएफका लागि ३ विकेट लिएकी कविता जोशी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । यससँगै उनले ३ हजार रुपैयाँ पनि प्राप्त गरिन् ।
फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
What's Your Reaction?






