प्रेस चौतारी र प्रेस सेन्टर रामेछापले बुझाए ध्यानाकर्षण पत्र, मापदण्ड विपरीत सदस्यता कायम गरे मान्य नहुने

Jun 11, 2023 - 05:26
 0
प्रेस चौतारी र प्रेस सेन्टर रामेछापले बुझाए ध्यानाकर्षण पत्र, मापदण्ड विपरीत सदस्यता कायम गरे मान्य नहुने
प्रेस चौतारी र प्रेस सेन्टर रामेछापले बुझाए ध्यानाकर्षण पत्र, मापदण्ड विपरीत सदस्यता कायम गरे मान्य नहुने

काठमाडौं । प्रेस चौतारी नेपाल रामेछाप र प्रेस सेन्टर रामेछापले आइतबार बिहान नेपाल पत्रकार महासंघ रामेछापमा ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानको अक्षरशः पालना गरी रामेछापमा सुद्धिकरणको काम गर्न दुई संगठनले माग गरेका छन् । चौतारीका अध्यक्ष नवराज श्रेष्ठ र सेन्टरका अध्यक्ष निरोज श्रेष्ठले संयुक्त हस्ताक्षर गरी बुझाएको ध्यानाकर्षण पत्रमा महासंघले सदस्यता शुद्धीकरणको मापदण्ड जारी गरी देश भरि शुद्धीकरण अभियान सञ्चालन गरेकोमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले त्यसलाई स्वागत गर्दै आएका उल्लेख छ । महासंघले तयार गरेको मापदण्ड अनुसार निर्मम ढङ्गले सदस्यता शुद्धीकरण गर्नुपर्ने ध्यानाकर्षण पत्रमा लेखिएको छ । 

सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरीत हुने गरी नेपाल पत्रकार महासंघ रामेछाप शाखा सरकारी सेवामा रहेका, राजनीतिक दलका पालिका र जिल्ला कमिटीमा रहेका, क्रियाशील नरहेका सदस्यको समेत सदस्यता जोगाउने चलखेलमा लागेर राजनीतिक दल र शक्ति केन्द्रमा धाइरहेको कुरालाई गम्भीर रूपमा लिएको दुवै संगठनले जनाएका छन् । ‘नेपाल पत्रकार महासंघ कुनै राजनीतिक दलको भातृ संगठन होइन र हुन सक्दैन, नेपाल पत्रकार महासंघको सदस्यताको विषयमा कुनै राजनीतिक दल वा त्यसका नेताले गरेको निर्णय हामीलाई स्वीकार्य छैन’, ध्यानाकर्षण पत्र बुझाएपछि जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

नेपाल पत्रकार महासंघ रामेछापको शुद्धीकरण अभियान कुनै शक्ति केन्द्रको आडमा, कसैको धम्की वा दबाबमा रोक्ने छुट महासंघ नेतृत्वलाई नभएको विज्ञप्तिमा जनाइएको छ । ‘तत्काल शुद्धीकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्दछ भन्ने कुरामा महासंघ नेतृत्वको ध्यानाकर्षण गराउँदछौँ, यदि त्यसो नगरिए पत्रकार महासंघ रामेछापको कार्यालयमा तालाबन्दी गरी अन्य आन्दोलनका कार्यक्रम अघि बढाउने कुरा यसै ध्यानाकर्षण पत्र मार्फत जानकारी गराउँछौँ, यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार महासंघको वर्तमान नेतृत्व हुने कुरा समेत अवगत गराउँदछौँ’, विज्ञप्तिमा लेखिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1