गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिर्‍याे : प्रेम आले

Jun 15, 2023 - 07:34
 0
गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिर्‍याे : प्रेम आले
गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिर्‍याे : प्रेम आले

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सांसद् प्रेम आलेले पर्यटनमन्त्री सुदन किराँतीकाे कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाउनुभएकाे छ । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् आलेले पर्यटनमन्त्री किराँतीलाई 'स्टन्ट' मन्त्रीको संज्ञा समेत दिनुभयाे ।

अर्थ मन्त्रालयमा तार काट्ने मुसाे पशुपतिनाथ मन्दिरमा छिरेको भन्दै उहाँले पर्यटनमन्त्री किराँतीप्रति व्यंग्य गर्नुभयाे । आलेले भन्नुभयाे - 'गत वर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेकाे छ,  पहिलाे पटक ०७९ माघ २९ गते तार काटियाे, परिषद्काे संयाेजकत्वमा छानबिन समिति गठन भयाे, सत्यतथ्य पत्ता लगायाे, तर पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर उल्टै छानबिन समितिका संयोजक देवी बराललाई पुरस्कार स्वरुप सदस्यबाट हटाउने काम गरियाे, प्रतिवेदन लुकाइयाे, चाेरलाई संरक्षण गरियाे ।'

संरक्षित चाेरले बल पाएर ०७९ चैत १४ गते चाेरेकाे र ०८० जेठ २९ गते पनि चाेरले तार काटेर घ्याम्पे दानपेटिका हराएकाे भन्दै सांसद् आलेले बहुमल्य मूर्ति चोरिएकाे बताउनुभयाे ।

गाेठाटारकाे ५ सय ३५ राेपनी जग्गामध्ये ५ सय ४ राेपनी मात्र हालसाबिक गरेर ३१ राेपनी जग्गा विचाैलियासँगकाे मिलेमताेमा अपचलन गरी त्यही जग्गा अपचलनमा मुछिएका विचाैलियालाई काेषकाे सदस्यमा नियुक्ति दिइएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । गाेठाटारकाे सार्वजनिक जग्गा अडपिएकाे विराेध गर्ने विश्वकर्ण जैन र पूर्णबहादुरलाई पदबाट हटाउन जेठ २६ गते स्पष्टिकरण साेध्ने काम भएकाे उहाँले बताउनुभयाे ।

३ महिनामा ४ अर्ब नाफा कमायाे भनेर पर्यटनमन्त्रीले झुट बाेलेकाे भन्दै उहाँले यसबारे सत्यतथ्य जानकारी गराउन माग गर्नुभयाे । कर्मचारी र नागरिक लगानी काेषकाे ऋण नतिरेर ३ वटा जहाज खरिद गर्ने कुरामा कुनै सत्यता नभएकाे भन्दै सांसद् आलेले थन्केका जहाजकाे व्यवस्थापन गर्न पर्यटनमन्त्रीलाई चुनाैती दिनुभयाे । कमिशनकाे लाेभमा २ वर्षदेखि भाडामा दिइएकाे न्याराेबडी विमानकाे इञ्जिन मर्मत गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1