क्यानडाको मनिटोबा प्रान्तमा सडक दुर्घटना, १५ जनाको मृत्यु, १० घाइते

Jun 16, 2023 - 03:18
 0
क्यानडाको मनिटोबा प्रान्तमा सडक दुर्घटना, १५ जनाको मृत्यु, १० घाइते
क्यानडाको मनिटोबा प्रान्तमा सडक दुर्घटना, १५ जनाको मृत्यु, १० घाइते

मोन्ट्रियल । क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् ।  

क्यानाडाली प्रहरीले ट्विटरमार्फत विनिपेगको पश्चिममा रहेको कारबेरी नजिकै एउटा ठुलो सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको जनाएको हो । जानकारीका अनुसार अपाङ्गता भएका व्यक्ति बोकेको एउटा सानो ट्रक र विशेष गाडी एक आपसमा ठोक्किएको हो ।

‘१५जनाको मृत्यु भएको पुष्टि भएको छ,’ प्रहरीले भन्यो, ‘जबकि अन्य १० जनालाई विभिन्न चोटपटक अस्पताल लगिएको थियो। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।’ 

क्यानडाकी नेता हेदर स्टेफेन्सनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले ट्विट गर्दै भनेकी छिन, ‘यो दुर्घटनाले मेरो मुटु भाँचिएको छ ।’ 

दुर्घटना स्थल नजिकै सडकको छेउमा रहेको होटल रेष्टुरेन्टमा काम गर्ने निर्मेश वडेराले सो घटना दिउँसो भएको बताउनुभयो ।

उनले भने, ‘आजसम्म कुनै गाडीमा यस्तो भीषण आगलागी भएको देखेको छैन ।’ उनका अनुसार सडक दुर्घटनापछि सेमी ट्रक सडक छेउमा खसेको र अर्को गाडीमा आगो लागेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1