केपी ओलीलाई भेट्न वामदेव गौतम एमाले कार्यालयमा

Jun 18, 2023 - 09:15
 0
केपी ओलीलाई भेट्न वामदेव गौतम एमाले कार्यालयमा
केपी ओलीलाई भेट्न वामदेव गौतम एमाले कार्यालयमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन वामदेव गाैतम ललितपुरकाे च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुग्नुभएकाे छ ।एमाले अध्यक्ष ओलीलाई भेट्न नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गाैतम आइतबार दिउँसाे एमाले केन्द्रीय कार्यालय पुग्नुभएकाे हाे । भेटमा गाैतमले आफू एमालेमा फर्किन तयार रहेकाे बताउनुभएकाे थियाे ।

एमालेले ७० वर्षे उमेर हद हटाएपछि तत्कालीन उपाध्यक्ष गौतमलाई एमालेमा फर्किन बाटो खुला भएको छ । एमालेकाे साे निर्णयप्रति गाैतमले केही दिनअघि सकारात्मक प्रतिक्रिया दिँदै आफू एमालेमा खुशीसाथ फर्किन तयार रहेकाे बताउनुभएकाे थियाे । आफ्नाे सदस्यता एमालेमै रहेकाे र एमालेले जुन भूमिका दिएपनि आफू फर्किन तयार रहेकाे गाैतमकाे भनाइ थियाे ।

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई लगायतले समाजवादी माेर्चा घाेषणा गर्ने तयारी गरिरहेकै बेला गाैतम ओलीलाई भेट्न पुग्नुभएकाे हाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1