ब्राजिल बस दुर्घटना : १२ विद्यार्थीको मृत्यु, २१ जना घाइते

ब्रासिलिया । ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा बस र ट्रक बीचको ठक्करमा विश्वविद्यालयका १२ जना विद्यार्थीको मृत्यु भएको र २१ जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । “बस र ट्रकको भयानक दुर्घटनामा १२ जना विद्यार्थीको ज्यान गएको यस त्रासदीको दुःखद समाचारबाट हामी जागा भएका छौँ”, राज्यका गभर्नर टारसिसियो फ्रिटासले एक्समा लेखेका छन् । साओ […]

Feb 21, 2025 - 15:53
 0
ब्राजिल बस दुर्घटना : १२ विद्यार्थीको मृत्यु, २१ जना घाइते

ब्रासिलिया । ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा बस र ट्रक बीचको ठक्करमा विश्वविद्यालयका १२ जना विद्यार्थीको मृत्यु भएको र २१ जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

“बस र ट्रकको भयानक दुर्घटनामा १२ जना विद्यार्थीको ज्यान गएको यस त्रासदीको दुःखद समाचारबाट हामी जागा भएका छौँ”, राज्यका गभर्नर टारसिसियो फ्रिटासले एक्समा लेखेका छन् ।

साओ पाउलो नागरिक सुरक्षा अधिकारीहरूले एक बयानमा बिहीबार राति भएको दुर्घटनापछि २१ जना घाइतेलाई अस्पताल लगिएको र अधिकांशलाई डिस्चार्ज गरिएको बताएका छन् ।

घाइतेमध्ये एक जना ‘क्रेनियल ट्रामा’ बाट पीडित थिए र अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ र उनीहरूको अवस्था स्थिर छ ।

फ्रिटासले विद्यार्थीहरू दुर्घटना भएको बेला फ्रान्काको निजी विश्वविद्यालयबाट घर फर्कंदै गरेको बताए । “उनीहरूले आफ्नो सपना अधुरो भएको देखे”, उनले भने ।

राज्य सरकारको एक विज्ञप्तिमा ट्रक चालकलाई ‘घटनास्थलबाट भागेको, लापरवाहीपूर्वक हत्या र लापरवाहीपूर्वक शारीरिक क्षति पुर्‍याएको’ आरोप लगाइएको छ ।

सन् २०२४ डिसेम्बरमा दक्षिणपूर्वी राज्य मिनास गेरैसमा बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना सन् २००७ पछि ब्राजिलको सङ्घीय राजमार्गहरूमा भएको सबैभन्दा खराब दुर्घटना थियो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register