साफ च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै

Jun 21, 2023 - 04:28
 0
साफ च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै
साफ च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बेंग्लाेरमा सुरु हुँदैछ ।साफ च्याम्पियनसिप फुटबलकाे उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ । नेपाल र कुवेतबीचकाे खेल बेंग्लाेरस्थित श्री कान्तिराभा रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

याे संस्करणकाे प्रतियाेगितामा साफका ६ र २ आमन्त्रित गरी ८ राष्ट्र टोली सहभागी छन् । साफ च्याम्पियनसिपमा नेपाल समूह 'ए' मा छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंका सहभागी छैन । प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले भने आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएका छन् ।

नेपालले असार ९ गते आयोजक भारत र असार १२ गते पाकिस्तानसँग खेल्नेछ । माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा भारतसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1