बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

Jun 21, 2023 - 04:41
 0
बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु
बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी मृत्यु हुने दुवै जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्य पहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । 

मृतक दुवै पुरुष रहेको केसीले बताउनुभयो । जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ ।रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.