फिफा वरीयतामा सुधार हुने गरी खेल्छाैँ : अलमुताइरी

काठमाण्डाै – राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्यान्डसँगकाे मैत्रीपूर्ण फुटबलमा नेपालले फिफा वरीयतामा सुधार हुने गरी खेल्ने बताएका छन् ।

Mar 20, 2022 - 11:38
 0
फिफा वरीयतामा सुधार हुने गरी खेल्छाैँ : अलमुताइरी
File Photo

अखिल नेपाल फुटबल सङ्घले आज आइतवार आयाेजना गरेकाे बिदाइ कार्यक्रममा उनले यस्ताे बताएका हुन् । ‘केही अनुभवी राष्ट्रिय खेलाडीविना नै हामीले तयारी गरेका छाैँ । नेपालले इन्डोनेसिया र जोर्डन जत्तिकै बलियाे थाइल्यान्डसँग जित या बराबरीका लागि खेल्नेछ’, प्रशिक्षक अलमुताइरीले भने । 

एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एन्फाले आज आइतवार बिदाइ गरेको हाे ।  नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले चैत १० गते थाइल्यान्डकाे राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । 

राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका लागि राष्ट्रिय टोलीले थाइल्यान्ड भ्रमण गर्न लागेको हो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले शहीद स्मारक 'ए' डिभिजन लिग च्याम्प्यिन मच्छिन्द्रका खेलाडीविना नै मैत्रीपूर्ण खेलका लागि टोली बनाएका थिए । 

नेपाली टोलीले आउँदाे चैत १० गते थाइल्यान्डकाे राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन् । टोली भाेलि सोमवार थाइल्यान्ड जाँदैछ । 

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । एएफपसी छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् र खेल कुवेतमा हुनेछ । 

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जसमा हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register