अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको २० औ श्रृंखलामा राग मारवा ।

Feb 28, 2024 - 02:26
Feb 28, 2024 - 02:34
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको २० औ  श्रृंखलामा राग मारवा ।

फाल्गुन १६, काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको २० औ  श्रृंखलामा  कलाकार ,सितार बादक  रामकुमार  अर्यालबाट राग मारवाको प्रस्तुती गरिएको छ । सो प्रस्तुतीमा कलाकार अर्याललाई तबलामा पअच्युतराम भण्डारी, बाँसुरीमा डा. निरन्जन भण्डारी र तानपुरामा सुमिन खत्रीले संगत गर्नु भएको थियो ।   


शास्त्रीय संगीतलाई जीवित राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको १५ गते गौरीघाटस्थित  आफनै प्रतिष्ठानमा विगत २० महिना देखि अनवरत शास्त्रीय गायन र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ । 


 कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन विभागका प्रशासन अधिकृत धर्म मुनिकारले कलाकारहरुलाई सम्मानपत्र सहित सम्मान गर्नु भएको थियो । 


राग मारवा मारवा थाटबाट आएको राग हो । यसको आरोह अवरोह दुवैमा पंचम बर्जित भएकाले यसको जाति षाडव —षाडव हो । यस रागमा ऋषभ कोमल र मध्यम तीब्रको प्रयोग हुन्छ । यस रागको गायन बादन समय दिनको अन्तिम प्रहर हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register