ऋषि परम्परा र विप्रहरूका दर्शन एक अन्वेषण

Nov 16, 2022 - 10:02
Nov 16, 2022 - 10:03
 0
ऋषि परम्परा र विप्रहरूका दर्शन एक अन्वेषण

पेशलकुमार निरौला, निलकुमार क्षेत्री :

भूमिका:

 ऋषि परम्परा भनेको वैदिक सनातन धर्ममा शिक्षा र ज्ञान उत्पादनको प्राचीन प्रणाली थियो । सांसारिक जीवनका विभिन्न आयामहरूमा संलग्न नभई ऋषि मुनिहरूले अध्ययन र शिक्षणमा नै जीवन बिताउँथे । यो परम्परा दक्षिण एशिया वा भारत खण्डको संस्कृतिको नै मुख्य सार थियो । ऋषि वा बुद्धिजीविले संसारलाई विद्या दान गर्दथे भने ज्ञान उत्पादनका सामग्रीहरू संसारबाट नै लिन्थे । किनकि पदार्थको प्रतिबिम्ब मानसिक रूपरेखा वा मनमा परेपछि मात्र मनले पदार्थ वा संसारको व्याख्या गर्न सक्छ । त्यस्तै सोचाइ र भावनाको पनि अन्तत्र्रिmया हुन्छ । सोचाइ संसारसितको अन्तत्र्रिmया जस्तो शिक्षाबाट आउँछ भने भावना अन्तर ज्ञानबाट आउँछ । जुन मनुष्यको जीवन अनुभवको उपज हो । यहाँबाट के बुझिन्छ भने ज्ञान र पदार्थ वा संसारको बिचमा अन्तत्र्रिmया हुन्छ । त्यस कारणले पदार्थिक अवस्था वा अर्थतन्त्रको आकार विकसित भयो भने ज्ञानको स्तर पनि उच्च हुन्छ । उदाहरणका लागि पश्चिमा मुलुकहरू एवं चिनमा नयाँ सामान र नयाँ विचारहरूको आविष्कार हुन्छ । त्यस्तै दुर्बल अर्थतन्त्र भएका मुलुकहरू विकसित मुलुकहरू माथि ज्ञान र सामानका लागि निर्भर हुन्छन् । यी दुर्बल मुलुकहरू ज्ञान र सामानका उपभोक्ता मात्रै हुन् ।

 हाम्रो परम्परामा ६ वटा आस्तिक दर्शन छन् भने बौद्ध दर्शन नास्तिक मानिन्छ । किनकि त्यस दर्शनले वेदलाई आधिकारिक मान्दैन । आस्तिक दर्शनहरूमा मुख्य मानिने न्याय, वैशेषिक, सांख्य र वेदान्त दर्शन हुन् । अन्य दर्शनहरू योग र मिमांसा हुन् । दर्शनले सोचाइको आकार वा सिद्धान्त दिन्छ । जसको परिधि अन्तर्गत मनुष्यले सांसारिक जीवनका समस्या र आयामहरू बुझ्न सक्छ । त्यस्तै प्रकृतिका रहस्य र शक्तिहरूलाई पनि बुझ्न सक्छ । यसरी नै विज्ञानको जन्म हुन्छ । कश्यप (कणाद) ऋषिले आकाशलाई अजम्बरी माने अनि त्यसलाई समय र गु?त्वाकर्षणसित जोडेर हेरे । जुन वैशेषिक सूत्रमा व्याख्या गरिएको छ । बिशौँ शताब्दीका चर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सापेक्षताको सिद्धान्त दिए । जसले कश्यप ऋषिले नै दिएको विषयसित सरोकार राख्दछ (डुक्वेट र राम शुभ्रमनियन, सन् २०१० ः ५२३–५२४) । ज्ञानलाई सिमानाहरूले अब?द्ध गर्दैन । यो प्रकाश भैmँ सर्वत्र पैmलिन्छ । त्यस कारणले सामाजिक शास्त्रमा कुनै यस्तो सिद्धान्त छैन जुन भारतीय दर्शन भन्दा बाहिर छ । पश्चिमाहरूले विज्ञान र प्रविधिमा विकास गर्नुको कारण उनीहरूको आर्थिक समृद्धि हो । अचेल अर्थतन्त्र ठुलो हुँदा चिनले पनि विज्ञान र प्रविधिमा विकास गरेको छ । यहाँबाट के बुझिन्छ भने ज्ञान र पदार्थको अन्तत्र्रिmया हुन्छ ।

 ऋषि भन्ने शब्द ब्राह्मण वा विप्रसँग सम्बन्धित छ । किनकि ब्राह्मणको अर्थ हुन्छ जसले ज्ञान प्राप्त गरेको छ । संस्कृतमा विद भनेको ज्ञान हो । जसलाई ब्रह्म पनि भनिन्छ । ऋग्वेदमा उल्लेख छ कि जसले ब्रह्म प्राप्त गरेको छ उसले अनुयायी खोज्दछ । जस्तो शिल्पकारले चर्किएका सामानहरू खोज्दछ र चिकित्सकले रोगी खोज्दछ (ऋग्वेद, ९ः११२.१) । यस लेखमा ऋषि परम्परालाई बुझ्ने प्रयत्न गरिएको छ । यसको मुख्य तर्क के हो भने प्राचीन कालमा प्रवृत्ति मार्ग वा सांसारिक सञ्जाललाई त्यागेर निवृत्ति मार्ग वा सन्यास लिने ऋषि मुनिहरूले आफ्नो जीवन अनुसन्धान र ज्ञान प्रदान गर्नमा नै बिताउँथे । त्यस कारणले दर्शन वा सिद्धान्तको निर्माण हुन्थ्यो । गु? शिष्य परम्परा नै ज्ञान परम्पराको मुख्य आधार थियो । कश्यप ऋषिले शिक्षणको पेशालाई यजति भनेका छन् । जसको अर्थ हुन्छ पढाउने काम भनेको यज्ञ गरे जस्तै हो (सिन्हा, सन् १९२३ ः ६–७) । यस लेखमा ऋषि परम्परा र विप्रका दर्शनलाई शैव सिद्धान्तको दृष्टिकोणबाट विश्लेषण गरिएको छ । जसले विरोधाभाषको विचार दिन्छ । कश्यप ऋषिका अनुसार विरोधाभाष भनेको एक ढाँचा वा कुनै वस्तुमा अन्तर्निहित हुन्छ । जहाँ कुनै वस्तु वा वर्गका अस्तित्व र पहिचान दुई अवस्थाहरूको सहअस्तित्वमा निर्भर हुन्छ । यी एक अर्काका विपरीत हुन् तर तिनीहरू तनावमा एक अर्कामा निर्भर छन् (सिन्हा, सन् १९२३ ः ३१, २१४–२१८) । यो लेख वेदहरू, वृहदारन्यक उपनिषद, शतपथ ब्राह्मण, पालि बौद्ध ग्रन्थ, मेगास्थेनिसको इण्डिका, भारतीय दर्शनका पुस्तकहरू, गोपालराज वंशावली र नेपाल महात्म्यका आधारमा तयार पारिएको छ । साथसाथै विभिन्न विद्वान्हरूका पुस्तक र लेखहरू पनि समावेश गरिएको छ ।
मुख्य शब्दहरू ः ऋषि, मुनी, वैदिक परम्परा, ब्राह्मण, दर्शन ।


ऋषि मुनि वा श्रमण परम्परा


 ऋषि भन्ने शब्द ‘ऋष्’ बाट आएको हो । जसको अर्थ हुन्छ ज्ञान वा सर्न (विलियम्स, सन् १८९९ ः २२६) । यसको अर्थ हुन्छ बग्नु वा बगेर सर्नु । बुद्धिजीवि सांसारिक सञ्जालबाट पर पुगेर ज्ञान प्राप्त गर्छ र ज्ञानको दान गर्छ । त्यस कारणले उनीहरूलाई ऋषि भनिएको हो । ऋषि मुनिहरूलाई श्रमण पनि भनिन्थ्यो । श्रमण भन्ने शब्द श्रमबाट आएको हो । जहाँ श्रमणहरू भेला हुन्थे त्यसलाई आश्रम भनिन्थ्यो (ओलिवेल, सन् २००४ ः ११) । तैतिरिय आरण्यकमा श्रमणहरूलाई ऋषि पनि भनिएको छ (ओलिवेल, सन् २००४ ः १३) । आश्रम भन्ने शब्द श्रमबाट आएको हो, जसको अर्थ हुन्छ परिश्रम गर्ने र आपैmले प्रयास गर्ने । ऋग्वेदमा उल्लेख छ कि श्रम वा यज्ञ नगरे देवताहरू पनि मित्र हुँदैनन् (ऋग्वेद, ४ः३३.११) । यज्ञवल्क्य ऋषिले शतपथ ब्राह्मणमा भन्छन् श्रम र तपसले देवताहरूले अमृत प्राप्त गरे (शतपथ ब्राह्मण, ९ः५.१.२) । त्यस्तै ऐतेरिय ब्राह्मणमा ऋषि वा सन्यासीलाई श्रम गर्ने र उनीहरूलाई इन्द्रका मित्र भनिएको छ (ऐतेरिय ब्राह्मण, ७ः१५) । बौद्ध र जैनका धार्मिक ग्रन्थहरूमा भिक्षुहरूलाई श्रमण भनिएको छ (ओलिवेल, सन् २००४ ः ११) । त्यस्तै ऋग्वेदमा ऋषि मुनिहरूलाई लामो कपाल भएका केशिन जसलाई सबैले आकाश मान्छन् र प्रकाशका लागि हेर्छन् भनिएको छ (ऋग्वेद, १०ः१३६) । ऋग्वेदमा उल्लेख छ कि ऋषि मुनिहरू वनमा विहार गर्छन् । जहाँ पशु, गन्धर्व र अप्सराहरू हुन्छन् । उनीहरूले ?द्रको लोटाबाट पानी पिउँछन् । उनीहरू ?द्रका मित्र हुन् (ऋग्वेद, ८ः१७.१४, ७ः५६.८) । ऋग्वेदको सुक्त (ऋग्वेद, १०ः१३६.७) मा देखिन्छ कि ऋषि मुनिहरू ?द्रका अनुयायी थिए । यहाँबाट के बुझिन्छ भने शैवहरूले नै ऋषि परम्पराको सु?वात गरेका थिए ।

वृहदारण्यक उपनिषदमा उल्लेख छ कि ऋषि मुनिहरूका लागि संसार संसार होइन, मातापिता पनि आफ्ना होइनन् । चाण्डाल र पौलकश अछुत होइनन् । तिनीहरू सांसारिक मोह र मायाबाट बाहिर हुन्छन् (वृहदारण्यक उपनिषद, ४ः३.२२) । समाज वा सांसारिक सञ्जालमा बसेपछि मनुष्यहरूका मनमा लोभ, क्रोध, मोह र इष्र्याले जन्म लिन्छन् । ज्ञानिले मात्रै संसारलाई विश्लेषण वा व्याख्या गर्न सक्छन् । त्यस्ता व्यक्तिहरूले समाज त्यागेर ज्ञानको मार्ग वा निवृत्ति मार्ग अपनाउँछन् । उनीहरूले अनुसन्धान गर्ने र समाजमा ज्ञान बााड्ने काम गर्छन् । त्यस्ता बुद्धिजीविहरूलाई प्राचीन कालमा ऋषि मुनि भनिन्थ्यो । ऋग्वेदमा ऋषिनाम मन्त्र द्रष्टायो भवन्ति लेखिएको छ । जसको अर्थ हुन्छ ऋषिले सिद्धान्तको निर्माण र त्यसलाई बुझाउने एवं पढाउने काम गर्छन् (ऋग्वेद, ७ः३) । अमर कोशका अनुसार ऋषि भनेका इमानदार बुद्धिजीवि हुन् र ऋषि हुनका लागि यति, सन्यासी र मुनि हुनुपर्दछ । त्यहाँ महर्षि, ब्रह्म ऋषि र श्रुत ऋषिको उल्लेख छ । ब्रह्म ऋषिलाई श्रेष्ठ मानिएको छ (अमर कोश, २.७.४१–४२) । जुन विद्वान्ले नयाँ सिद्धान्त प्रतिपादन गर्छ त्यसलाई ब्रह्म ऋषि भनिन्थ्यो । कुनै सिद्धान्तको दृष्टिकोाबाट आफ्नो छनोट गरेको विषयमा अनुसन्धान गर्छ भने त्यो महर्षि हो । ऋषि भनेका कुनै विषयलाई व्याख्या र विश्लेषण गर्न सक्ने विद्वान् हुन् । यिनीहरूलाई मुनि पनि भनिन्छ । यो चरण पार गरेपछि महर्षि बन्दछन् । ऋग्वेदमा उल्लेख छ इद नाम ऋषिभ्यः पुर्वेभ्यः पुर्वनेभ्यः पथिकृदभ्यः । यसको अर्थ हुन्छ हामीले प्राचीन ऋषिहरूलाई नमस्कार गर्छौं । जसले सबैको मार्ग दर्शन गर्छन् (ऋग्वेद, १०ः१४.१५) । पालि बौद्ध ग्रन्थमा ऋषिलाई ईशी भनिएको छ । त्यस्तै गौतम बुद्धलाई महर्षि भनिएको छ । गौतम बुद्धले दशजना ऋषिहरूलाई मात्रै प्रामाणिक माने । तिनीहरूका नाम दिघ निकायको अम्बथ सुत्तमा दिइएको छ । ती ऋषिहरूका नाम यस प्रकार छन् ः अगस्त्य, वामक, वामदेव, विश्वामित्र, जमदग्नी, अङ्गिरस, भारद्वाज, वशिष्ठ, कश्यप र भृगु (दिघ निकाय, ३ः६) । सप्त ऋषिका नाम वेदहरूमा पहिचान गराइएको छैन तर वृहदारण्यक उपनिषदमा यज्ञवल्क्य ऋषिले यस प्रकार सप्त ऋषिका नाम दिइएका छन् ः

गौतम, भारद्वाज, विश्वामित्र, जमदग्नी, वशिष्ठि, कश्यप र अत्रि (वृहदारण्यक उपनिषद, २ः२.४) । ऋग्वेदको केशी सुक्तमा ऋषिहरूलाई लामो कपाल पालेका जुन जटामा बाँधिएका हुन्छन् । पहेँलो वस्त्र धारण गरेर उनीहरू ?द्रमा समर्पित छन् । तिनीहरू प्राकृतिक तŒव, देवता, पशु, ऋषि मुनि र सबै मनुष्यहरूका मित्र हुन् (ऋग्वेद, १०ः१३६) ।
 प्राचीन कालमा ऋषि मुनिहरूलाई ब्राह्मण मानिन्थ्यो । कौटिल्यको अर्थशास्त्रमा भन्छन् कि ब्राह्मणको कर्तव्य अध्ययन गर्ने, शिक्षा दिने, होम यज्ञ गर्ने, होम यज्ञ गराउने, दान दिने र दान लिने हो (सामशास्त्री, सन् १९५१ ः ६) । उनका अनुसार ऋषि मुनि वा परिव्राजकले समाज त्यागेर हिँड्दछ । उसले भिक्षा माग्छ र वनमा नै बास गर्दछ (सामशास्त्री, सन् १९५१ ः ७) । कौटिल्यका अनुसार परिव्रजकहरू एक अर्कालाई बाधा नपु¥याई ठूलो क्षेत्रफलमा बस्नु पर्छ । नयाँ परिव्रजक आयो भने उसलाई पुरानो परिव्रजकले बस्ने ठाउँ दिनुपर्छ । उसले नयाँ परिव्रजकलाई सहयोग गर्न मानेन भने त्यस्तो पुरानो परिवजकलाई आश्रमबाट निष्काशित गरिदिनु पर्छ (सामशास्त्री, सन् १९५१ ः २१६) । उनका अनुसार यति वा परिव्रजकको मृत्यु हुँदा वा उनीहरूका विद्यार्थीको मृत्यु हुँदा समान वा सम्पति गु? वा विद्यार्थी वा सहपाठीले लिन्छन् (सामशास्त्री, सन् १९५१ ः २१६) । ऋषि मुनिहरूका सन्दर्भमा कौडिन्य ऋषिले भन्छन् अध्ययन कर्ताले वनमा कुटि बनाएर बस्नुपर्छ वा पहाडको गुफामा बस्नुपर्छ । उसले कम्तिमा पनि ६ महिनासम्म आपूmले छनोट गरेको विषयमा अध्ययन गर्नुपर्छ र सधै मन शान्त पार्न ध्यान गर्नुपर्छ । उसले भिक्षामा अन्न, नुन र तरकारी लिनुपर्छ । भिक्षामा उसले रागाको मासु पनि लिन सक्छ । मन भ्रमित भए जस्तो महसुस भए ?द्र गायत्री वा देवी गायत्री जप गर्नुपर्छ । त्यसपछि बल्ल उसले अनुसन्धान गर्न सक्छ (चक्रवर्ती, सन् १९७० ः २६–२८) । यहाँबाट के बुझिन्छ भने ऋषि परम्परा अधययन र अनुसन्धानसँग जोडिएको छ ।


 कौटिल्यले अर्थशास्त्रको सु?वात शुक्रचार्य र वृहस्पति ऋषिहरूलाई प्रणाम गरेका छन् । त्यस्तै उनले आफ्नो पुस्तकको चौधौँ अध्यायमा तान्त्रिक रीतिथिति र औषधीहरूको प्रयोगका विधि दिएका छन् । यहाँबाट के बुझिन्छ भने उनी शिव र देवीका भक्त थिए । कौटिल्य प्राचीन कालको प्रसिद्ध गु?कुल तक्षशिलामा दण्डनीति (राजनीतिक शास्त्र) का आचार्य थिए । उनी शैव ऋषि थिए र सम्राट चन्द्रगुप्त मौर्यका गु? थिए । कौटिल्यले अर्थशास्त्रमा ऋषि मुनिहरूलाई ब्राह्मण, परिव्रजक, यति र मुनि जस्ता शब्दको प्रयोग गरेका छन् । कौटिल्यका अनुसार राजगु? बन्न दण्डनीति, वेदहरू र दर्शनको मुनिलाई आवश्यकता पर्छ । राजाले उसलाई गु? वा पिताजी मानेर पछ्याउनु पर्छ । त्यस्ता शिक्षित ब्राह्मणहरूले पढाएका क्षत्रीयहरूलाई कसैले पनि जित्न सक्दैन (सामशास्त्री, सन् १९५१ ः १५) । उनका अनुसार राजाले त्यस्तो ब्राह्मणलाई निष्काशित गर्नुपर्छ, जसले जातिको आधारमा भेदभाव गरेर कसैको लागि होमयज्ञ गर्न मान्दैन वा तल्लो जातको भनेर वेद पढाउन मान्दैन (सामशास्त्री, सन् १९५१ ः १५) । यहाँबाट के बुझिन्छ भने शैव ऋषिहरूले जातपातमा विश्वास गर्दैनथे । कौटिल्यका अनुसार तपस्या गर्ने ऋषि मुनिहरूलाई राज्यको सेवा गर्ने अवसर दिनुपर्छ । उनीहरूलाई गुप्चर विभागमा नोकरी दिनुपर्छ । उनले महिला ऋषिका वा भिक्षुणीलाई पनि समावेश गरेका छन् (सामशास्त्री, सन् १९५१ ः १७) । ब्राह्मण विधवा महिलाहरू पनि परिव्रजिका वा ऋषिका भएर हिँड्थे । तिनीहरूलाई पनि राजाले गुप्तचरको रूपमा प्रयोग गर्नुपर्छ (सामशास्त्री, सन् १९५१ ः २०) ।


 इसापूर्व चौथो शताब्दीका ग्रिक विद्वान् मेगस्थनिजले ब्राह्मणहरूका सन्दर्भमा राम्रो जानकारी दिएका छन् । उनले ग्रिक भाषामा ब्राह्मणलाई ब्रेचम्यानेश भनेका छन् भने ऋषि मुनि वा श्रमणहरूलाई स्राम्यानेस भनेका छन् । साधारण विद्यार्थी र शिक्षकलाई ब्राह्मण भनिन्थ्यो । त्यस्ता शिक्षकहरू गृहस्थ जीवनमा बस्दथे भने ब्राह्मण दार्शनिकहरूलाई श्रमण भनिन्थ्यो । उनीहरू पहाडका गुफा वा वनका कुटिमा बस्दथे । यिनीहरू दुई प्रकारका हुन्थे । पहिलो प्रकारका श्रमणहरूले डायोनिसोस (शिव) लाई मान्दथे भने दोस्रो प्रकारकाले हेराक्लेस (कृष्ण) लाई मान्दथे । शिवलाई मान्ने श्रमणहरू धेरैजसो पहाडमा बस्दथे भने कृष्णलाई मान्ने श्रमणहरू मैदानी क्षेत्रमा बस्दथे (म्याकक्रिण्डल, सन् १८७७ ः ९७) । मेगस्थनिजका अनुसार शैव ऋषिहरूको ठुलो सम्मान हुन्थ्यो र उनीहरूलाई भेट्न र सल्लाह लिन राजाहरू पनि जान्थे । यस्ता ऋषिहरूमा चिकित्सक पनि हुन्थे । महिलाहरू पनि शैव ऋषिका हुन्थे तर त्यस्ता महिलाहरूले विवाह गर्दैनथे (म्याकक्रिण्डल, सन् १८७७ ः १०१–१०३) । मेगेस्थनिजको कीर्ति हेर्दा प्राचीन कालमा शिक्षक, विद्यार्थी र ऋषि मुनिहरू मात्रै ब्राह्मण हुन्थे ।


 ऋषि मुनिहरू पहाडी क्षेत्रमा हुनु भनेको स्वभाविक नै हो । किनकि ऋग्वेद सरसर्ती हेर्दा पनि ऋषि मुनिहरूलाई पहाडमा बस्ने भनिएको छ । त्यस्तै ऋग्वेदमा भोजपत्रको उल्लेख बारम्बार आएको देखिन्छ । त्यो रूख हिमाली क्षेत्र अफगानिस्तान र युरोपमा मात्रै भेटिन्छ । ऋषि मुनिहरू हिमाली क्षेत्रमा बसेका कारणले भोजपत्र रूखको प्रसङ्ग ऋग्वेदमा आएको हो । चौधौँ शताब्दीमा लेखिएको गोपालराज वंशावली अनुसार काठमाडौँ उपत्यकामा गौतम ऋषि र अरू ऋषिहरू बस्न आए । किनकि त्यहाँ श्री भृगेश्वर भट्टाकरको उदय भएको थियो । भृगेश्वर भट्टारक भनेको शिवजीको नाम हो । त्यो ठाउँ चाहिँ श्लेषमान्तक वन थियो । जहाँ शिवजी घुम्थे । त्यस कारणले त्यहाँ गोपालहरू पनि आए । नेप भन्ने गोपालको बहुरी भन्ने एउटा खैरो रङको गाई थियो । जुन वागमती नदीको किनारमा गएर एउटा प्वालमा दुध झाथ्र्यो । नेपले त्यो देखेर त्यस प्वालमा खन्न थाल्यो । त्यसपछि त्यहाँ शिवलिङ्ग भेटियो (वज्राचार्य र मल्ल, सन् १९८५ ः १२१) । यहाँबाट के बुझिन्छ भने प्राचीनकालदेखि नै नेपालको पहाडी क्षेत्रमा ऋषि मुनिहरूले बास गर्दथे । स्कन्ध पुराणको नेपाल महात्म्यमा विश्वामित्र ऋषिले कौशिकी (कोशी) र रोषमती (रोसी) नदीको दोभानमा तपस्या गरी त्यहाँ तिनले विश्वामित्रेश्वर शिवलिङ्ग स्थापना गरेका थिए । आज यस ठाउँलाई दुम्जाको कुशेश्वर महादेव भनिन्छ र यिनी कोइराला र महर्जन नेवारहरूका कुल देवता हुन् । त्यही ग्रन्थमा कौशिकीलाई विश्वामित्र ऋषिकी बहिनी भनिएको छ । यसै गरी विश्वामित्रले निरमती र शेषमती (रोशी) को दोभानमा महाशिवलिङ्ग स्थापना गरेका थिए (पोखरेल, वि.सं. २०७६ ः ६८) । निरमति भनेको इन्द्रवती हो र रोसी भनेको सुनकोशीमा मिसिने हो । यो ठाउँलाई आज दोलालघाट भनिन्छ । जुन काभ्रेपलाञ्चोकमा छ । आज पनि त्यो प्राचीन कालको शिवलिङ्ग छ । जसलाई डोलेश्वर महादेव भनिन्छ । यहाँबाट के बुझिन्छ भने प्राचीन कालदेखि नै नेपाल शैवहरूको भूमि हो र यहाँ ऋषि मुनिहरूले आफ्ना कीर्तिहरूको उत्पादन गरेका थिए । दक्षिणको मैदानी क्षेत्र त प्रयोग स्थल थियो ।


 छैटौँ शताब्दी इसापूर्व तिर ऋषि मुनिहरूलाई श्रमण भनिन्थ्यो । श्रमणहरूले देवी देवता माथि निर्भर नभई मनुष्यहरूलाई नैतिक आचरणको माध्यमबाट आफ्नो समुदायसँग जोडिदिए । देवी देवताहरूको स्थान कर्मले लियो । वैदिक परम्परामा लापरवाही, कन्जुसी र आलस्यलाई नराम्रो गुण मानिन्थ्यो भने श्रमणहरूले भोगविलास, अहङ्कार र हिंसालाई दुर्गुण माने (पाण्डे, सन् १९७८ ः ३१) । श्रमणहरूका विभिन्न सम्प्रदायहरू गणमा संगठित हुन्थे । उनीहरूको प्रमुखलाई गणी र सठ्ठा भनिन्थ्यो । उनीहरूले आफ्नो उत्तराधिकारी आपैmले छनोट गर्थे । जबकि बौद्धहरूमा संघको चलन थियो (पाण्डे, सन् १९७८ ः ३६) । श्रमणहरूको परम्परामा विषयवस्तुलाई छलफल, वादविवाद र आलोचना गर्ने चलन थियो । बौद्ध पालि ग्रन्थ दिघ निकायको महापरिनिवन्त सुत्तका अनुसार ब्राह्मणहरू महर्षि र श्रमणहरू भनेर चिनिन्थे । त्यस ग्रन्थमा ऋषि मुनिहरूलाई श्रमण र ब्राह्मण भनिएको छ । प्रसिद्ध श्रमणहरूका नाम यस प्रकार दिइएको छ ः पुरानकश्यप, मख्खाली गोशाल, निगन्थनाट पुत्र, सञ्जय वेलाथी पुत्त, पहुध कचायन र अजित केश कम्बल । यी महर्षिहरू गौतम बुद्धका पालामा प्रसिद्ध थिए । तर यस ग्रन्थमा गौतम बुद्धलाई महर्षिहरूमा सबभन्दा श्रेष्ठ मानिएको छ (दिघ निकाय, १६ः३४) । देहरादुनको कल्सीमा भेटिएको तेस्रो शताब्दी इसापूर्वको शिलालेखमा सम्राट अशोकले बोधगयामा श्रमण र ब्राह्मणहरूलाई दान दक्षिणा दिएको उल्लेख छ (हल्टझ, सन् १९२५ ः ३६–३७) । त्यही ठाउँमा भेटिएको सम्राट अशोकको अर्को शिलालेखमा उल्लेख छ कि यवनहरूमा बाहेक ब्राह्मण र श्रमण नभएको देश छैन (हल्टझ, सन् १९२५ ः ४३) ।


 चौथो शताब्दी इसापूर्वको पाणिनीको अष्टाध्यायीमा ऋषि मुनिहरूलाई शिक्षक भनिएको छ । आचार्य भनेको उचो स्तरको शिक्षक हो । त्यसपछि प्रवक्ता भनेको वेदहरूको व्याख्याता हो । स्रोतृया भनेको बच्चाहरूलाई वेद पढाउने शिक्षक हो भने अध्यापक भनेको धार्मिक ग्रन्थहरू बाहेक विज्ञान र अरू विषयहरू पढाउने शिक्षक हो (अग्रवाल, सन् १९५३ ः २८२–२८३) । पाणिनीले यस्ता शिक्षकहरूलाई तपस्वी भनेका छन् । उनीहरूलाई सन्त पनि भनिएको छ । उनले भिक्षु र मस्करी भन्ने शब्दहरू ऋषि मुनिहरूका लागि प्रयोग गरेका छन् (अग्रवाल, सन् १९५३ ः ३८०) । उनले मख्खाली गोशलका शिष्यहरूलाई मस्करी भनेका छन् (अग्रवाल, सन् १९५३ ः ३८१) । त्यस्तै उनले ऋषि मुनिहरूका लागि श्रमण भन्ने शब्दको प्रयोग गरेका छन् (अग्रवाल, सन् १९५३ ः ३८३) । शिक्षक र विद्यार्थी मात्रै ब्राह्मण मानिन्थे । मेगेस्थिनजले पनि यिनीहरूलाई ब्राह्मण भनेका छन् । पूजाआजा गर्ने जस्तो काम कविलाहरूको समाजमा परम्परा अनुसार परिवारको कुलको वरिष्ठ पु?षले गथ्र्यो । त्यतिखेर पूजाआजा गर्ने ब्राह्मण जाति थिएन (कोशाम्बी, सन् १९९७ ः ८२) ।

वेदहरूमा हेर्दा जनकल्याणको लागि ऋषि मुनिहरूले होम यज्ञ गरेको देखिन्छ । प्राचीन कविलाहरूको समाजमा देवी मान्ने परम्परा थियो र ऋषि मुनिहरू कविलाका प्रतीकहरूबाट चिनिन्थे । यी प्रतीकहरू चरो वा पशु हुन्थे । जुन ऋषि मुनिहरूको नामले सङ्केत गर्दछ । जस्तो कुशिका भनेको लाटो कोसेरो हो । मण्डुकेय भनेको भ्यागुतो हो । गौतम भनेको साँडे हो । वत्स भनेको गाइको बाच्छो हो । सुनक भनेको कुक्कुर हो (चट्टोपाध्याय, सन् १९५९ ः ८४) । विश्वामित्र ऋषि कुशिका वा लाटो कोसेरो चरोको प्रतीक भएको कविलाका राजा थिए तर उनी समाज त्यागेर ऋषि भए । वशिष्ठ ऋषिलाई उर्वशीको छोरो भनिएको छ भने उनलाई घैटोबाट जन्मिएको भनिएको छ । उनका पिता थिएनन् । त्यस्तै वैदिक साहित्यमा अरू ऋषि मुनि जस्तो अगस्त्य ऋषिलाई पनि घैटोबाट जन्मिएको भनिएको छ । जुन महिलाको गर्भको प्रतीक हो । यहाँबाट के देखिन्छ भने यी ऋषि मुनिहरू देवी मान्ने कविलाहरूबाट आएका थिए । उनीहरूलाई पिताको नामको आवश्यकता नै थिएन । घैटो महिलाको गर्भको प्रतीक हो भने यो देवीको प्रतिनिधित्व हो (कोशाम्बी, सन् १९९७ ः ८२–८३) ।


 प्राचीन कालमा देवी मान्ने प्रचलन लोकप्रिय थियो भन्ने कुरा ऋग्वेदबाटै स्पष्ट हुन्छ । जहाँ सप्त मातृकाको उल्लेख छ । तिनीहरूलाई धन र समृद्धि दिने भनिएको छ । उनीहरूलाई होम यज्ञको शिक्षक मानिएको छ (ऋग्वेद, ९ः१०२.४) । ऋग्वेदमा सप्त मातृकाको नाम यस प्रकार दिइएको छ ः इला, रात्री, निशा, भारती, उषा, सरस्वती र अदिती । इला, रात्री, निशा भनेका कालिका देवीका नाम हुन् भने उषा, अदिती, भारती र सरस्वती चाहिँ ज्ञानकी देवी सरस्वतीकै नाम हुन् । ऋग्वेदको देवी सुक्तमा प्रकृतिको जिम्मा देवीले लिएकी छन् । उनले मनुष्य, चराचु?ङ्गी र अरू पशुहरूको पालन पोषण र हेरचाह गर्छिन् । उनलाई सबभन्दा पहिला होम वा यज्ञमा पुजिन्छ र उनले नै ज्ञान दिन्छिन् (ऋग्वेद, १०ः१२५) । त्यस्तै ऋग्वेदको रात्री सुक्तमा उषा वा सरस्वतीलाई रात्री देवीकी बहिनी भनिएको छ । उनीलाई सुरक्षा, ज्ञान र समृद्धिका लागि पुजिएको छ । उनले अज्ञानताको अन्धकार हटाएर मनुष्यहरूलाई ज्ञान दिन्छिन् (ऋग्वेद, १०ः१२७) । शुक्ल यजुर्वेदमा देवीलाई नै सबैभन्दा ठुलो अलौकिक शक्ति मानिएको छ । जहाँ ?द्रलाई अम्बिका देवीका दाजु भनिएको छ र उनलाई नै समृद्धि, ज्ञान र शक्ति दिने भनिएको छ (शुक्ल यजुर्वेद, १ः५७–५८) । ऋषि मुनिहरू वनका कुटि वा पहाडका गुफाहरूमा बस्ने भए पनि उनीहरूसित शिक्षा लिन समाजमा रहेका राजा वा साधारण मनुष्यहरूले पनि आफ्ना सन्तानलाई ऋषि मुनिहरू कहाँ पढ्न पठाउँथे । त्यस कारणले ऋषि मुनिहरू बसेको ठाउँ नै गु?कुल बन्दथ्यो । ऋग्वेदमा उल्लेख छ कि तपसले तल्लो स्तरको मानिस पनि माथिल्लो स्तरमा पुग्छ अर्थात् शिक्षित व्यक्ति अशिक्षित भन्दा माथि नै हुन्छ (ऋग्वेद, १०ः१०९.४) ।


गुरूकुल परम्परा:
 ऋग्वेदमा उल्लेख भए अनुसार विद्यार्थीहरू आपैm ऋषि मुनिहरूसित गु?कुलमा बस्न जान्थे (ऋग्वेद, १ः११२.२) । ऋग्वेदले विद्यार्थीहरूको क्षमता अनुसार तीनवटा स्तरमा बाँडेको छ ः महाप्रज्ञा, मध्यमप्रज्ञा र अल्पप्रज्ञा । सिक्ने र सोच्नका क्षमता अनुसार विद्यार्थीहरूलाई स्तरहरूमा बाँडेको हो (ऋग्वेद, १०ः७१.७) । लेख्ने कलमलाई आरा भन्थे जुन धातुले बनेको हुन्थ्यो र घोकेर सुक्तहरू वा गु?ले पढाएका वाक्यहरू लेख्ने चलन थियो (ऋग्वेद, १ः१६४.४१, ६ः५३.५–८) । विद्यार्थी र ऋषि मुनि दुईटै ब्राह्मण मानिन्थे (ऋग्वेद, ७ः१०३.१) । ऋषि मुनि र विद्यार्थीहरूको परिषद बनेको हुन्थ्यो, जहाँ उनीहरू भेट भएर छलफल र वादविवाद गर्दथे (मुखर्जी, सन् १९४७ ः १३३–१३४) । त्यस्तै वृहदारण्यक उपनिषद र शतपथ ब्राह्मणबाट देखिन्छ कि ऋषि मुनिहरूको सम्मेलन हुन्थ्यो । जहाँ राजा जनकको विदेहमा भएको सम्मेलनमा यज्ञवल्क्य ऋषिले अरू सप्त ऋषिहरूलाई छलफल र वादविवादमा जितेर राजा जनकबाट १००० (एक हजार) वटा गाईहरू पुरस्कारमा पाए (मुखर्जी, सन् १९४७ ः १३७–१३८) । शतपथ ब्राह्मण उल्लेख भए अनुसार भेदभाव नगरिकन ऋषि मुनिहरूले युवती, माछा मार्नेका सन्तान र व्यापारी यहाँसम्म कि अपराधिका सन्तान भए पनि आफ्नो शिष्य बनाउँथे (मुखर्जी, सन् १९४७ ः १३८) । विदेह चाहिँ ज्ञानको केन्द्र थियो, जहाँ धेरै जसो ऋषि मुनिहरू भेला हुन्थे (मुखर्जी, सन् १९४७ ः १४१) । विदेह पछि कोशल ज्ञानको केन्द्र थियो । जहाँ प्रयागमा भारद्वाज ऋषिको गु?कुल थियो (मुखर्जी, सन् १९४७ ः १४८–१४९) ।
 पाणिनी ऋषिका अनुसार गु?कुलमा कश्यप ऋषि, यज्ञवल्क्य ऋषि र विश्वामित्र ऋषिका कृतिहरू धेरै जसो पढाइन्थ्यो (मुखर्जी, सन् १९४७ ः २३०–२३१) । पाणिनी इसापूर्व चौथो शताब्दीको मध्यतिरका ऋषि थिए । उनको लेखबाट के बुझिन्छ भने शैवहरूको दर्शन नै लोकप्रिय थियो । गु?कुलमा विद्यार्थीहरूको शिक्षा सम्बन्धी कौटिल्यको अर्थशास्त्रले राम्रो जानकारी दिन्छ । कौटिल्य पनि पाणिनीकै समकालीन थिए । उनका अनुसार गु?कुलमा तीनवटा वेद, ऋग्वेद, यजुर्वेद र सामवेद पढाइ हुन्थ्यो । त्यसपछि दण्डनीति वा राजनीतिक शास्त्र पढाइ हुन्थ्यो । उनका अनुसार सांख्य, योग र लोकायत दर्शनहरू पढाइ हुन्थ्यो । ऋषि कपिलको सांख्य दर्शन, वशिष्ठको योग र लोकायत भनेको कश्यप ऋषिको वैशेषिक सूत्र र कौडिन्य ऋषिको पाशुपत सूत्र हुन् (मुखर्जी, सन् १९४७ ः २४६–२४७) । कौटिल्यका अनुसार विद्यार्थीहरूलाई लेख्न र गणित सिकाइन्थ्यो । यसै गरी अन्त्यमा दण्डनीति पढाइन्थ्यो 
(मुखर्जी, सन् १९४७ ः २४७) ।

सोह्र सत्र वर्ष पुगेपछि विद्यार्थीले आफ्नो विषय छनोट गर्न पाउँथ्यो । कसैले जस्तो राजाको छोराले सेना सम्बन्धी शिक्षा लिन्थे, कसैले इतिहास पढ्थे भने कसैले कृषि, पशुपालन र व्यापार सम्बन्धी विषय छनोट गर्थे (मुखर्जी, सन् १९४७ ः २४७–२४८) । 
 प्राचीनकालमा तक्षशीला विश्वविद्यालय प्रसिद्ध थियो । विश्वविद्यालय भन्ने शब्द युनिभर्सिटीको अनुवाद हो । तर प्राचीनकालमा यसलाई गु?कुल भनिन्थ्यो । यो ठाउँ आज पाकिस्तानमा पर्दछ र यसलाई तक्षिला भन्दछन् । यो गु?कुल हुणहरूको आक्रमण भएपछि सन् ४५० इस्वीतिर तहसनहस भयो । यहाँ उद्दालक अ?णि ऋषिले पढाउँथे । उनी यज्ञवल्क्यका गु? थिए । चरक ऋषिले त्यही पढेका थिए । त्यस्तै पाणिनी ऋषि र कौटिल्यले पनि त्यही पढ्ने र पढाउने गरेका थिए । यो गु?कुल सांख्य, न्याय र वैशेषिक दर्शनका लागि प्रसिद्ध थियो । यहाँ गणित, आयुर्वेद, चारवटा वेद, सङ्गीत, भाषा, सैनिक तालिम, कृषि, व्यापार, पशुपालन र शिल्पकलाहरू पढाइन्थ्यो (आप्टे, सन् १९७१ ः १३–१४) । पछिल्लो समयमा यहाँ बौद्ध ग्रन्थहरू पनि पढाइन्थ्यो (आप्टे, सन् १९७१ ः १५) । त्यस्तै मध्यकालसम्म पनि नालन्दा विश्वविद्यालय, वल्ल भी गु?कुल विक्रमशीला गु?कुल प्रसिद्ध थिए (आप्टे,सन् १९७१) । गु?कुलहरूमा विद्यार्थीहरूलाई निःशुल्क शिक्षा दिइन्थ्यो । गु?कुल भिक्षामा आएको दान दक्षिणामा नै चल्दथ्यो । यहाँ विद्यार्थी कम्तिमा पनि पच्चीस वर्षसम्म बस्नु पथ्र्यो । गु?कुलमा बस्दा तिनीहरू ब्रह्मचारी नै हुन्थे । गु?कुल परम्परा बाह्रौँ शताब्दीको अन्त्यतिर गएर लोप भयो । जब मध्य एशियाबाट आएका तुर्कहरूले उत्तरी भारत माथि आक्रमण गरेर गु?कुलहरूलाई समाप्त गरे ।


विप्रहरूको दर्शन ः एक विश्लेषण मनुष्यको भावना र अन्तरज्ञान प्रकृतिले नै दिएका गुण हुन् । मनुष्य जीवनमा यस्ता क्षणहरू हुन्छन्, जब व्यक्तिले सोच्दछ र सांसारिक समस्या एवं मनुष्य जीवनका आयामहरूलाई भिन्न तरिकाले हेर्ने र बुझ्ने प्रयास गर्दछ । अर्थात् अवस्थित ज्ञानलाई समृद्ध बनाउँदै नयाँ विचार वा सिद्धान्त दिन्छ । ज्ञानका क्षेत्रमा तर्क, छलफल र विचार विमर्श गर्ने सोचाइको आकारलाई दर्शन भनिन्छ । जहाँ विचार र संकथनहरूले सिद्धान्तको रूप लिन्छन् । वैदिककालदेखि नै ऋषि मुनिहरूले आफ्ना सोचाइ र विचारहरूलाई कविताको रूपमा ढालेर गीत गाउँथे । यसरी नै वेदहरूको रचना भयो । किनकि प्राचीनकालमा आफ्ना विचारहरूलाई कविताको माध्यमले व्यक्त गर्ने भनेको सभ्यताको पहिचान मानिन्थ्यो । ऋषि मुनिहरूले वेदका ऋचाहरूलाई आधार मानेर विचारहरूलाई थप विकसित गरे । यसरी नै ६ वटा आस्तिक दर्शन र गौतम बुद्धको नास्तिक दर्शनको जन्म भयो । बुद्धले वेदलाई आधिकारिक नमाने पनि उनले वशिष्ठको योग र कपिल मुनिको सांख्यबाट मूल विचारहरू लिएका छन् । दिघ निकायको अम्बथ सुत्तमा बुद्धले दशजना वैदिक ऋषिहरूलाई आधिकारिक मान्छन् । जसका नामहरू हामीले माथि नै उल्लेख गरिसकेका छौँ (दिघ निकाय, ३ः६) । दर्शन भनेको दृष्टिकोण वा परिप्रेक्ष्य हो । दर्शन भन्ने शब्द दृशबाट आएको हो । जसको अर्थ हुन्छ हेर्ने वा अनुभव गर्ने । हेरेर बुझेको र अनुभव गरेका सामग्रीहरूबाट दर्शन बन्दछ । पश्चिमा ज्ञान प्रणालीमा फिलोसफी भन्ने शब्द ग्रिक भाषाको फिलोसफियाबाट आएको हो । जसको अर्थ हुन्छ ज्ञानप्रतिको प्रेम । फिलोसफीको अर्थ व्यवस्थित अध्ययन हो । जसले अस्तित्व, विवेक, तर्क, ज्ञान, मूल्य, मान्यता, मन मस्तिष्क र भाषाको अध्ययन एवं अनुसन्धान गर्छ । फिलोसफीको मुख्य चरित्र आलोचनात्मक छलफल, विवेकवादी तर्क र व्यवस्थित प्रस्तुतीकरण हुन् । ग्रिकहरूले औषधी र प्रकृतिका रहस्यहरू बुझ्न अध्ययन गर्दथे । यस्तो कार्यलाई उनीहरूले प्राकृतिक फिलोसफी भन्दथे । आर्थिक समृद्धि र प्राचीन ग्रिकहरूको प्राकृतिक फिलोसफीबाट ऊर्जा लिएर पश्चिमाहरूले विज्ञान र प्रविधिमा विकास गरेका हुन् । जबकि दक्षिण एशिया वा भारत खण्डमा आर्थिक समस्या र गरीबिका कारण ज्ञानको उत्पादनमा समस्या सृजना गरिदिएको छ । किनकि परिवार पाल्ने र पैसा कमाउने खेलमा मनुष्यहरू फुर्सदिला हुँदैनन् । त्यस कारणले समाजमा बौद्धिक छलफल र वादविवाद पनि राम्ररी हुन सक्दैन । जसले गर्दा ज्ञानको उत्पादनमा समस्या हुन्छ । फलस्वरूप भारत खण्डका निवासीहरू पश्चिमा ज्ञानका उपभोक्ता बनेका छन् ।


 आस्तिक दर्शन र बौद्ध दर्शनका पुस्तकहरू हेर्दा देखिन्छ कि प्राचीन ऋषि मुनिहरूले ज्ञानको क्षेत्रमा प्रगति गरेका थिए । न्याय र वैशेषिक दर्शन हेर्दा देखिन्छ कि विवेकवाद र तर्कमा प्राचीन ऋषि मुनिहरू पश्चिमा ग्रिक विद्वान्हरू भन्दा कम थिएनन् । चौथो शताब्दी इसापूर्वको अन्त्यतिर सम्राट चन्द्रगुप्त मौर्यको दरबारमा राजदुत भएर आएका ग्रिक विद्वान् म्यागेस्थिन्सले भन्छन् कि भारतीय दार्शनिकहरूले सार्वजनिक कर्तव्यहरू गर्दैनथे । उनीहरू कसैका स्वामी हुँदैनथे न त कसैका सेवक नै हुन्थे । उनीहरूमा केहीले अरूका लागि होम यज्ञ गर्दथे र श्राद्ध पनि गर्दथे । यस्ता कार्य गरेर उनीहरूले दान दक्षिणा पाउँथे (म्याकक्रिण्डल, सन् १८७७ ः ४०–४१) । यहाँ म्यागेस्थिन्सले वैष्णव ऋषिहरूको प्रसङ्ग देखाएका छन् । किनकि श्राद्ध र अरूका घरमा गएर पूजाआजा गर्ने काम वैष्णव ऋषिहरूले गर्दथे । म्याथेस्थिन्सका अनुसार सबै दार्शनिकहरू वर्ष दिनको सु?वातमा भेला भएर खडेरी र वर्षाको सन्दर्भमा छलफल गर्थे र जनतालाई पूर्व चेतावनी दिन्थे । उनीहरूले हुरि बतासको पनि पूर्व चेतावनी दिन्थे । यी दार्शनिकहरूले जनतालाई लाभ हुने विषयका बारेमा ज्ञान दिन्थे । जस्तो रोगहरूका बारेमा जनतालाई जानकारी दिन्थे (म्याकक्रिण्डल, सन् १८७७ ः ४१) । म्यागेस्थिनका अनुसार भारतीय दार्शनिकहरूका विचार प्रकृतिका शक्ति र रहस्यको सन्दर्भमा कमजोर छन् । उनीहरूले धेरैजसो कथाहरूमा विश्वास गर्छन् । यी दार्शनिकहरूले विश्वास गर्छन् कि पृथ्वी सृष्टिको केन्द्र हो (म्याकक्रिण्डल, सन् १८७७ ः १००–१०१) यहाँ म्यागेस्थिन्सले भारतीय दार्शनिकहरूको मुख्य कमजोरी देखाएका छन् । प्राचीन ग्रिकहरूले जस्तो भारतीयहरूले प्राकृतिक फिलोसफीको विकास गर्न सकेनन् । प्राकृतिक फिलोसफी भनेको विज्ञान हो । दर्शनका पुस्तकहरू हेर्दा देखिन्छ कि कश्यप ऋषिको वैशेषिक सूत्रमा पदार्थलाई बुझ्ने प्रयास गरिएको छ । त्यस्तै आयुर्वेदमा भारतीयहरूले प्रगति गरेका थिए । तर पनि विज्ञानको विकास हुन सकेन । पौराणिक कथा र अन्धविश्वासले विज्ञानलाई बाधा पु¥यायो । म्यागेस्थिन्सले विज्ञानमा भारतीयहरूको कमजोरी देखाए पनि अरू विषयको सन्दर्भमा भन्छन् कि भारतीय दार्शनिकहरू ग्रिक र सिरियाका युहदीहरू भन्दा कम छैनन् (म्याकक्रिण्डल, सन् १८७७ ः १०३) ।


 म्यागेस्थिन्सले भारतीय दार्शनिकहरूको प्रभावशाली दर्शनको बारेमा जानकारी दिन्छन् र त्यही दर्शनका कारणले विज्ञानमा प्रगति हुन सकेन । उनका अनुसार भारतको मैदानी क्षेत्रका ब्राह्मण दार्शनिकहरू शाकाहारी थिए । उनीहरूमा कसैले रूखको फल टिपेर खानु भनेको पाप मान्दथे र रूखबाट झरेको फल मात्रै खान्थे । उनीहरूले सोच्दथे कि शरीर भनेको आत्माको कपडा हो । ईश्वर भनेका प्रकाश हुन् (म्याकक्रिण्डल, सन् १८७७ ः १२०) । मनुष्यहरू युद्धका कैदी जस्तै इच्छा, क्रोध, मोह र लोभमा बाँधिएका हुन्छन् । उनीहरूले आत्मा र परमात्मामा मात्रै ध्यान केन्द्रित गर्छन् । उनीहरूले शरीरलाई सङ्घर्षको स्रोत मान्छन् । आत्मा नदीबाट माछा बाहिर आए जस्तै शरीरबाट बाहिर निस्कन्छ (म्याकक्रिण्डल, सन् १८७७ ः १२२) । यहाँ वेदान्त दर्शनको झलक देखिन्छ । यस दर्शनमा कुनै तर्क वा कारणको महŒव छैन । यो दर्शन विश्वास माथि नै आधारित छ । तथ्य र तथ्याङ्क बिनाका सङ्कथन जति पनि दिन सकिन्छ । अलौकिक चरित्रका सङ्कथनहरूले किसान र मजदुरहरूलाई सजिलै प्रभाव पार्न सक्थ्यो । त्यस कारणले वेदान्त समाजमा प्रभावशाली बन्यो । धेरै जसो किसान र मजदुर अनपढ एवं अशिक्षित हुन्थे । उनीहरूले पौराणिक कथाहरूमा सजिलै विश्वास गर्न सक्थे । बहुसंख्यक भारतीयहरूका सन्दर्भमा म्यागेस्थिन्सले भन्छन् कि भारतमा कुनै लिखित नियम कानुन छैन । किनकि उनीहरू अनपढ छन् र साधारण जीवन बिताउँछन् । उनीहरूले चामलको रक्सी पिउँछन् । उनीहरू अदालतमा पनि जाँदैनन् (म्याकक्रिण्डल, सन् १८७७ ः ६९–७०) । उनीहरूमा पैसाको लेनदेन पनि मौखिक आधारमा नै हुन्छ (म्याकक्रिण्डल, सन् १८७७ ः ७०) ।

यहाँबाट बुझिन्छ कि म्यागेस्थिन्सको पालामा बहुसंख्यक भारतीयहरू अशिक्षित, चञ्चल र अस्थिर स्वभावका हुन्थे । उनीहरूलाई वेदान्तले सजिलै प्रभावमा पारेको थियो । त्यस कारणले प्राकृतिक दर्शन वा विज्ञानको विकास हुन सकेन । तर पनि प्राचीन भारतमा न्याय र वैशेषिक दर्शनले तर्क र वैज्ञानिक खोजलाई प्रोत्साहन गरेको थियो । यी दर्शनहरू ऋषि मुनि र ज्ञानीहरूमा मात्रै सीमित थिए । जबकि जनस्तरमा कल्पनाको आधारमा बनेको वेदान्त दर्शनले जरो गाडेको थियो । जनताले विभिन्न प्रकारका पौराणिक कथा र पूजाआजामा विश्वास गर्दथे । जबसम्म जनताले पुरोहितको दर्शनलाई प्रश्न वा आलोचना गर्दैनथे तबसम्म पुरोहितले अलौकिक कथा र पूजाआजामा जनतासितै संलग्न हुन्थे र पुरोहितको दर्शन यथार्थसित सम्पर्कमा आएर अपवित्र हुँदैनथ्यो । यस्तो आदर्शवादी दर्शनको साइनो वास्तविक जीवनसित नभएकोमा जनतालाई गुनासो थिएन (कोसाम्बी, सन् १९६२ ः १) । किनकि अशिक्षित जनताले पुरोहतिका सङ्कथनमा शङ्का गर्न सक्दैनथे ।
वेदान्त दर्शनले भारतीयहरूको मनलाई विज्ञानतर्पm जान नै दिएन । किनकि त्यस दर्शनको सामाजिक आर्थिक आयाममा ठूलो भूमिका थियो । उपनिषद, अष्टावक्रको गीता, योग वशिष्ठ, वदरायण ऋषिको वेदान्त सूत्र र भगवद गीता वेदान्त दर्शनका स्रोत हुन् । यस्ता कृतिहरूले सामाजिक क्रियाकलापलाई वैधानिकता दिन्छन् । पुरोहितको आय पूजाआजाबाट नै आउने कारणले सामाजिक क्रियाकलाप र वर्गीय विभाजनलाई पुरोहितहरूले वैधानिकता दिए । वर्गीय शोषणलाई विरोध नगर्नु नै पुरोहितको सुरक्षित मार्ग थियो । किनकि पुरोहितहरूले पूजाआजा गरेर नै जीविकोपार्जन गर्दथे । वेदान्त दर्शनको राम्रो उदाहरण भगवद गीतामा पाइन्छ । वेदान्तलाई उत्तरमिमांसा पनि भनिन्छ । यो वैष्णव सम्प्रदायको चर्चित दर्शन हो । यस दर्शनले आत्मा र परमात्मामा नै ध्यान केन्द्रित गर्दछ । यसमा दुईवटा विचार छन् ः अद्वेत र द्वेत । अद्वेतले मान्छ कि आत्मा परमात्मा वा ईश्वरकै अङ्ग हो र आत्मा र ईश्वरमा फरक छैन । यस्तो विचारले गर्दा मनुष्य भित्र नै आत्माको रूपमा ईश्वरले बास गर्छन् भन्ने दृष्टिकोण दियो । त्यस्तै द्वेतको विचारमा आत्मा र ईश्वर फरक हुन् । यस दर्शनका अनुसार ईश्वर कारण हुन् र संसार भनेको प्रभाव हो । जुन विवर्त हो अर्थात् संसार भनेको ईश्वरको अवास्तविक अभिव्यक्ति हो । यहाँबाट के बुझिन्छ भने वेदान्तले पदार्थलाई यथार्थ मान्दैन र यसको ?चि आत्मा र परमात्मा सित मात्रै छ । कुनै पनि दर्शन आध्यात्मिक विषयमा नै केन्द्रित भयो भने शङ्का हुन्छ कि त्यसले शासक वर्गकै स्वार्थको सेवा गर्दछ । धनि र शक्तिशाली वर्गकै स्वार्थमा पुरोतिहरूले वेदान्त दर्शन बनाए । किनकि त्यही वर्गका व्यक्तिहरूले पुरोहितहरूलाई धेरै धान दक्षिणा दिन सक्थे । घरको प्रमुख पु?ष हुनको कारणले पूजाआजा पनि उसैले गराउँथ्यो । त्यस कारण वेदान्तले धनि र शक्तिशालीकै पक्ष लिन्छ ।


 वेदान्त दर्शनले कुलिन परिवारका पु?षहरूकै पक्ष लिन्छ भन्ने कुरा भगवद गीताबाट स्पष्ट हुन्छ । कृष्णले भन्छन् जो मेरो शरणमा आउँछ त्यो पाप योनी जस्तो स्त्री, वैश्व र शुद्र भए पनि उसले परमगति पाउँछ अर्थात् मोक्ष पाउँछ (भागवद गीता, ९ः३२) । यहाँ स्त्री, वैश्य (व्यापारी) र शुद्र (किसान र मजदुर) हरू कुलिन परिवारका पु?षहरू भन्दा तल्लो स्तरका हुन् भन्ने बुझिन्छ । उनीहरूलाई जन्मबाट नै पापी भन्ने देखाइएको छ । त्यस्तै कृष्णले भन्छन् मैले नै चारवटा वर्ण गुण र कर्मको आधारमा छुट्याएको छु । मैले यस्तो व्यवस्था बनाए पनि मलाई केही नगर्ने र अजय अमर मान्नु पर्छ (भगवद गीता, ४ः१३) । यस्ता श्लोकले सामाजिक आर्थिक अवस्थालाई वैधानिकता दिएको देखिन्छ । आचार विचार तब आउँछन् जब तिनीहरूले सामाजिक आवश्यकताको पूर्ति गर्दछन् । वर्गीय विभाजित समाजमा उत्पादन गर्ने किसान र मजदुरहरूले तोकिदिएको पेसा गरेनन् भने विरोधभास बढ्छ र द्वन्द्व हुन सक्छ । त्यस कारणले आवश्यकता थियो कि किसान र मजदुरहरूले आफ्नो पेसा गरिरहुन् । कृष्णले भन्छन् तिमीहरूलाई निर्धारित पेशा गर्ने अधिकार छ । तर कर्मको फलमाथि अधिकार छैन । तिमीहरूले कर्मको फलका कारण आपैmलाई नठान न त निष्क्रियतामा संलग्न हौँ (भगवद वीता, २ः४७) । यहाँ सोभैm उत्पादन गर्ने जनसंख्याको शोषणलाई वैधानिकता दिएको देखिन्छ । यस्तो शोषणलाई शैव ऋषिहरूले खुलासा गरे । जस्तो शतपथ ब्राह्मणमा यज्ञवल्क्य ऋषिले भन्छन् कि राज्यले जनतालाई खान्छ । राज्य भनेको मृग जस्तो हो र जनता जौ जस्ता हुन् (शतपथ ब्राह्मण, १३ः२.९.८) । प्राचीन कालको कृषि केन्द्रित समाजमा शासकहरूले किसानबाट धेरै कर उठाएर धनि हुन्थे । त्यस कारणले यज्ञवल्क्य ऋषिले भन्छन् कि यदि क्षत्र (राजनीतिक शक्ति) लाई ब्रह्म (बौद्धिक शक्ति) ले निर्देशन गरेन भने भ्रष्ट र शोषक हुन सक्छ । त्यस कारणले ब्रह्म क्षत्र भन्दा श्रेष्ठ मानिन्छ (वृहदारण्यक उपनिषद, १ः४.११) ।
 यज्ञवल्क्यका अनुसार क्षत्रीयलाई भ्रष्ट र शोषक हुनबाट धर्म र सत्यले मात्रै रोक्न सक्दछ । त्यसो नभएमा शक्तिशालीले निर्धन र दुर्बललाई खान्छ । कसैले पनि राम्रोसित कर्तव्य पालन गर्न सक्दैनन् । किनकि त्यहाँ शोषण हुन्छ (वृहदारण्यक उपनिषद, १ः४.१४) । तर पनि शैव ऋषिहरूको विचार र सिद्धान्त बौद्धिक समूहमा मात्रै सीमित रह्यो । यसको एउटा कारण के हो भने उनीहरूको दर्शनलाई शिक्षितहरूले मात्रै बुझ्न सक्दथे । शैवहरूका न्याय र वैशेषिक दर्शन हुन् । न्याय दर्शन तर्क शास्त्र हो भने वैशेषिक दर्शनले पदार्थ वा संसारलाई बुझ्न खोज्छ । अशिक्षित जनतालाई यस्ता दर्शनहरूलाई बुझ्न अप्ठ्यारो पर्छ । जबकि पौराणिक कथा र आदर्शवादी दर्शन बुझ्न अप्ठ्यारो पर्दैन । त्यस कारणले पनि उत्पादन गर्ने जनसंख्या वेदान्त दर्शनकै प्रभावमा आए । शैव दर्शन भनेको यथार्थवादी हुन्छ । जुन अधिभौतिक वा आदर्शवादी दर्शनको वि?द्धमा छ । आदर्शवादीहरूले ज्ञान वा विचारलाई संसारको केन्द्र मान्छन् । वेदान्त दर्शनले विरोधाभाषको सिद्धानतलाई मान्दैन । त्यसले पदार्थको गति, विकास र परिवर्तनलाई मान्दैन । जबकि द्वेतवादले पदार्थ र विचार दुवैलाई संसारको स्रोत मान्छ । यसको राम्रो उदाहरण सांख्य दर्शन हो । तर यस दर्शनले पनि पु?ष वा ब्रह्मलाई नै पदार्थ भन्दा ठूलो मान्छ । ब्रह्म भनेको विचार वा ज्ञान हो । यथार्थवादी वा शैव दर्शनले मात्रै विरोधाभाष, गति, विकास र परिवर्तनलाई मान्दछ । यस दर्शनको सरोकार साधारण जनतासित छ । जबकि वेदान्त र सांख्य दर्शनको सरोकार धनि वा शासक वर्गसित छ र यिनले यसै वर्गको स्वार्थको सेवा गर्छन् । वेदान्त दर्शनले संसारलाई प्रथम विचार वा ईश्वरको माया वा छाया मान्छ । यस्तो सिद्धान्तको सु?वात पुजारी वा पुरोहित, अन्धविश्वास र भाग्यवादबाट भएको हो । जबकि शैवहरूको दर्शनले संसारलाई यथार्थ मान्छ र संसारमा विरोधाभाष हुन्छ । विरोधाभाषलाई विपरीतको एकता पनि भनिन्छ । यस सिद्धान्त अनुसार कुनै वस्तु वा आकारको अस्तित्व वा पहिचान दुई अवस्थाहरूको सह अस्तित्वमा निर्भर हुन्छ । जुन एक अर्काका विपरीत छन् तर पनि एक अर्कामा निर्भर छन् र तनावको क्षेत्रमा एक अर्कालाई अनुमान गर्छन् (सिन्हा, सन् १९२३ ः १४१–१४२) । कश्यप ऋषिका अनुसार व्यक्तिहरू कुनै वर्गका सदस्य हुन् । मनले व्यक्तिहरूको बारेमा सोच्छद भने वर्गहरूको गुण र अस्तित्व पनि मनले सोच्न सक्छ । जुन द्वन्द्वमा एकीकृत छन् (सिन्हा, सन् १९२३ ः १४१–१४२) । यो नै शैव सिद्धान्तको मूल विचार हो । जसका अनुसार विपरीत पक्षहरूमा सङ्घर्ष हुन्छ र ती पक्षहरूमा गुणस्तरीय परिवर्तन आउँछ । कश्यप ऋषिको सिद्धान्तले हामीलाई संसारमा विरोधाभाष हुन्छ र मनले पदार्थको व्याख्या गर्छ । यसै गरी विपरीत पक्ष भनेका कारण र प्रभाव, सुख र दुःख, दिन र रात, जीवन र मृत्यु, धनि र गरिब हुन् । विपरीत पक्षहरू विकासको क्रममा द्वन्द्वमा एकीकृत हुन्छन् । जस्तो दुईवटा सेना एक आपसमा लड्छन् भने उनीहरूको एकता हो । उनीहरूमा गुणस्तरीय परिवर्तन आउँछ र फेरि द्वन्द्वमा एकीकृत हुन्छन् । एकता भनेको सापेक्ष हुन्छ र सङ्घर्ष भनेको चलिरहन्छ । यदि त्यसो नहुँदा संसारको विकास नै रोकिन्छ । किनकि संसार विरोधाभाषको सिद्धान्त अनुसार नै चलायमान छ । गति भनेको विरोधाभाष हो र त्यो नै विरोधाभाषहरूको एकता हो । वस्तुनिष्ठता भनेको कुनै विश्वव्यापी इकाई होइन । किनकि संसार र सोचाइमा नै विरोधाभाष हुन्छ (सिन्हा, सन् १९२३ ः १४३) । कश्यप ऋषिका अनुसार दुईवटा विपरीत लिङ्गमा सम्भोग भएपछि बल्ल जरायुन र अण्डज जन्मिन्छन् । पशु र मनुष्य जरायुज हुन् । चराचुङ्गी र सर्पहरू अण्डज हुन् (सिन्हा, सन् १९२३ ः १४५–१४६) । यो विरोधाभाषको राम्रो उदाहरण हो । यहाँबाट के बुझिन्छ भने शैव दर्शन वा शैव सिद्धान्तले संसारलाई यथार्थ मान्छ ।


 कुनै पनि दर्शन जसले संसारलाई माया, मनको सृजना वा छवि र क्षणिक घटनाहरूको जटिलता मान्छ । त्यस्तो दर्शन आदर्शवादी हो । त्यहाँ विचारहरू र मनुष्यका कल्पना मात्रै पाइन्छ । त्यसको साइनो तथ्य र तथ्याङ्कसित हुँदैन । जनतालाई भ्रमित बनाएर आदर्शवादी दर्शनले शासक वा धनि वर्गकै स्वार्थको सेवा गर्छ । यो कुरा हामीले आदर्शवादीहरूको समाजप्रतिको दृष्टिकोण हेर्दा बुझिन्छ । हामीले माथि नै वेदान्त दर्शनको उदाहरण दिएका छौँ । आदर्शवादी दर्शनको अर्को राम्रो उदाहरण बौद्ध दर्शन हो । संयुक्त निकायको बालपण्डित सुत्तमा गौतम बुद्धले भन्छन् कि मनुष्यको शरीर अज्ञानता र इच्छाको फल हो । शरीरको रूप र नाम हुन्छ । आफ्ना इन्द्रियहरूको सम्पर्कमा आएपछि मनुष्यले सुख र दुःखको अनुभव गर्छ । मनुष्यमा इच्छा रहिरहन्छ । त्यस कारणले मृत्यु पछि उसले फेरि पुनर्जन्म लिइरहन्छ । ज्ञानिले जब इच्छालाई नियन्त्रण गर्छ र पवित्र जीवनको अनुशरण गर्छ तब मृत्यु पछि पुनर्जन्म हुँदैन । उसले जीवनको दुःखबाट मुक्ति पाउँछ (संयुत्त निकाय, १२ः१९) । महायान बौद्ध धर्मका प्रभावशाली दार्शनिक दिग्नागा (सन् ४८० – सन् ५४०) थिए । उनले ज्ञानका स्रोत, अनुभूति र अनुमानलाई मात्रै मान्थे । यहाँ तथ्य र तथ्याङ्कको स्थान छैन । उनका अनुसार जे चिजलाई मनुष्यले यथार्थ मान्छ त्यो बुद्धिको सृजना हो । जे कुरा यथार्थमा छ त्यसलाई बुझ्न सकिँदैन । उनका विचारबाट पश्चिमा आदर्शवादी दार्शनिक इम्यान्युएल काण्ट प्रभावित भएका थिए । कान्टका अनुसार वस्तु वा उद्देश्य ज्ञानको अनुरूप हुन्छ । ठाउँ र समय वस्तुगत यथार्थ होइनन् । यी यथार्थलाई बुझ्ने व्यक्तिपरक तरिकाहरू हुन् । यहाँ हामीले दिग्नागाको विचार देख्दछौँ (शास्त्री, सन् १९७६ ः २–३) । बौद्धहरूले संसारको संश्लेषणको वास्तविक सिद्धान्तलाई मान्दैनन् । बौद्धहरूका अनुसार सबै संश्लेषणहरू मनुष्यका मानसिक धारणाहरू हुन् (शास्त्री, सन् १९७६ ः १५५) । बौद्धहरूका अनुसार यथार्थ भनेको स्वालक्षण वा अदवितीय विवरण र क्षणहरू हुन् । जुन मनुष्यका इन्द्रियहरूले अनुभव गर्छन् । ठाउँ र समय भनेका मनुष्यहरूको धारणा मात्रै हो (शास्त्री, सन् १९७६ ः १८७) । यसले के विचार दिन्छ भने यथार्थ भनेको गतिशील हुन्छ (शास्त्री, सन् १९७६ ः १८९) । यस दर्शनका अनुसार कुनै वस्तु निश्चित हुँदैन, सबै चिज परिवर्तन भइरहन्छ । केही घटनाहरूबाट अरू घटनाहरू पनि हुन्छन् (दासगुप्ता, सन् १९२२ ः ८३–८५) ।


 बौद्धहरूका अनुसार पदार्थ भनेका नाम मात्रका यथार्थ हुन् भने असल यथार्थ भनेको क्षणिक मानसिक र पदार्थिक घटनाहरू हुन् । बौद्धहरूका लागि संसार भनेको लचिलो र क्षणिक घटनाहरू हुन् (किङ, सन् १९९९ ः ११६–११७) । सन् दोस्रो शताब्दीका बौद्ध विद्वान् नागार्जुनले शून्यताको विचार दिए । यसले आपैmलाई केन्द्र नमान्ने सिद्धान्त दिन्छ । यथार्थ भनेका क्षणिक घटनाहरू हुन् । जुन एक अर्कामा निर्भर हुन्छन् । शून्यता भनेको अन्तर निर्भरता हो । सबै वस्तुहरूमा पारस्परिक सापेक्षता हुन्छ । यस्तो सिद्धान्तमा कुनै पनि वस्तु स्वतन्त्र हुँदैन । त्यसको अस्तित्व अरू कारकहरूमा निर्भर हुन्छ (किङ, सन् १९९९ ः १२०–१२१) । यहाँबाट के बुझिन्छ भने बौद्ध दर्शनले अन्तरनिर्भताको विचार दिन्छ । यो विचार सुन्दाखेरि अति उत्तम लाग्दछ तर यसका सामाजिक निहितार्थ समस्याग्रस्त छ । किनकि यस विचारले समाजमा हुने शोषण र अत्याचारलाई ओझेलमा पारिदिन्छ र वर्गीय विभाजनलाई वैधानिकता दिन्छ । जुन कुराको पुष्टि गौतम बुद्धका प्रवचनले गर्दछ । मज्झिम निकायको कन्नकथाल सुत्तमा बुद्धले भन्छन् ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र चारवटा जाति हुन् । जसमध्ये ब्राह्मण र क्षत्रीयहरूलाई बुद्धिमा, अभिवादनमा, नमनमा, आज्ञाकारिता र उचित मन्त्रालयमा प्राथमिकता दिइएको छ (मज्झिम निकाय, ९०) । यहाँबाट के बुझिन्छ भने ब्राह्मण र क्षत्रीयहरू जन्मकै आधारमा वैश्य र शुद्र भन्दा श्रेष्ठ मानिन्थे ।


 बुद्धिले मज्झिम निकायको बालपण्डित सुत्तमा भन्छन् कि पापीहरू निच कुल जस्तो चाण्डाला (जल्लाँद, छालाको काम गर्ने), निषाद (सिकारी र माछा मासु बेच्ने), वेन (बासको काम गर्ने), रथकार (सिकर्मी) र पुक्कुस (सफाइ कर्मचारी) मा जन्म लिन्छन् । उनीहरू गरिब हुन्छन् । तिनीहरूले स्वादिष्ट भोजन खान पाउँदैनन् । राम्रो लगाउन र रथमा हिाड्न पाउँदैनन् । उनीहरूले माला, सुगन्धित अत्तर र शृङ्गारपटार गर्न पाउँदैनन् । उनीहरूले राम्रो घर र राम्रो ओछ्यानमा सुत्न पाउँदैनन् । उनीहरूको घरमा राम्रा उज्यालो पनि हुँदैन । उनीहरूले शारीरिक, मानसिक र बोलिले नराम्रो कर्म गर्छन् । त्यस कारणले उनीहरू मरेपछि नर्कमा जान्छन् (मज्झिम निकाय, १२९) । त्यही सुत्तमा उल्लेख छ कि पुण्य गरेका मानिसहरू क्षेत्रीय, ब्राह्मण वा वैश्यको परिवारमा जन्म लिन्छन् । तिनीहरू धनि र राम्रा हुन्छन् । उनीहरू मरेपछि स्वर्गमा जान्छन् । गौतम बुद्धले कर्मको सिद्धान्त दिएर समाजमा रहेको व्यवस्थित शोषणलाई वैधानिकता दिए । धनि मानिसहरू पूर्वजन्मको पुण्यको कारणले धनि भएर जन्म लिन्छन् । जबकि गरिब वा मजदुरहरू पूर्वजन्मको पापले यस जुनिमा गरिब हुन्छन् । अहिलेसम्मको अध्ययनले पुष्टि गर्छ कि वैष्णव सम्प्रदायको वेदान्त दर्शन र बौद्ध दर्शनले समाजको वर्गीय विभाजन एवं किसान र मजदुर वर्गको शोषणलाई वैधानिकता दिएको देखिन्छ । यस्ता आदर्शवादी दर्शनहरू हेर्दा मिठा र चाख लाग्दा कुरा भेटिन्छन् । जुन अलौकिक प्रकृतिका पनि हुन्छन् । तर यथार्थमा मनुष्यहरूको समाज मिठो मात्रै नभएर तितो, अमिलो, पिरो र त्यहाँ मसला पनि हुन्छ । दर्शनले विचार र सिद्धान्त दिने भएका कारण आदर्शवादी र यथार्थवादीहरूको संसार र ज्ञानप्रतिको दृष्टिकोण बुझ्न आवश्यक छ । ज्ञान र पदार्थको अन्तत्र्रिmया हुनाले ज्ञानका सङ्कथनबाट समाज प्रभावित हुन्छ । आदर्शवादीहरूको अध्ययन प्रश्न म को हुँबाट सु? हुन्छ भने यथार्थवादीको प्रश्न चाहिँ यो के हो भनेर सु? हुन्छ । तयसो हुँदा आदर्शवादीहरूले आध्यात्मिक विचारहरू मात्रै दिन्छन् । उनीहरूले बुद्धि वा ब्रह्मलाई ईश्वरसित तुलना गरेर शारीरिक श्रमलाई तल्लो स्तरको कर्म मान्छन् । किसान र मजदुरहरूको शोषणलाई वैधानिकता दिएर धनि वा शासक वर्गको हितैषि बन्दछन् जबकि यथार्थवादीहरूले संसारलाई वास्तविक मान्छन् र सांसारिक समस्याहरूसित सरोकार राख्दछन् । वेदान्तले ईश्वरलाई यथार्थ मान्छ भने संसारलाई माया मान्छ । शैवहरूले सृष्टिका कारण शिव वा ईश्वरलाई माने पनि संसार प्रकृतिकै नियम अनुसार चल्छ र प्रकृतिलाई देवीको रूपमा मान्छन् । त्यस कारणले वैशेषिक दर्शनमा संसार र प्रकृतिलाई बुझ्ने चेष्टा गरिएको पाइन्छ । त्यस्तै न्याय दर्शनले तर्क शास्त्रमा योगदान दिएको छ ।


 वैशेषिक दर्शनले यथार्थवादको रचनात्मक र सकारात्मक पक्ष देखाउँछ भने न्याय दर्शनले यथार्थवादको रक्षात्मक पक्ष देखाउँछ (शास्त्री, सन् १९७६ ः ८) । मनुष्यको मनमा संसारको यथार्थप्रति विश्वास हुन्छ, किनकि उसले अनुभव गरेका वस्तुहरूको अस्तित्व हुनुपर्छ । त्यस कारणले न्याय र वैशेषिक दर्शनले मान्यो कि अनुभव बाहिरी वस्तुका वास्तविकताको स्वीकृति एक मात्र मापदण्ड हो । दर्शनको उद्देश्य त्यही अनुभवलाई विश्लेषण गर्ने र त्यहाँबाट ज्ञानको सुसंगत प्रणाली विकास गर्ने हो (शास्त्री, सन् १९७६ ः १५) । मनुष्यको सामान्य अनुभव अनुसार संसार पदार्थले बनेको हुन्छ, जसलाई द्रव्यानी भनिन्छ । पदार्थको रूप वा रङ्ग हुन्छ, जस्तो कपडा भनेको पदार्थ हो भने सेतो भनेको त्यसको रङ्ग हो । त्यस कारणले पदार्थ र त्यसको रूप रङ्गको विभिन्नता यथार्थवादको मूल् विचार हो (शास्त्री, सन् १९७६ ः १५) । पदार्थको रूप र रङ्ग पनि एउटा गुण हो । जस्तो शारीरको गति गुणबाट नै कर्म आउँछ । यसरी वैशेषिक दर्शनले द्रव्यानी, गुण र कर्मको विचार दिन्छ (शास्त्री, सन् १९७६ ः १६) । मनुष्यले अनुभव गरेका वस्तुहरूमा केही कुरा मिल्दाजुल्दा हुन्छन् । यसलाई सामान्य वा जाति भनिन्छ । वस्तुहरूका अणुमा विभिन्नता हुन्छ, त्यसलाई विशेष भनिन्छ । पदार्थहरूको सम्बन्धलाई समवाय भनिन्छ । त्यस्तै पदार्थरहित हुनुलाई अभाव भनिन्छ (शास्त्री, सन् १९७६ ः १६) ।


 न्याय वैशेषिक दर्शनले कारणको सिद्धान्त दिन्छन् । जुन पदार्थ र त्यसका गुणहरूमा आधारित छ । उदाहरणका लागि धागो भनेको कारण हो भने कपडा भनेको प्रभाव हो । यहाँबाट के बुझिन्छ भने गुण भनेको पदार्थको रूपमा पनि आउन सक्छ । पदार्थ र गुणको सार फरक हुन्छ, जस्तो कपडा र धागोको अलग सार हुन्छ । यस सिद्धान्तले यथार्थको प्रमाण खोज्छ (शास्त्री, सन् १९७६ ः १७) । न्याय र वैशेषिक दर्शनले मान्छ कि वस्तु इन्द्रियहरूको सम्पर्कमा आएपछि बल्ल मनुष्यले त्यसको व्याख्या गर्न सक्छ । जस्तो प्रकाश आँखामा गएपछि त्यही प्रकाश आँखाबाट वस्तु माथि पर्छ र बल्ल त्यस वस्तुलाई आँखाले देख्न सक्छ । यहाँबाट के बुझिन्छ भने मानसिक रूपरेखामा पदार्थको प्रतिबिम्ब परेपछि मात्रै मनुष्यले पदार्थको व्याख्या गर्न सक्छ (शास्त्री, सन् १९७६ ः ३६) । न्याय वैशेषिक दर्शन र बौद्ध दर्शनको बिचमा मौलिक भिन्नता के हो भने बौद्धहरूले संसारको संश्लेषणको वास्तविक सिद्धान्तलाई मान्दैनन् । जबकि न्याय वैशेषिकले दुईवटा संश्लेषणको वास्तविक सिद्धान्तलाई मान्दछन् । ती द्रव्यानी र पदार्थको सामानय वा जाति हुन् । पदार्थ र उसका अङ्गहरूको बिचमा विभिन्नता हुन्छ । जबकि बौद्धका अनुसार सबै संश्लेषणहरू मनुष्यका मानसिक धारणाहरू हुन् (शास्त्री, सन् १९७६ ः १५५) । न्याय वैशेषिक दर्शन पश्चिमा ग्रिकहरूको यथार्थवादसित मिल्छ । तिनीहरूले पनि भन्छन् विश्वव्यापी कुराहरू जुन विवरणहरूमा पाइन्छ, त्यसको स्वतन्त्र वास्तविकता हुन्छ (शास्त्री, सन् १९७६ ः ३०७) । चिनीया विद्वान् सिसानले वैशेषिक सूत्रलाई उलुक ऋषिको कृति मानेका छन् (शास्त्री, सन् १९७६ ः ८४–८५) । उलुक ऋषि भनेको कश्यप ऋषिको नाम हो । उनलाई कणाद पनि भनिन्छ । उनलाई उलुक वा लाटोकोसेरो किन भनिन्छ भने उनी रातीको समयमा खाना खोज्न हिँड्दथे (शास्त्री, सन् १९७६ ः ९६) । वात्सायन ऋषिले पनि न्याय र वैशेषिक दर्शनलाई नै मान्दथे । उनको कृति लङ्कावतर सूत्र हो । यो न्याय सूत्रको टीका हो (शास्त्री, सन् १९७६ ः ११०) । प्रशस्तपद ऋषिले वैशेषिक सूत्रको व्याख्या गरे । उनको पुस्तकको नाम पदार्थ धर्म सङ्ग्रह हो (शास्त्री, सन् १९७६ ः १००) । यस शैव दर्शनमा अगस्त्य, अत्रि, भारद्वाज, कौडिण्य र विश्वामित्र पनि महŒवपूर्ण ऋषि छन् ।


 शैव दर्शनमा कौडिण्य ऋषिको ठूलो योगदान छ । उनले पञ्चार्थको विचार दिए । उनका अनुसार कारण, कार्य (प्रभाव), योग (पशुपतिको ध्यान गर्ने), विधि (पूजाआजा होम यज्ञको विधि) र दुःखान्त (ज्ञान प्राप्त गरेपछि पुरै दुःखको अन्त्य हुने अर्थात् सुख र दुःखलाई एउटै रूपले लिने) हुन् । पञ्चार्थलाई अनुकरण गरे कुनै पनि व्यक्ति ब्राह्मण बन्दछ । ब्राह्मण भनेको बुद्धिजीवि हो (चक्रवर्ती, सन् १९७० ः १९) । त्यस्तो व्यक्तिमा शिवजीको क?णा हुन्छ । उसले तीनवटा प्रमाणहरू बुझ्दछ । अनुभूति, अनुमान र अगमा, अनुभूति भनेको अवलोकन र विद्वान्हरूको कृतिबाट आउँछ । अनुमान चाहिँ, मनुष्यले अनुभूति र अगमाको आधारमा गर्दछ । जसका आधारमा उसले तर्क र विश्लेषण गर्दछ । अगमा भनेको तथ्य र तथ्याङ्क हो । जुन ज्ञानको मुख्य स्रोत हो । यी तीनवटा स्रोत नजान्ने मानिस ब्राह्मण होइन । कौडिण्य ऋषिका अनुसार मनुष्यहरू पशुकै एउटा प्रजाति हुन् । किनकि उनीहरू कारण र प्रभावको पाशले बाँधिएका हुन्छन् (चक्रवर्ती, सन् १९७० ः २०) । उनीहरूले आफ्नो शरीर र पदार्थको अनुभूति गर्न सक्छन् । त्यस कारणले उनीहरूको सोचाई र आवश्यकता, पदार्थिक अवस्थाले नै निर्धारित गर्दछ (चक्रवर्ती, सन् १९७० ः २०–४) मनुष्यहरूमा सत्व, रज र तमोगुण हुन्छ । यदि यी गुणहरूको सन्तुलन भएन भने प्रकृतिमा असन्तुलन आउँछ । असन्तुलन भयो भने मनुष्यले उचित र अनुचित कार्य छुट्याउन सक्दैन । शिवको साँचो पूजा भनेको जनकल्याण गर्नु हो । किनकि मनुष्यहरू शिवजीकै इच्छाबाट सृष्टि भएका हुन् (चक्रवर्ती, सन् १९७० ः ४२–४४) ।
 शैव दर्शनको मुख्य पुस्तक वैशेषिक सूत्र हो । वैशेषिक सूत्रको व्याख्या गर्नु भन्दा पहिले शंकराचार्यले लेख्छन् कि मनुष्यको अस्तित्व तीन किसिमको पीडाबाट ग्रस्त हुन्छ । पहिलो चाहिँ शारीरिक र मानसिक रोगहरू हुन् । जसलाई आध्यात्मिक भन्छन् । दोस्रो पीडा अधिभौतिक हो जुन प्राकृतिक कारणले हुन्छ । तेस्रो पीडालाई अधिदैविक भनिन्छ । जुन यक्ष यक्षिणी वा देवताहरूले पीडा दिन्छन् । ज्ञानिहरूले यी तीनवटा पीडाबाट बच्न उपाय खोज्न थाले । तिनीहरूले त्यो बाटो खोज्न कणाद ऋषिसँग गए । उनलाई तŒवहरू, उदासिनता र स्वामित्व (राज्य) को ज्ञान थियो । कश्यपका अनुसार पदार्थहरूको ज्ञान मात्रै आत्मबोध हो । जसले गर्दा मनुष्यहरूको पीडाको कारण पत्ता लगाउँछ र त्यसबाट बच्ने उपाय पनि आउँछ । पदार्थको ज्ञानको पहिलो विचार नै धर्म हो । अब ती ज्ञानीहरूलाई कश्यप ऋषिले धर्मको बारेमा शिक्षा दिन थाले (सिन्हा, सन् १९२३ ः १–२) । ती ऋषिले भने अब म तिमीहरूलाई धर्मको बारेमा व्याख्या गर्छु । उनले धर्मको अर्थ सिद्धि (ज्ञान) प्राप्त गर्नु र जनकल्याण गर्नु हो भनेका छन् । शंकराचार्यले त्यस्तो जनकल्याण गर्ने व्यक्ति वा शासकले सुख र दुःखलाई समान मान्नु पर्दछ भनेका छन् । जसका लागि इच्छालाई नियन्त्रण गर्नु पर्छ । पदार्थको भोगको इच्छा गर्नेले जनकल्याण गर्न सक्दैन (सिन्हा, सन् १९२३ ः ५–६) । शैव सिद्धान्त अनुसार मनुष्य जीवनका दुईवटा मार्ग प्रवृत्ति र निवृत्ति हुन्छन् । निवृत्ति मार्ग भनेको ज्ञान प्राप्त गर्नु र अरूलाई शिक्षा दिनु हो । जसमा अध्ययन र अनुसन्धान पर्दछ । यो चाहिँ ठूलो धर्म हो । यसलाई वेदमा यजति भनिएको छ, अर्थात् बुद्धिजीवि वा शिक्षकको काम यज्ञ गर्नु जस्तो हो । दोस्रो प्रवृत्ति मार्ग गृहस्थ जीवनमा बसेर गर्नु हो । यो सांसारिक हुन्छ । मनुष्यलाई पीडाबाट बचाउन प्रवृत्ति मार्गमा नै जनकल्याणको काम हुन्छ । जुन वेदले अधिकार दिन्छ र ईशवरले पनि अनुमति दिन्छन् । यदि त्यस्तो जनकल्याण नभए शक्तिशालीले निर्बललाई खान्छ । जुन यज्ञ गर्दा कुकुर आएर चढाउन राखेको प्रसाद खाए जस्तो हो । मनुष्यको मनले शङ्का गर्छ र अनुचित कार्य गर्न सक्छ । त्यस कारणले जनकल्याण भनेको व्यवस्थित हुनुपर्छ, जसका लागि समाजलाई व्यवस्थित गर्न स्वामित्व वा राज्यको स्थापना हुनुपर्छ । जसले अनुचित कार्य हुन दिँदैन र मनुष्यका विभिन्न गतिविधिहरूलाई व्यवस्थित गर्छ (सिन्हा, सन् १९२३ ः ६–८) । शैव दर्शन श्रुतिबाट आएका कारणले गर्दा सामाजिक, आर्थिक आयामको सन्दर्भमा वेदहरूको दृष्टिकोण हेर्न आवश्यक छ ।


 वेदहरूमा दुई किसिमका राज्य प्रणालीहरू छन् ः राजतन्त्र र प्रजातन्त्र । प्रजातन्त्रमा भौज्य, स्वराज्य र वैराज्य जस्ता राज्यहरू हुन्छन् । वेदहरूमा यस्ता राज्यहरूका बारेमा चर्चा गरिएको छ । वैराज्य भनेको यस्तो राज्य हो जहाँ राजा हुँदैन । त्यहाँ शक्तिशाली व्यक्तिहरूले विभिन्न गुट बनाएर शासन गर्छन् । जहाँ प्रशासन प्रणाली विशेष व्यक्तिहरूद्वारा चलाइन्छ । त्यस्तो राज्यमा राष्ट्र जसको अर्थ हुन्छ मनुष्यका झुण्डहरूको समूह नै कमजोर हुन्छ । त्यहाँ एक प्रकारको अराजकता हुन्छ । त्यहाँ धनि वर्गको धेरै प्रभाव हुन्छ । त्यसैले त्यहाँ अराजकता हुन्छ (अथर्व वेद, ३ः३ः४) । स्वराज्यमा दुईवटा वा शासन गर्ने समूह हुन्छन् । त्यहाँ थुप्रै मानिसहरूको कल्याण वा लोककल्याण बारे सोचिन्छ । अथर्व वेदमा यसलाई राम्रो मानिएको छ (अथर्व वेद, १०ः७, ३१) । त्यहाँ जनताले आफ्नो अधिकारका लागि लड्न सक्छन् । धेरैजसो मानिसहरूको विचार सुनिन्छ । त्यसमा नियन्त्रण, आश्रय, समृद्धि हुन्छ, त्यो साम्राज्य बन्न सक्छ (ऋग्वेद, ५ः६६; ७, ऋग्वेद, ५ः१, ८०, शुक्लयजुर्वेद, १९ः६०, ऋग्वेद, १ः८४, १०–११) ।


 भौज्य भनेको मुजाबाट आएको हो । जसको अर्थ संरक्षण गर्ने र शासन गर्ने हुन्छ । त्यहाँ राजा पनि हुन सक्छ । त्यहाँ राज्यले नै जनताको कल्याणको जिम्मेवारी बहन गर्छ । यो राज्य ?द्रको प्यारो छ । यसमा योग र क्षमा हुन्छ । जहाँ उत्पादन, आश्रय, कपडा, खाना, औषधी, शिक्षा आदि सबै राज्यले लिएको हुन्छ । संस्कृतमा ‘भुज पातनाभ्यवहारयो’ भनि प्रजाको भोजन प्रबन्ध गर्नु र उनलाई सुरक्षित गरी राज्य गर्नु भनिएको छ । यस राज्यमा शासन ऋषि मण्डलले निर्धारण गर्दछन् । ऋग्वेद, ५ः६६.६ ऐतेरिय ब्राह्मण ८ः४, ३–५ ऋग्वेदमा यसलाई आदर्श राज्य भनिएको छ । यसले जनताको सुरक्षा सँगसँगै वृद्धवृद्धाहरूको जिम्मेवारी बहन गर्छ । हामीहरूले माथि उल्लेख गरेका राज्यहरू मध्ये भौज्य राज्य चाहिँ कल्याणकारी राज्य हो र वेदहरूले यसैलाई आदर्श राज्य मानेका छन् । किनकि यो ?द्रको प्रिय हो । शैवहरूको ग्रन्थहरूमा एउटा महŒवपूर्ण चाहिँ कौटिल्यको अर्थशास्त्र हो । यो कल्याणकारी राज्य बनाउने निर्देशिका पुस्तक हो । जसका अनुसार राज्यले आर्थिक समृद्धि, सुरक्षा र सामाजिक कल्याण गर्छ (सामशास्त्री, सन् १९५१) । कौटिल्यका अनुसार राज्यको काम जनतालाई आर्थिक समृद्धि दिने हो र नियम कानुनको पालन गर्ने हो । उनका अनुसार जमिनको प्रयोग राज्यलाई कर तिरेर सबैले उपभोग गर्न पाउनु हो । यसै गरी वस्तुहरूको मूल्य राज्यले नै तोक्नुपर्छ । बालबालिकाको शिक्षा र स्वास्थ्य, वृद्धवृद्धा, दृष्टिहीन, अपाङ्ग, बौलाहा यिनीहरूको जिम्मा राज्यले लिनु पर्छ । कौटिल्यका अनुसार राज्य भनेको समाजको अङ्ग हो र यो जनकल्याण गर्न नै बनेको हो । जनकल्याण गर्ने विषय भनेको सांसारिक जीवन वा प्रवृत्ति मार्ग अन्तर्गत पर्दछ । शंकराचार्यका अनुसार पदार्थको ज्ञान नै जनकल्याण गर्ने माध्यम हो (सिन्हा, सन् १९२३ ः ८) । किनकि बुद्धिजीवि (ब्रह्म) को निर्देशन वा सल्लाह अनुसार क्षत्र (राजनीतिक शक्ति) ले कर्म गर्नु पर्छ । त्यस कारणले कश्यप ऋषिले भन्छन् ओम तत् सत् भन्छन् । तत् भनेका शिव हुन् र उनी नै सत्य हुन् । त्यसपछि ती ऋषिले भन्छन्, पदार्थ वा संसारलाई बुझे मात्र जनकल्याण हुन सम्भव छ । एउटा विद्यार्थीको धर्म पदार्थको ज्ञान प्राप्त गर्नु नै हो । पदार्थको ज्ञान अन्तर्गत द्रव्यानी (अर्थतन्त्र) गुण र कर्म पर्छन् । विशेष पदार्थ चाहिँ पृथ्वी, जल, वायु, अग्नि, आकाश (ठाउँ), समय, दिशा (दिक्) र आत्मा हुन् 
(सिन्हा, सन् १९२३ ः १७) ।

यी पदार्थ मध्ये आत्मा र दिशा बाहेक सबैको चरित्र रूप, रस, गन्ध र स्पर्श हो । रस भनेको चाख्न मिल्ने हो । पदार्थको यस्तो चरित्रले गर्दा सुख र दुःखको अनुभव हुन्छ । संयोजन र विभाजन, इच्छा र द्वेष हुन्छ । कारण र प्रभावको पाशले बाँधिएको कारणले मनुष्यले बाँच्नका लागि कर्म गर्नु पर्छ । जसका कारणले गर्दा द्रव्यानीको सृजना हुन्छ । जुन हावापानी र भूगोल अनुसार हुन्छ (सिन्हा, सन् १९२३ ः १८–२९) ।


कश्यप ऋषिका अनुसार मनुष्यको कर्मबाट द्रव्यानीको सृजना हुने भएर त्यही प्रक्रियामा समाज पनि बन्दछ । पदार्थमा विभिन्नता र विपरीतको एकता भएकाले मनुष्य सहित अरू पदार्थहरूको पनि वर्ग हुन्छ । जुन इन्द्रियहरूले अनुभूति गर्न सक्छन् । मनुष्यहरूमा कर्म र चरित्र व्यक्तिको हुँदैन । त्यो उसको वर्गको हुन्छ । त्यस कारणले हरेक वर्गको आफ्नो स्वार्थ हुन्छ (सिन्हा, सन् १९२३ ः १४२–१४२) । यो स्वार्थ चाहिँ पदार्थको प्रयोग र भोगबाट उत्पन्न हुन्छ । मनुष्यहरूमा तीनवटा वर्ग हुन्छन् । त्यसलाई हामीले धनि वर्ग, मध्यम वर्ग र तल्लो वर्ग भन्न सक्छौँ । पदार्थको भोग र स्वामित्व लिन दुईवटा वर्गमा द्वन्द्व भयो भने त्यहाँ द्विवर्गीय द्वन्द्व हुन्छ र जब तल्लो वर्ग पनि आफ्नो स्वार्थ पूरा गर्न द्वन्द्वमा जाँदा त्यहाँ तृवर्गीय द्वन्द्व हुन्छ । वर्गीय द्वन्द्वको कारणले द्रव्यानीमा परिवर्तन आउँछ । किनकि द्वन्द्वले विचारहरू निर्माण गर्छ । त्यही विचारहरूको आधारमा द्रव्यानीमा परिवर्तन आउँछ । जसका कारणले समाजमा नै परिवर्तन आउँछ (सिन्हा, सन् १९२३ ः २१४–२२५) । युद्ध भनेको द्वन्द्वको भयानक रूप हो । मानव जातिको इतिहास हेर्दा बुझिन्छ कि द्वन्द्वकै कारणले गर्दा सभ्यताको विकास भएको देखिन्छ । जस्तो प्राचीन ग्रिक र रोमन सभ्यतालाई हामी लिन सक्छौँ । त्यस्तै नेपालको एकीकरण पनि द्वन्द्वकै कारणले भएको थियो । नेपालको वर्तमान् इतिहासमा हेर्दा देखिन्छ कि पहिलो जनआन्दोलन, माओवादी सशस्त्र विद्रोह र दोस्रो जनआन्दोलनका कारणले आज नेपालमा गणतन्त्र छ ।

मनुष्य जातिको विकासमा द्वन्द्वको मुख्य भूमिका देखिन्छ । यस्तो बुझाई हामीलाई शैव दर्शनले दिन्छ । शंकराचार्यले वैशेषिक सूत्रको व्याख्या गर्दा भन्छन् कि यस्तो ज्ञान कालिका देवीबाट आएको हो । उनले भन्छन् मैले भवानीलाई पुज्दछु, ती महिषी जसको शरीरको अङ्ग बादल जस्तै कालो छ तर ज्ञानको उज्यालो प्रकाशले अज्ञानतालाई हटाउँछिन् । त्यो ज्ञान प्राप्त भएपछि पुनर्जन्म हुँदैन । उनी भव (शिव) सित प्रेममा बाँधिएकी छन् । उनी हिमालयकी छोरी हुन् । ती ठाउँ ठाउँमा भ्रमण गर्छिन् । उनी शिवकी अर्धाङ्गिनी हुन् र मानिसको प्राण गएपछि त्यसको शरीर माथि आएर बस्छिन् (सिन्हा, सन् १९२३ ः २) । शैवहरूको सङ्कथनमा कौटिल्य पछि मत्स्येन्द्रनाथ र गोरखनाथ यस विद्याका विशेषज्ञ थिए । शैव सिद्धान्त आज केही विद्वान्हरूमा सीमित भए पनि हाम्रो समाजमा पाशुपत शैव धर्म प्रचलित छ । आज पनि कालिका देवी र पशुपतिनाथलाई नेपालीहरूले पुज्दछन् । शिवको मन्दिर बनाएर पशुपतिनाथ र मनकामनाको दर्शन गरेर मात्रै हुँदैन । पढेलेखेका मानिसले यो शैव सिद्धान्त पढ्नु पर्छ र समाजका अगाडि ल्याउनु पर्छ ।
 
सन्दर्भ सामग्री
अग्रवाल, भि.यस. (सन् १९५३). इन्डिया एज नन टु पाणिनी. अलाहावाद ः युनिभर्सिटी अफ लखनऊ ।
आप्टे, डि.जी. (सन् १९७१). युनिभर्सिटी इन एन्सियन्ट इण्डिया. वरोडा ः फ्याकल्टी अफ एजुकेशन एण्ड साइकोलोजी महाराजा सयाजिराओ युनिभर्सिटी अफ वरोडा ।
एगलिस, जुलियस (सन् १८८२). द शतपथ ब्राह्मण पार्ट वान. बुक वान एण्ड टु. अक्सफोर्ड ः क्लारेण्डोन प्रेस ।
ओलिवेल, प्याट्रिक (सन् २००४). द आश्रम सिस्टम ः द हिस्ट्री एण्ड हरमेन्युटिक्स अफ ए रेलिजियस इन्स्टीट्युसन. न्यू दिल्ली ः मुन्सिराम मनोहर पब्लिसर्स प्राइभेट लिमिटेड ।
किङ, रिचार्ड (सन् १९९९). इण्डियन फिलोसफी ः एन इन्ट्रोडक्सन टु हिन्दु एण्ड बुद्धिस्ट थट. इडेनवर्ग ः इडेनवर्ग युनिभर्सिटी प्रेस ।
कोसाम्बी, डि.डी. (सन् १९६२). मिथ एण्ड रियालिटी ः स्टडिज इन द फरमेशन अफ इन्डियन कल्चर. बम्बै ः पपुलर प्रकाशन ।
कोसाम्बी, डि.डी. (सन् १९९७). द कल्चर एण्ड सिभिलाइजेसन अफ एन्सियन्ट इण्डिया इन हिस्टोरिकल आउटलाइन. दिल्ली ः दिल्ली विकास पब्लिसिङ हाउस प्राइभेट लिमिटेड ।
ग्रिफिट, राल्फ टि.एच. (सन् १९१७). द हिम्स अफ द अथर्ववेद. भोल २, बनारस ः इ.जे. लजा?स एण्ड कम्पनी ।
ग्रिफिट, राल्फ टि.एच. (सन् १८९७). दि हिम्स अफ ऋग्वेद. बनारस ः इजे लजा?स एण्ड कम्पनी ।
ग्रिफिट, राल्फ टि.एच. (सन् १८९९). द टेक्टस अफ द ह्वाइट यजुर्वेद. बनारस ः इजे लजा?स एण्ड कम्पनी ।
चक्रवर्ती, हरिपद (सन् १९७०). पाशुपात सूत्र विथ पञ्च अर्थ भाष्य अफ कौडिण्य. कलकत्ता ः एकेडेमिक पब्लिसर्स ।
चट्टोपाध्याय, देवीप्रसाद (सन् १९५९). लोकायत ए स्टडी इन एन्सियन्ट इण्डिया म्याटरियलिज्म. न्यू दिल्ली ः पिपल्स पब्लिसिङ हाउस ।
डुक्वेट, जोनाथन र राम शुभ्रमनियन, के. (अक्टुबर सन् २०१०). ‘इज स्पेस क्रिएटेड ? रिफ्लेक्सन्स अन शंकरास फिलोसफी एण्ड फिलोसफी अफ फिजिक्स’. फिलोसफी इस्ट एण्ड वेस्ट. भोल. ६०, नो. ४, हवाई ः युनिभर्सिटी अफ हवाइ प्रेस ।
दासगुप्ता, सुरेन्द्रनाथ (सन् १९२२). ए हिस्ट्री अफ इण्डियन फिलोसफी. भोलुम १, लण्डन ः क्याम्व्रिज युनिभर्सिटी प्रेस ।
पाण्डे, जि.सी. (सन् १९७८). श्रमण टे«डिसन ः इट्स हिस्ट्री एण्ड कन्ट्रिव्युसन टु इन्डियन कल्चर. अहमदावाद ः नागिम जे. शाहा, एलडी इन्स्टिटुट अफ इण्डोलोजी ।
पोखरेल, पं. चिरञ्जीवि शर्मा (वि.सं. २०७६). नेपाल महात्म्य. काठमाडौँ ः जनसेवा माध्यमिक विद्यालय ।
बज्राचार्य, धनवज्र र मल्ल, कमल पी. (सन् १९८५). द गोपालराज वंशावली. काठमाडौँ ः नेपाल रिशर्च सेन्टर, त्रिभुवन युनिभर्सिटी प्रेस ।
बाबा, बङ्गाली (सन् १९५०). श्रीमदभगवद गीता ः द सोल्युसन अफ लाइफ प्रोब्लेन्स. पुना ः रामचन्द्र अम्बादास जोशी, अखण्ड भारत ।
बोधी, भिक्खु (सन् १९९५). द मिडल लेन्थ डिसकोर्स अफ बुद्ध ः ए ट्रान्सलेसन अफ द मज्झिम निकाय. वोस्टन ः विजडम पब्लिकेसन्स ।
बोधी, भिक्खु (सन् २०००). द कनेक्टेड डिसकोस अफ द बुद्ध ः ए ट्रान्सलेसन अफ द संयुत्त निकाय. सोमरभिल ः बिजडम पब्लिकेसन्स ।
बोल्डेनवर्ग, हर्मन (सन् १९६४). द विनय पितकम् ः द महाभग्गा. भोलुम वान, लण्डन ः पालि टेक्स सोसाइटी ।
माधवानन्द, स्वामी (सन् १९५०). द वृहदारण्यक उपनिषद विथ द कमेन्ट्री अफ शंकराचार्य. अल्मोरा ः स्वामी विरेशवरनन्द अद्वैत आश्रम ।
मुखर्जी, राधा कुमुद (सन् १९४७). एन्सियन्ट इण्डियन एजुकेशन. लण्डन ः म्याकमिलन एण्ड कम्पनी लिमिटेड ।
म्याक क्रिण्डल, जे.डब्लु. (सन् १८७७). एन्सियन्ट इण्डिय एज डिस्क्राइव वाइ भेगेस्थाथिन्स एण्ड आर्यन. लण्डन ः ट्रवनर एण्ड कम्पनी ।
वाल्से, मौरिस (सन् १९९५). द लङ डिस्कोर्सेज अफ द बुद्ध ः ए ट्रान्सलेसन अफ द दिघ निकाय. सोमरभिल, एमए ः विल्डम पब्लिकेसन्स ।
वाल्से, मौरिस (सन् १९९५). द लङ डिस्कोर्सेस अफ द बुद्ध ः ए ट्रासलेसन अफ द दिघ निकाय. सोमरभिल, मस्साचुसेटस् ः विज्डम पब्लिकेसन्स ।
विलियम, मोनियर (सन् १८९९). ए संस्कृत इग्लिस डिक्सनरी. न्यू दिल्ली ः मोतिलाल बनारसी दास ।
शास्त्री, धमेन्द्रनाथ (सन् १९७६). द फिलोसफी अफ न्याय वैशेषिक एण्ड इट्स कन्फ्लिक्ट विथ बुद्धिस्ट दिग्नागा स्कुल. वरानसी ः भारतीय विद्या प्रकाशन ।
शास्त्री, हरगोविन्द (सन् १९७८). अमरकोश विथ हिन्दी कमेन्टरी. वाराणसी ः चौखम्बा संस्कृत सिरिज अफिस ।
सामशास्त्री, डि.आर.आर. (सन् १९५१). कौटिल्यास अर्थशास्त्र. मैसुर ः श्री रघुविर प्रिन्टिङ प्रेस ।
सिन्हा, नन्दलाल (सन् १९२३). द वैशेषिक सूत्र अफ कणाद. भोलुम सिक्स, अलाहावाद ः सुधिन्द्रनाथ वसु एम.वि. विजय प्रेश ।
हग, मार्टिन (सन् १८६३). द ऐतेरिय ब्राह्मनम अफ द ऋग्वेद. भोल. २, बम्बै ः गभर्मेन्ट सेन्ट्रल बुक डिपो ।
हल्टझ, यी. (सन् १९२५). इन्स्क्रीप्सस अफ अशोक. भोलुम १, वाल्टन यस्टी. अक्सफोर्ड ः क्लारेन्डन प्रेस ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Neel Kumar free lancer researcher