यलमाँया केन्द्रमा सितार बादनमा राग बागेश्री ।

Jan 17, 2024 - 01:05
 0
यलमाँया केन्द्रमा सितार बादनमा राग बागेश्री ।


माघ ३, काठमाडौं । यलमाँया केन्द्र पाटनढोका , ललितपुरमा डा. ध्रुबेशचन्द्र रेग्मीले सितार बादनमा राग बागेश्री प्रस्तुत गर्नु भएको छ ।

उहाँलाई तबलामा पं अच्यतुराम भण्डारीले साथ गर्नु भएको थियो । हरेक नेपाली महनिाको २ गते प्रस्तुत गरिने कार्यक्रमको २ सय ३१ श्रृंखलामा बरिष्ठ सितार बादक डां ध्रुबेशचन्द्र रेग्मीले राग बागेश्रीमा आधारित सितार बादन प्रस्तुत गर्नु भएको थियो । साथै उहाँले कार्यक्रमको अन्त्यमा राग भैरवी र मिश्र खमाजमा आधारित धुनहरु प्रस्तुत गर्नु भएको थियो । 
राग बागेश्री काफी थाटबाट उत्पन्न भएको राग हो भने यसको जाति औडव—षाडव हो ।यस रागको वादी स्वर मध्यम र सम्वादी स्वर षडज हो । यस रागमा गन्ँधार र निषाद कोमल भई बाकी स्वरहरु शुद्ध प्रयोग हुन्छन । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register