अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको सहयोगार्थ आगामी बैशाख २ गते काठमाडौंमा रागमाण्डु ।

Apr 8, 2024 - 07:36
Apr 8, 2024 - 07:43
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको सहयोगार्थ आगामी बैशाख २ गते काठमाडौंमा रागमाण्डु ।


चैत्र २६, , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको सहयोगार्थ आगामी बैशाख २,२०८१ ( अप्रिल १४, २०२४) मा  काठमाडौंको  जमलस्थित राष्ट्रिय नाचघरमा भारतीय सितार बादक डा. राजेश शाहबाट रागमाण्डु प्रस्तुत  हुने भएको छ । 
कार्यक्रममा भारतको बनारस हिन्दु विश्वविद्यालय, बाराणसीबाट आउनु हुने बरिष्ठ सितार बादक कलाकार डा. राजेश शाहले राग चारुकेसिमा सितार बादनको प्रस्तुती राख्नु हुने भएको  छ । उहाँलाई तबलामा प्रतिष्ठानका संरक्षक तथा बरिष्ठ तबला बादक पं अच्युतराम भण्डारीले तबलामा संगत गर्नु हुने छ ।
यसैगरी कार्यक्रमको शुरुमा प्रतिष्ठानका ससाना कलाकारहरुले सरस्वती बन्दना प्रस्तुती गनै कार्यक्रम छ भने त्यसपछि आमन्त्रित कलाकार डा. राजेश शाहको एकल सितार बादनको सोलो प्रस्तुती रहने भएको छ । 
त्यसपछि प्रतिष्ठानका प्रशिक्षित कलाकार सितार बादक राम कुमार अर्याल , डा. अन्जु उप्रेती,भायलिन बादक यतिराज अधिकारी,  बाँसुरी बादक डा. निरन्जन भण्डारी र सारङ्गी बादक परशुराम भण्डारीबाट सामाुहिक प्रस्तुती रहने प्रतिष्ठानकी अध्यक्ष सीता भण्डारीले जानकारी दिनु भएको छ । 
शास्त्रीय संगीतलाई जीवित राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको हरेक १५ गते गौरीघाटस्थित आफनै प्रतिष्ठानमा विगत २१  महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register