के राजालाई राजनैतिक नेताहरुले दिएको धोकाको परिणाम आज नेपाली जनताले भोग्दै छन् ?
२०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग ७ राजनीतिक दलबाट सहमति भएर जनआन्दोलन बिसर्जन भएको थियो । उक्त दलका नेताहरुले संझौतालाई धोका दिएको परिणाम आज देश संकटग्रस्त छ । २०६३ साल बैशाख ११ गते राजा ज्ञोनेन्द्रसँग पाँच बुँदे सहमति भएको थियो

२०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग ७ राजनीतिक दलबाट सहमति भएर जनआन्दोलन बिसर्जन भएको थियो । उक्त दलका नेताहरुले संझौतालाई धोका दिएको परिणाम आज देश संकटग्रस्त छ । २०६३ साल बैशाख ११ गते राजा ज्ञोनेन्द्रसँग पाँच बुँदे सहमति भएको थियो-
१) विघटित प्रतिनिधिसभा पूनरस्थापित गर्ने,
२) वहदलीय व्यवस्था कायम रहने,
३) संवैधानिक राजतन्त्र कायम रहने,
४) परिवर्तन २०४७ सालकै संविधानलाई टेकेर हुने,
५) सबै सहमति एक अर्कामा कायम रहने’
भनेर उल्लेख गरिएका कुराको आधारमा श्री ५ ज्ञानेन्द्रबाट जनआन्दोलन बिसर्जन भएर त्यसैको आधारमा जनआन्दोलनका नेता गिरिजाप्रसाद कोइरालालाई राजाबाट नारायणहिटी राजदरबारमा सपथग्रहण गराइएको थियो ।
जनआन्दोलन रोकिएको एक महिना नपुग्दै राजाबाटै ब्यूँताइएको प्रतिनिधिसभाले जेष्ठ ४ गते राजसस्थाको निरन्तरता गर्ने भन्दै राजाको जेठो छोरो नभएर छोरी जन्मिएमा राजाकी छोरी पनि राजसिंहासनमा आसीन हुनसक्ने भन्ने घोषणा गरिएको थियो । तर ती सबै संझौताहरुलाई धोका दिएर क्रमिक रुपमा धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषणा गरेर नेपालका गौरवमय पहिचान, संसारको एक मात्र हिन्दु अधिराराज्य तथा नेपाल र नेपाली जनताको संरक्षको हैसियतमा स्थापित नेपालको राजसंस्थालाई विस्थापित गराएर यो हिन्दुस्थलमा इसाईकरण गर्नेे बाटो खोलियो । नेपालको अहिलेको संकट यसरी संझौतालाई धोका दिएका परिणामहरु हुन् ।
नेपालमा गिरिजाप्रसाद कोइराला जस्ता कुपुतको जन्म हुनु नैं हाम्रो दुर्भाग्य थियो । राजा ज्ञानेन्द्रसँग संझौता भएर जनआन्दोलन बिसर्जन भएपछि २०६३ बैशाख ११ को राजासँग भएको सहमति अनुसार राजदरबारमैं २०४७ सालको संविधान बमोजिम प्रधानमंत्रीको सपथग्रहण गरेका गिरिजाले संझौतालाई तोडेर देश, प्रजातन्त्र र नेपाली कांग्रेसलाई नैं धोका थिए । नेपाली का्रग्रेसको प्रजातान्त्रिक छवि ध्वस्त बनाउँदै नेपाललाई अधोगतिको पराकाष्ठामा पु¥याउने गिरिजाले गरे । नेपालमा गिरिजाप्रसाद कोइराला, माधव नेपाल, बाबुराम भट्टराई जस्ता कुपुतको जन्म हुनु नैं हाम्रो दुर्भाग्य हो !
अतः यी खतराहरुबाट देशलाई बचाउन, २०७२ साल असोज ३ गते घोषित संविधान खारेज गरी नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य स्थापित गरेर श्री ५ ज्ञानेन्द्रलाई यथावत रुपमा नारायणहिटी राजदरबार राजसिंहासनमा आराहण गराएर, नेपाल–भारत संवन्ध सधाको लागि शान्त, सौहार्द र सकारात्मक सोच राख्न सकेमा पश्चिमाहरुको चलखेल पनि समाप्त हुनेछ । नेपाल– भारतबीचमा सुमधुर संवन्ध कायम रहिरहन्छ । देशद्रोही अपराधी र विदेशीहरु सबै लखेटिन्छन् । चीन पनि आफूलाईृ सुरक्षित ठान्छ । एशीयाबाट विश्वयुद्ध हुने कुरा समाप्त हुन्छ । नेपाल सुन्दर शान्त, विशाल कायम रहिरहन्छ ।
What's Your Reaction?






