देश अनुसार का सञ्चार माध्यम: भजन मन्डली वा स्वतन्त्र!

यता बेलायत तिर का संचार माध्यम ले भने समसामयिक समस्या मै केन्द्रीत रहेर ओहदामा भएका लाई त्यहाँ बोलाएर समस्या समाधान गर्न तिनीहरु संग के कस्तो रणनीति छ, त्यसलाई अवलम्बन गर्न लाग्ने आर्थिक श्रोत कहाँ बाट जुटाउदै छन् आदि कुरा ढुक्क संग सोध्छन् र असम्भव गफ दिएका भए त्यहीँ नाङ्गै उदाङ्गै बनाइदिन्छन!

Dec 31, 2021 - 13:13
Dec 31, 2021 - 13:14
 0
देश अनुसार का सञ्चार माध्यम: भजन मन्डली वा स्वतन्त्र!
देश अनुसार का सञ्चार माध्यम: भजन मन्डली वा स्वतन्त्र!
...
अचेल जहाँ बसे पनि मोबाइल फोन मै विश्व भर का रेडियो सुन्न सकिन्छ, टेलिभिजन वा तिनका क्लिप हेर्न सकिन्छ! नेपाल का रेडियो स्टेशन सुन्न पर्छ वा टेलिभिजन हेर्न पर्छ, समाचार होस् कि अरु कुनै कार्यक्रम होस्, प्रधानमन्त्री ले यस्तो भाषण गरे, यो पार्टी का अध्यक्ष ले उस्तो उद्घाटन गरे, अर्को पार्टी का नेता ले यो बोले, यो ठाउँमा यो पार्टी ले यस्तो गर्यो आदि मात्र हुन्छ तर ती कुनै कुरा पनि जनताले युगौ देखि झेल्दै आएका समस्या (रोजगारी, गास, बास, कपास, शिक्षा, स्वास्थ्योपचार) सम्बोधन गरेका कुरा हुदैनन्! एउटा नेताले अर्को नेतालाइ यसरी खन्डन गर्यो, माओ, मार्क्स, लेनिन, बिपि, मदन को दर्शन छाट्यो सिवाय अरु केहि हुँदैन! अलिकति सकारात्मक कुरा सुनियो भने ओहदाधारी ले सम्भव नै नहुने गरी आकाश का तारा झारेका कुरा सुनिन्छ!
...
यता बेलायत तिर का संचार माध्यम ले भने समसामयिक समस्या मै केन्द्रीत रहेर ओहदामा भएका लाई त्यहाँ बोलाएर समस्या समाधान गर्न तिनीहरु संग के कस्तो रणनीति छ, त्यसलाई अवलम्बन गर्न लाग्ने आर्थिक श्रोत कहाँ बाट जुटाउदै छन् आदि कुरा ढुक्क संग सोध्छन् र असम्भव गफ दिएका भए त्यहीँ नाङ्गै उदाङ्गै बनाइदिन्छन! न उत्तरदायी व्यक्ति ले माओ, मार्क्स, लेनिन, चर्चिल आदि का नाम लिन्छन्, न आकाशका तारा नै झार्छन, किनकि एउटा वाक्य मात्र गलत बोल्दा वा समयमा भनेको कुरा नभएमा जागिर धरापमा पर्छ भन्ने मा उनी हरु विश्वस्त छन्!
...
नेपाली संचार माध्यम मा काम गर्ने हरु मा पनि चेतना आओस् र पार्टी र नेताका भजन गाउन छाडेर जनताका समस्या कहिले र कसरी सम्बोधन गर्दैछन् वा नगरी सधैं ओहदामा रहेका छन् भन्ने बारे स्वतन्त्र, निस्पक्ष र भेदभाव बिना सत्य तथ्य प्रस्तुत गर्न सकून्, शुभकामना! शुभ दिन!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Boz Raj Former Director at ChangeGov Ltd Past: Deloitte and Pokhara Consultancy Ltd Studied Computer science at London South Bank University, London, UK Graduated in 2001 Lives in London, United Kingdom