बिल गेट्सले किन त्यस्तो बयान दिए जसले भ्याक्सिन हेजिटेन्सिलाई मद्दत गर्दछ?

यदि कोरोनाको प्रकोप विश्वबाट हराएर गयो भने सबैभन्दा ठूलो घाटा फार्मा इन्डस्ट्रिहरुलाई हुन्छ, त्यसैले विश्व जगतमा यो भाइरस अब चाडै जाँदै छ भनेर भ्याक्सिन हेजिटेन्सिलाई बढुवा दिने बिल गेट्सको बयान तत्काल समयअनुसार उचित थिएन। 

Dec 10, 2021 - 07:02
Dec 13, 2021 - 09:56
 0
बिल गेट्सले किन त्यस्तो बयान दिए जसले भ्याक्सिन हेजिटेन्सिलाई मद्दत गर्दछ?

बिल गेट्सले आफ्नो ब्लगमा भने कि "उनलाई लाग्छ महामारीको "तीव्र चरण" 2022 मा समाप्त हुनेछ"।

महामारीको तीव्र चरण 2022 मा समाप्त भयो भने त मानव जगतमा अत्याधिक खुशीको पल हुनेछ।  तर तपाईं हामीले अनेकौं समाचार पढ्दै र हेर्दै आएका छौं,  विभिन्न देशमा भ्याक्सिन विरुद्ध जनआन्दोलन आम जनताले छेडेका छन्। यो कुनै अविकसित देशहरुमा मात्र हैन, विकसित देश जस्तै अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका जस्ता देशहरुमा पनि भ्याक्सिन विरुद्ध जनताहरु सडकमा ओर्लिएका छन्। 

यस्तो अवस्थामा अब  केही महिना भित्रमा नै  कोरोनाको प्रकोप सामाधान हुनेछ भनेर विश्वप्रख्यात र संसारकै धनी मध्ये एक ब्याक्तिले यस्तो बक्तब्य दिँदा कस्तो प्रभाव पर्ला?

वास्तवमा बिल गेट्सले यस्तो बयान किन दिए भन्ने कुरालाई हामीले गहिरेर सोच्नैपर्छ?

विश्व लाई कन्ट्रोल गर्ने इन्डस्ट्रिहरु मध्ये फार्मा इन्डस्ट्रि एक हो। 
जसले जे भने पनि जतिसुकै मानवतावादी देखाएका पनि फार्मा इन्डस्ट्रिको चंगुलबाट आफूलाई अलग राख्न सक्दैनन्, विशेषगरी संसारका धनी व्यक्तित्वहरुले। 
कि त सन्न्यास नै लिनुपर्यो होइन भने फार्मा लबीको निर्देशनअनुसार बक्तब्यहरु जारी गर्न उनीहरुलाई अनिवार्य हुन्छ। 

यदि कोरोनाको प्रकोप विश्वबाट हराएर गयो भने सबैभन्दा ठूलो घाटा फार्मा इन्डस्ट्रिहरुलाई हुन्छ, त्यसैले विश्व जगतमा यो भाइरस अब चाडै जाँदै छ भनेर भ्याक्सिन हेजिटेन्सिलाई बढुवा दिने बिल गेट्सको बयान तत्काल समयअनुसार उचित थिएन। 

तपाईलाई यो खबर पढेर कस्तो लाग्यो आफ्नो बिचार कमेन्टमा सेक्सनमा कमेन्ट गरेर प्रस्तुत गर्नुहोला। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal