दु:खद दुर्घटना: मेक्सिकोमा अनियन्त्रित ट्रकले पैदल यात्रुलाई किचेर ५३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उक्त दुर्घटनामा चार दर्जनभन्दा बढीले ज्यान गुमाएका थिए । ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको बताइएको छ । हाल मेक्सिको प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ।

मेक्सिकोमा बिहीबार एक कार्गो ट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा चार दर्जनभन्दा बढीले ज्यान गुमाएका थिए । ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको बताइएको छ । हाल मेक्सिको प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ।
ट्रक प्रवासी इमिग्रेंट्सले लादिएको थियो र आफ्नो भार थाम्न नसकेर पल्टिएको प्रतक्ष्य दर्सिहरुको भनाई छ।
दक्षिणी मेक्सिकोमा बिहीबार अबेर राति एउटा भयानक दुर्घटना भएको छ । भीडभाड भएको सडकमा भएको दुर्घटनामा हालसम्म ५३ जनाको मृत्यु भइसकेको छ । सोही क्रममा ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। चियापास राज्यको राजधानी जाने सडकमा यो दुखद दुर्घटना भएको हो । प्राप्त जानकारीका अनुसार मालवाहक ट्रक पुलमा पुग्ने बित्तिकै चालकले नियन्त्रण गुमाएका थिए । जसका कारण बाटोमा हिडिरहेका मानिसलाई कुल्चीदाउदै डिभाइडरमा ठोक्किएको थियो । मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ ।
What's Your Reaction?






