मदन पुरस्कार विजेता लेखक तारानाथ शर्माको निधन

उनले लेखेका ‘बेलायतीर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन्। उनले ‘घनघस्याको उकालो काट्ता’ बाट नियात्रा लेख्न शुरु गरेका थिए।

Feb 15, 2022 - 06:59
 0
मदन पुरस्कार विजेता लेखक तारानाथ शर्माको निधन

काठमाडौँ – नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक लेखक, निबन्धकार, कथाकार तारानाथ शर्माको निधन भएको छ। उनको ८७ वर्षको उमेरका मंगलबार बिहान निधन भएको हो।

इलामको बरबोटेमा जन्मेका उनले सँस्कृत शिक्षाबाट पढ्न सुरु गरेका थिए। शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीहरुसँग मिलेर ‘झर्रोवादी आर्दोलन सुरु गरेका थिए।

उनले लेखेका ‘बेलायतीर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन्। उनले ‘घनघस्याको उकालो काट्ता’ बाट नियात्रा लेख्न शुरु गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal