राजनीतिक दलले आफ्नो चिन्ह नपाए स्थानीय चुनाव हुँदैन : लिङ्देन
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलले आफ्नो दलको चुनाव चिन्ह नपाउने हो भने देशमा स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् ।

पार्टीद्वारा आज नेपालगन्जमा आयाेजित आमसभालाई सम्वाेधन गर्दै अध्यक्ष लिङ्देनले साना दलले आफ्नाे चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने बताएका हुन् ।
उनले भने, ‘राजनीतिक दलले आफ्नो दलको चुनाव चिन्ह नपाउने हो भने देशमा स्थानीय तहको निर्वाचन हुन सक्दैन’ ।
राप्रपाले अघिल्लो संसदीय चुनावमा थ्रेस होल्ड पुरा गर्न नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाउन सकेको थिएन । आयोगले राष्ट्रिय पार्टी नरहेका दलहरुलाई सिंगो चुनाव चिन्ह नदिने नीति लिएपछि साना दलहरु आन्दोलित भएका छन् ।