सनातन धर्म सेवा समितिको वार्षिकोत्सवमा सम्मान

विर्तामोड नगरपालिका वडा नम्बर ४ मा रहेको सनातन धर्म सेवा समितिको ३८ औँ वार्षिकोत्सव तथा सम्मान समारोह आइतबार सम्पन्न भएको छ ।

Mar 13, 2022 - 16:35
 0
सनातन धर्म सेवा समितिको वार्षिकोत्सवमा सम्मान

समितिको कार्यालयमा बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मानित हुनेहरुमा बिर्तामोड ४ का भवनदाता,समाजसेवी गणेशप्रसाद खनाल र बिर्तामोड ३का अमृतबहादुर बुढाथोकी रहनु भएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भयो । कार्यक्रममा नगरप्रमुख शिवाकोटी,डा.रुपक खनाल,नैनकला भट्टराई,जयनारायण भट्टराई,शिरुसान्दाई खतिवडा,देवीभक्त श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा गंगा प्रसाद भट्टराईले स्वागत,विष्णुप्रसाद बाँस्तोलाले ओमकार उच्चारण,लक्ष्मीप्रसाद खनालले इश्वर प्रार्थना,हस्त परियारले राष्ट्रगान र हरिहर गुरुकुल बिर्तामोड ६ बुटाबारीका बटुकहरुले स्वस्ति वाचन गरेका थिए ।

कार्यक्रममा डा.पुण्यप्रसाद सिग्देल,चन्द्रलाल गिरी,सोमनाथ गौतम,प्रेमप्रकाश फलाहारी,गोपिकृष्ण प्रसाई लगायतको उपस्थिति रहेको थियो । पण्डित सोमनाथ सुवेदीको अध्यक्षता रहेको कार्यक्रमलाई सचिव लक्ष्मीप्रसाद दंगालले सञ्चालन गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register