प्रधानमन्त्रीलाई विपक्षीको ज्ञापनपत्र : तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी

काठमाडौं ।  विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर  ज्ञापनपत्र बुझाएका उनीहरुले तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझाउनका लागि पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका उपाध्यक्ष डिपी अर्याल, राप्रपाका […]

Oct 21, 2024 - 16:25
 0
प्रधानमन्त्रीलाई विपक्षीको ज्ञापनपत्र : तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी

काठमाडौं ।  विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर  ज्ञापनपत्र बुझाएका उनीहरुले तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

ज्ञापनपत्र बुझाउनका लागि पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका उपाध्यक्ष डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कार्यदलका सदस्यहरू शक्ति बस्नेत, राजेन्द्र पाण्डे, शिशिर खनाल लगायत नेताहरू बालुवाटार गएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register