जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी युवराज सिंहलाई

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी युवा नेता युवराज सिंहको कांधमा आएको छ । आइतबार साउथ इष्ट लन्डनमा एक कार्यक्रमबीच उनले औपचारिक रुपमा कार्यकारी सभापतिको जिम्मेवारी ग्रहण गरे । समितिका महामन्त्री कुश बस्नेतले सन्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर, अतिथीहरु डा. धर्मराज क्षेत्री थापा, डा. […]

Nov 24, 2024 - 22:22
 0
जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी युवराज सिंहलाई


लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिको जिम्मेवारी युवा नेता युवराज सिंहको कांधमा आएको छ ।

आइतबार साउथ इष्ट लन्डनमा एक कार्यक्रमबीच उनले औपचारिक रुपमा कार्यकारी सभापतिको जिम्मेवारी ग्रहण गरे ।

समितिका महामन्त्री कुश बस्नेतले सन्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर, अतिथीहरु डा. धर्मराज क्षेत्री थापा, डा. मिन रानाभाट, खेमराज रानाभाट, महेश रेग्मी, सुरज केसी, मन्दीप केसी, समितिका वरिस्ठ उपसभापति प्रवेश केसी लगायतले सिंहलाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।  

२७ नोभेम्बर २०२१ शनिबार लन्डन साउथ ह्यारोमा भएको समितिको पांचौं अधिवेशनले उम्मेदवारहरुको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोश्रो वर्ष, कोपिला वनेम लिम्बु तेश्रो वर्ष र युवराज सिंह चौंथो वर्ष कार्यकारी सभापति हुने सहमति भएको थियो ।  

चक्रीय प्रणालीमा सहमति भए अनुसार अब सिंहको पालो आएको हो । उनको कार्यकाल चक्रीय प्रणालीमा एक वर्ष हुने जनसम्पर्क समिति बेलायतका महामन्त्री कुश बस्नेतले जानकारी दिए । 

त्यो बेला निर्वाचनका लागि डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा खुशी लिम्बु सदस्य सचिव र राजेन्द्र खरेल एवं केशव भण्डारी सम्मिलित निर्वाचन समिति बनाइएको थियो । केन्द्रिय प्रतिनिधिमा समितिका पूर्व सभापति लोक गुरुङ थिए ।

कार्यकारी सभापति सिंहले जनसम्पर्क समितिलाई अझ सशक्त र सुदृढ रुपमा अगाडि बढाउन कार्यसमिति विस्तार गर्ने, समितिमा देखिएका केही असमझदारी अन्त्यका लागि सबैपक्षसंग सरसल्लाह गरि अधिकतम सहमतिमा बृहत एकताकाअलागि पहल गर्ने र अझ एकतावद्ध भई सक्रिय रुपमा अगाडि बढ्न भावी कार्यक्रमहरु सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले २४ नोभेम्बरदेखि आफ्नो सभापतित्वमा भएका जनसम्पर्क समिति बेलायतका कार्यक्रमहरु मात्रै आधिकारिक हुने जानकारी पनि गराएका छन् ।

अब कुनै क्षेत्रीय समितिले कार्यक्रम गर्नु परेमा आफू र आफ्नो नेतृत्वको कार्यसमितिबाट स्वीकृति लिएर मात्र गर्न पनि उनले सबै समक्ष अनुरोध गरे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register