धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक (तस्वीरहरू)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ । काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा आज (सोमबार) बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी सार्वजनिक गरेका हुन् । एनपीएलमा भाग लिने आठवटै टोलीका मार्की खेलाडी पनि ट्रफी कार्यक्रम समारोहमा सहभागी भए । यही मंसिर १५ गतेदेखि शुरू हुने आइपीएलको उद्घाटन […]

Nov 25, 2024 - 05:17
 0
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक (तस्वीरहरू)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ ।

काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा आज (सोमबार) बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी सार्वजनिक गरेका हुन् ।

एनपीएलमा भाग लिने आठवटै टोलीका मार्की खेलाडी पनि ट्रफी कार्यक्रम समारोहमा सहभागी भए ।

यही मंसिर १५ गतेदेखि शुरू हुने आइपीएलको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टको भिडन्त हुनेछ ।

उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । फाइनल खेल भने ६ पुसमा हुनेछ ।

एनपीएलमा देशका प्रमुख क्षेत्रलाई प्रतिनिधित्व गर्ने आठ टोलीले भाग लिनेछन् ।

यीमध्ये पाँच वटाको नाम प्रमुख शहर र तीन वटाको नाम प्रदेशबाट राखिएको छ । जसमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स ।

प्रत्येक टोलीमा कम्तीमा १६ जना खेलाडी हुनेछन् । अक्टोबर ६ मा आयोजित अक्सनमार्फत ८० खेलाडी छनोट गरिएका थिए । प्रत्येक टोलीले चारजना विदेशी खेलाडी र एक स्थानीय आइकनिक खेलाडी राख्नैपर्ने प्रावधान छ ।

थप तस्वीर :

प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register