ब्रान्ड लजिक : जसले ५ करोड ९२ लाखमा किन्यो एनपीएलको कमर्सियल राइट्स

काठमाडौं । विज्ञापन एजेन्सी ब्रान्ड डिजिटल लजिक प्रालिले नेपाल क्रिकेट संघ (क्यान)ले मागेको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रूपैयाँ बोली लगाएर नेपाल प्रिमियर लिगको प्रचार र व्यवस्थापनको अधिकार प्राप्त गरेको छ । यस सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको जिम्मेवारी ब्रान्ड लजिकलाई दिइएको छ […]

Oct 24, 2024 - 09:49
 0
ब्रान्ड लजिक : जसले ५ करोड ९२ लाखमा किन्यो एनपीएलको कमर्सियल राइट्स

काठमाडौं । विज्ञापन एजेन्सी ब्रान्ड डिजिटल लजिक प्रालिले नेपाल क्रिकेट संघ (क्यान)ले मागेको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रूपैयाँ बोली लगाएर नेपाल प्रिमियर लिगको प्रचार र व्यवस्थापनको अधिकार प्राप्त गरेको छ ।

यस सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको जिम्मेवारी ब्रान्ड लजिकलाई दिइएको छ । कम्पनीले एनपीएलको आर्थिक पक्षलाई मजबुत बनाउँदै लिगको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

सन् २०१९ मा स्थापना भएको लजिकले छोटो समयमै विज्ञापन क्षेत्रमा उल्लेखनीय प्रभाव जमाएको छ । डिजिटल मार्केटिङ सेवा दिँदै सुरु भएको कम्पनीले समयसँगै आफ्नो उपस्थिति अझै बलियो बनाउँदै ल्याएको छ ।

कम्पनीको स्थापना भएको केही महिनापछि नै कोभिड महामारी सुरु भएको कठिन समयमा पनि लजिकले आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउन सफल भयो । जब सबैजना अनलाइनतर्फ सिफ्ट भइरहेका थिए, कम्पनीले डिजिटल विज्ञापनको महत्त्व बुझेर विभिन्न ब्रान्डलाई आफ्नो सेवामा समाहित गर्‍यो ।

लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले ४ जना कर्मचारीको सानो टिमसहित विभिन्न ब्रान्डलाई डिजिटल विज्ञापनमा लगानी गर्न प्रेरित गरे । जसलाई विभिन्न स्वदेशी र बहुराष्ट्रिय कम्पनीहरूले विश्वास गरे ।

नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय स्तरको सामग्री (कन्टेन्ट) दिने उद्देश्यले लजिकले सिर्जनात्मक विज्ञापनहरू निर्माण गर्दै सर्वसाधारणको मन जित्न सफल भयो । कम्पनीले गुणात्मक र संख्यात्मक दुबै दृष्टिले उल्लेखनीय प्रगति गरेको छ । डिजिटल ब्रान्डिङमा आफ्नो प्रभाव बनाएपछि कम्पनीले मोशन ग्राफिक्स र टेलिभिजन विज्ञापन निर्माणमा समेत काम सुरु गर्‍यो ।

लजिकले बनाएको सुरुवाती ‘सिद्ध बाबा रिफाइन्ड तेल’को जनचेतनामूलक विज्ञापन ‘अन्न नफालौं’ले सर्वसाधारणको मन जित्न सफल भयो । कथा र विज्ञापनको संयोजन गर्ने यो नयाँ प्रयासले ब्रान्ड लजिकलाई थप लोकप्रिय बनायो, जसपछि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनी पनि विज्ञापन निर्माणका लागि ब्रान्ड लजिकसँग आबद्ध भए ।

दुई वर्षअघि ब्रान्ड लजिकले ‘माई पे’ डिजिटल वालेटका लागि निर्माण गरेको ‘इभोलुसन अफ मनी’ शीर्षकको विज्ञापनले कम्पनीलाई नयाँ उचाइमा पुर्‍यायो । यो विज्ञापनले पुरातन कालदेखि आधुनिक क्यूआर प्रणालीसम्म पैसा र लेनदेनका शैलीहरूमा आएको परिवर्तनलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको थियो ।

हालसम्म ब्रान्ड लजिकले ३५ वटा टेलिभिजन विज्ञापन निर्माण गरिसकेको छ । ती विज्ञापनहरूले जीवनका साना तर महत्वपूर्ण घटनाहरूलाई सिर्जनात्मक ढंगले प्रस्तुत गरेका छन् ।

कम्पनीले अहिले देशभरका २०० भन्दा बढी कम्पनी र ब्रान्डहरूलाई डिजिटल मार्केटिङमा सहयोग गर्दै आएको छ । नेपालका ३२ भन्दा बढी कर्पोरेटहरू प्रत्यक्ष रूपमा ब्रान्ड लजिकको सेवा लिइरहेका छन् । साथै, बंगलादेश, भारत, अमेरिका, मलेसिया, र दुबईका १० ठूला ब्राण्डहरूले पनि लजिकलाई विश्वास गरेका छन् ।

अब एनपीएलको कमर्सियल राइट्स को जिम्मेवारीसहित ब्रान्ड लजिकले यो लिगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसले लिगको ब्रान्डिङलाई नयाँ उचाइमा पुर्‍याएर देशभर र अन्तर्राष्ट्रिय रूपमा खेलप्रेमीहरूलाई आकर्षित गर्न मुख्य भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register