हिरासतबाटै रविले भने- जनताको पक्षमा बोल्नेहरूले दु:ख पाएकै छन्, मलाई अदालतले न्याय दिन्छ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताको पक्षमा बोल्दा दु:ख पाएको बताएका छन् । आफूलाई भेट्न आएका रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलासँग उनले यस्तो बताएका हुन् । रविलाई उद्धृत गर्दै सङ्ग्रौलाले भनिन्, “जनताको पक्षमा बोल्नेहरूले दु:ख पाएकै छन्, यो पहिल्यैदेखि देखिएकै कुरा हो । तर, […]

Oct 26, 2024 - 05:07
 0
हिरासतबाटै रविले भने- जनताको पक्षमा बोल्नेहरूले दु:ख पाएकै छन्, मलाई अदालतले न्याय दिन्छ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताको पक्षमा बोल्दा दु:ख पाएको बताएका छन् ।

आफूलाई भेट्न आएका रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलासँग उनले यस्तो बताएका हुन् ।

रविलाई उद्धृत गर्दै सङ्ग्रौलाले भनिन्, “जनताको पक्षमा बोल्नेहरूले दु:ख पाएकै छन्, यो पहिल्यैदेखि देखिएकै कुरा हो । तर, मलाई अदालतले न्याय दिन्छ । सहकारी ठगी प्रकरणमा मेरो कहीँ संलग्नता छैन । तपाईंहरू ढुक्क हुनुस् ।”

रविले अहिलेको अवस्थालाई ‘अन्तिम लडाइँ’ भनेका छन् । “स्वतन्त्र र न्यायको पक्षमा यो हाम्रो अन्तिम लडाइँ हो । बाहिर के-कसो छ, सबै सुरक्षित रहेर शान्तिपूर्ण रूपमा विरोध जनाइदिनुहोला,” रविले भनेको कुरा सङ्ग्रौलाले सुनाइन् ।

सङ्ग्रौलाले रवि हर्षित मुद्रामा रहेको बताइन् । “उहाँ कस्तो पीरमा हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला जस्तो लागेको थियो तर, उहाँ हर्षित मुद्रामा हुनुहुन्छ,” उनले भनिन्, “उहाँले किताबहरू अध्ययन गर्दै हुनुहुन्छ ।”

सहकारी ठगीसम्बन्धी प्रकरणमा रवि गत कात्तिक २ काठमाडौंमा पक्राउ परेका हुन् । रवि पक्राउ परेलगत्तै उनको दल रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ । सभापति रवि पक्राउलाई रास्वपा नेताहरूले ‘प्रतिशोध’ भनेका छन् । यसका विरुद्ध शृङ्खलाबद्ध आन्दोलनको उद्घोषसमेत उनीहरूले गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register