केपी ओलीको निर्णयले सुनको भाउ ह्वात्तै घट्यो !

काठमाडौँ । सरकारले सुनको भन्सार महसुल घटाएसँगै मूल्यमा भारी गिरावट आएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने निर्णय कार्यान्वयन भएसँगै सोमबार सुनको भाउ ह्वात्तै घटेको हो ।  आज सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको […]

Nov 25, 2024 - 06:47
 0
केपी ओलीको निर्णयले सुनको भाउ ह्वात्तै घट्यो !

काठमाडौँ । सरकारले सुनको भन्सार महसुल घटाएसँगै मूल्यमा भारी गिरावट आएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने निर्णय कार्यान्वयन भएसँगै सोमबार सुनको भाउ ह्वात्तै घटेको हो । 

आज सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको छ । 

सरकारले गरेको एक निर्णयले सोमबार सुन किन्नेहरुलाई अघिल्लो दिनको तुलनामा तोलामै १५ सय रुपैयाँ फाइदा भएको छ । आइतबार सुनको मूल्य एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, एकै दिन तोलामै  झन्डै १६ हजार रुपैयाँले भाउ घटेपछि मङ्सिर ८ को विवाहका लागि सुन किनेका नव जोडीहरू भने स्तब्ध बनेका छन् । आफ्नो विवाह पनि सकिनु र सुनको भाउ नसोचेको घटेपछि नव विवाहित जोडीहरू स्तब्ध बनेका हुन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register