रवि लामिछानेको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाइयाे

काठमाडौं । सूर्यदर्शन सहकारी अनियमितताको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको एक अधिकृतले जानकारी दिए  । उक्त जाँचपछि उनको मोबाइलबाट डिलिट गरिएका विवरणहरू समेत […]

Oct 27, 2024 - 13:31
 0
रवि लामिछानेको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाइयाे

काठमाडौं । सूर्यदर्शन सहकारी अनियमितताको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको एक अधिकृतले जानकारी दिए  ।

उक्त जाँचपछि उनको मोबाइलबाट डिलिट गरिएका विवरणहरू समेत रिकभर हुनेछ । ‘यसबाट डिलिट भएका इमेलसहितका विवरण पनि रिकभर हुन्छन्, अनुसन्धानका क्रममा केही नयाँ प्रमाण हात पर्नसक्ने भएकाले अनुसन्धानको नियमित प्रक्रिया अन्तरगत नै डीएफएलमा पठाएका हौं’, ती अधिकृतले भने ।

प्रहरीले लामिछानेलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो ।

सूर्यदर्शन सहकारी प्रकरणमा १६ असोज २०८० मा पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register