मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तिहार तथा छठ जस्ता पर्व मर्यादित भएर मनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेको […]

Oct 24, 2024 - 10:55
 0
मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तिहार तथा छठ जस्ता पर्व मर्यादित भएर मनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेको हो ।

त्यस्तै, कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रिवितरण गर्नेजस्ता कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।

‘कानुनले निषेध गरेका यस्ता गतिविधि गरे/गराएमा कानुनबमोजिम कारबाही भइजाने ब्यहोरासमेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register