आइतबार १३.०३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Nov 24, 2024 - 09:35
 0
आइतबार १३.०३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको ६० करोड ८७ लाख ३६ हजार १ सय ५२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register