बिर्तामोडमा मेलमिलापकर्ता प्रशिक्षक प्रशिक्षण तालिम

झापा, ९ मंसिर । झापाको बिर्तामोडमा मेलमिलापकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण सम्बन्धी तालिम उद्घाटन भएको छ । मेलमिलाप परिषद नेपालको आयोजनामा सञ्चालित तालिम आजदेखि शुरु भएको हो । सर्वोच्च अदालतका न्यायाधीश एवं मेलमिलाप परिषदका अध्यक्ष कुमार रेग्मीको प्रमुख आथित्यता तथा परिषदका सचिवालय प्रमुख अर्जुनप्रसाद कोइराला, झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेल, माननीय न्यायाधीशहरु प्रकाश कुमार [...] The post बिर्तामोडमा मेलमिलापकर्ता प्रशिक्षक प्रशिक्षण तालिम appeared first on Jhapa Online.

Nov 24, 2024 - 08:42
 0
बिर्तामोडमा मेलमिलापकर्ता प्रशिक्षक प्रशिक्षण तालिम

झापा, ९ मंसिर । झापाको बिर्तामोडमा मेलमिलापकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण सम्बन्धी तालिम उद्घाटन भएको छ । मेलमिलाप परिषद नेपालको आयोजनामा सञ्चालित तालिम आजदेखि शुरु भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश एवं मेलमिलाप परिषदका अध्यक्ष कुमार रेग्मीको प्रमुख आथित्यता तथा परिषदका सचिवालय प्रमुख अर्जुनप्रसाद कोइराला, झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेल, माननीय न्यायाधीशहरु प्रकाश कुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामीमगर, श्रेस्तेदार किरणकुमार सिंह, बार इकाई झापाका उपाध्यक्ष भीमप्रसाद बराल लगायत परिषदका उपसचिव नवराज दंगालको उपस्थिति रहेको तालिम मिति मंसिर ९ देखि १६ गतेसम्म आठ दिन सञ्चालन हुनेछ ।

प्रमुख अतिथि मेलमिलाप परिषद अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश रेग्मीले यो तालिमले मेलमिलाप प्रशिक्षक स्थानीय स्तरमा उत्पादन हुने र पालिकामा मेलमिलाप कर्तालाई तालिम दिन पालिकाले प्रशिक्षक खोज्नु नपर्ने भनी बताउनुभयो । उहाँले मेलमिलाप विवाद समाधानको वैकल्पिक उत्तम उपाय भएको र मेलमिलाप प्रक्रियाबाट विवाद समाधान भएमा छिटो छरितो एवम् जित जितको अवस्था भई पक्षहरू बीच सामाजिक सम्बन्ध समेत पुनःस्थापित हुने हुँदा मेलमिलापको ठूलो महत्व रहेको बताउनुभयो ।

परिषदका सचिवालय प्रमुख कोइरालाले मेलमिलापकर्तालाई प्रोत्साहित गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम परिषदले गरेको बताउनुभयो भने अदालतका प्रमुख न्यायाधीश लुइँटेलले अदालतको योजनाले समेत मेलमिलापलाई प्राथमिकता दिएको हुँदा तालिम लिएर थप मेलमिलापकर्ता उत्पादन गरी अदालतको मेलमिलाप केन्द्रमा समेत सूचीकृत हुन सहभागीबाट अदालतले अपेक्षा लिएको बताउनुभयो ।

तालिममा झापाका १५ वटै पालिकाबाट मेलमिलापकर्ता २० जना र कानुन र न्यायको क्षेत्रमा काम गरेका ४ जनासहित २४ जनाको सहभागीको रहेको झापा जिल्ला अदालत प्रशासन शाखाका अधिकृत रामचन्द्र बस्नेतले बताउनुभयो । मेलमिलाप विज्ञ डा कुमार आचार्य मुख्य प्रशिक्षक रहनुभएको तालिमको सहजीकरण मेलमिलाप परिषदका शाखा अधिकृत नरेश कार्कीले गर्नु भएको छ।

मेलमिलाप परिषद नेपाल नामक संस्था केन्द्रमा मात्र रहेको र मेलमिलापबाट विवाद समाधान गर्ने कार्यविधिको समग्र पक्षको व्यवस्थापन गर्न र मेलमिलापकर्ताको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने गराउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ को दफा २६ बमोजिम स्थापना भएको संस्था हो।

The post बिर्तामोडमा मेलमिलापकर्ता प्रशिक्षक प्रशिक्षण तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register