न्हू दँया भिंतुना… (तस्वीरहरू)

काठमाडौं । आजदेखि नेपाल संवत् ११४५ सुरु भएको छ । नेपाल संवत् विक्रम संवत् ९३७ बाट सुरु भएको मानिन्छ । खास गरी नेवार समुदायले नेपाल सम्वत्‌लाई ‘न्हू दँया भिंतुना’ भनेर हर्षोल्लासका साथ मनाउँछन् । उनीहरूले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै नेपाल सम्वत्‌लाई बृहत् रूपमा मनाउने गरेका छन् । नेपाल सम्वत्‌का प्रणेता शंखधर शाख्वाःलाई मानिन्छ । […]

Nov 2, 2024 - 08:45
 0
न्हू दँया भिंतुना… (तस्वीरहरू)

काठमाडौं । आजदेखि नेपाल संवत् ११४५ सुरु भएको छ । नेपाल संवत् विक्रम संवत् ९३७ बाट सुरु भएको मानिन्छ ।

खास गरी नेवार समुदायले नेपाल सम्वत्‌लाई ‘न्हू दँया भिंतुना’ भनेर हर्षोल्लासका साथ मनाउँछन् । उनीहरूले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै नेपाल सम्वत्‌लाई बृहत् रूपमा मनाउने गरेका छन् ।

नेपाल सम्वत्‌का प्रणेता शंखधर शाख्वाःलाई मानिन्छ । उनले सबै किसानको ऋण मिनाहा गरिदिएको खुसीयालीमा नेवार समुदायले ‘न्हू दँया भिंतुना’ विशेष रूपमा मनाउन थालेका हुन् ।

नेपाल संवत् ११२९ अर्थात् विक्रम संवत् २०६५ सालदेखि नेपाल सरकारले नेपाल सम्वत्‌लाई राष्ट्रिय सम्वत्‌को मान्यता दिएको हो ।

नेपाल संवत् देशको मौलिक तथा सांस्कृतिक चिनारी पनि हो । नेपाल संवत् र रञ्जना लिपीलाई राजा महेन्द्रले संयुक्त राष्ट्रसंघमा दर्ता गरेर राष्ट्रिय पहिचानको रूपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयास गरेका थिए ।

तस्वीर – गोकर्णेश्वर युवा उपकार क्लबले निकालेको शुभकामना र्‍याली

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register