सामान्य विवादमा चक्कु प्रहारः एक मजदुरको गयो ज्यान

दमौली– तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर […]

Nov 3, 2024 - 00:39
 0
सामान्य विवादमा चक्कु प्रहारः एक मजदुरको गयो ज्यान

दमौली– तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।

व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए ।

प्रहरी निरीक्षक पासवानले भने, ‘सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

यहाँ विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register