अन्तर्राष्ट्रिय उडान दिगो रूपमा सञ्चालन गर्ने मन्त्रीको प्रतिबद्धता

बुटवल । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल दिगो रूपमा सञ्चालनका लागि हरेक महिनाको २ पटक भैरहवा आउने प्रतिबद्धता जनाउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि सरकार जिम्मेवार रहेको पनि बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिवार भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका गरेपछि मन्त्री पाण्डेले […]

Nov 24, 2024 - 02:16
 0
अन्तर्राष्ट्रिय उडान दिगो रूपमा सञ्चालन गर्ने मन्त्रीको प्रतिबद्धता

बुटवल ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल दिगो रूपमा सञ्चालनका लागि हरेक महिनाको २ पटक भैरहवा आउने प्रतिबद्धता जनाउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि सरकार जिम्मेवार रहेको पनि बताउनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिवार भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धतासमेत जनाउनुभयो ।


नेपालकै मध्यभागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनीसमेत नजिकै रहेकाले गौतम बुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेची महाकालीको बिचमा रहेको स्थल, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौं ।’ मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टको संज्ञा दिनुभयो ।

विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनीलगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निर्णय भएको बताउँदै मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसी कार्यान्वयन गरिने दाबी गर्नुभयो ।

गौतम बुद्ध विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको इपिसेन्टर लुम्बिनी आउने बताउनुभयो । विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रूपमा गर्नुपर्ने कामहरूलाई सूचीबद्ध गरेर गर्नेसमेत बताउनु भयो ।

उहाँले भैरहवाको विमानस्थल सञ्चालन हुनेबित्तिकै पोखरा पनि चल्ने बताउनुभयो । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले दु्रतगतिमा काम गर्नुपर्ने सुझाव स्वीकार गर्दै आगामी दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने बताउनुभयो ।


कार्यक्रममा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले विश्वका डेढ अर्ब बढी बुद्धमार्गीहरूको आस्थाको केन्द्रका रूपमा लुम्बिनी रहेकाले बुद्धिस्ट राष्ट्रहरूबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुने बताउनुभयो ।


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र ढकालले सञ्चालन भएको एयरपोर्टलाई चलायमान बनाउन सक्दा पर्यटन प्रवद्र्धन हुने बताउनुभयो । निजी क्षेत्रले विमानस्थल चलाउनका लागि सहुलियत दिएर भए पनि दिगो सञ्चालनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।


यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपार्इंले रुपन्देहीका १६ वटै स्थानीय तहरूसँग समन्वय गरेर विमानस्थल दिगो सञ्चालनका लागि आवश्यक वातावरण बनाउन तयार रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले पनि योगदान गर्ने गरी यात्रुहरूलाई सहुलियत दिने कार्यक्रम ल्याउन जोड दिनुभयो ।


कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले ५ वटा विमान कम्पनीहरूले नियमित उडान गरिरहेको बताउनुभयो । अहिलेसम्म २ हजार ५ सय ९३ यात्रुले आवत–जावत गरेको र ३ हजार २५ यात्रुहरूले ट्राजिन्ट गरेका छन् ।

उक्त अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनीका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, नाट्टा लुम्बिनीका अध्यक्ष जनक थापा, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, ट्राभल व्यवसायी सञ्जय बजिमय, लुम्बिनी होटल व्यवसायी संघका महासचिव पुरूषोत्तम अर्याल सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य, महासचिव कृष्णप्रसाद घिमिरेलगायतले विमानस्थलका अत्यावश्यक कार्यालयहरू स्थापना नभएकाले दिगो सञ्चालनमा आशंका गर्दै मन्त्रीको ध्यानआर्कषण गराएका थिए । गौतम बुद्ध विमानस्थलबाट कार्तिक २३ देखि अन्तर्राष्ट्रिय उडान शुरू भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register