बिहान उठ्दा किन अनुहार सुन्निछ ? कम गर्न अपनाउनुहोस् यी उपाय

एजेन्सी । हामी बिहान उठ्दा अनुहार अप्ठ्यारो भएको हुन्छ । तपाईंले पनि यस्तो महसुस गर्नुभएको होला । कहिलेकाहीँ त यस्तो दिनैभरि हुने गर्छ र अनुहार हेर्दा सुन्निएको जस्तो देखिन्छ । यसलाई फेस पफीनेस भनिन्छ । अनुहारमा हुने डन्डिफोर र दागहरू मेकअपले लुकाउन सकिन्छ तर, अनुहार सुन्निने जस्ता समस्यालाई मेकअपले लुकाउन निकै गाह्रो हुन्छ । अनुहार […]

Nov 9, 2024 - 07:45
 0
बिहान उठ्दा किन अनुहार सुन्निछ ? कम गर्न अपनाउनुहोस् यी उपाय

एजेन्सी । हामी बिहान उठ्दा अनुहार अप्ठ्यारो भएको हुन्छ । तपाईंले पनि यस्तो महसुस गर्नुभएको होला । कहिलेकाहीँ त यस्तो दिनैभरि हुने गर्छ र अनुहार हेर्दा सुन्निएको जस्तो देखिन्छ । यसलाई फेस पफीनेस भनिन्छ ।

अनुहारमा हुने डन्डिफोर र दागहरू मेकअपले लुकाउन सकिन्छ तर, अनुहार सुन्निने जस्ता समस्यालाई मेकअपले लुकाउन निकै गाह्रो हुन्छ ।

अनुहार सुन्निएका धेरै कारणहरू हुन सक्छ, जसमा अत्यधिक सोडियमयुक्त खाना, सुत्ने समयमा कमी हुनु, थकान महसुस हुनु आदि समावेश छन् । तनावका कारण पनि अनुहार सुन्निने समस्या हुन्छ ।

उच्च कोर्टिसोल हर्मोन स्तरको कारण शरीरमा पानी जम्मा हुन्छ । यसले रक्तचाप बढाउँछ, जसका कारण अनुहार सुन्निन थाल्छ । यसबाट आँखाको तल्लो भाग पनि सुन्निएको देखिन थाल्छ । यस अवस्थामा फेस पफीनेस कम गर्नका लागि केही सजिला उपाय अपनाउन सकिन्छ ।

खानामा परिवर्तन

फेस पफीनेस कम गर्नको लागि लो साल्ट डाइट अर्थात् कम नुन भएको खाना अपनाउनुहोस् । यसका लागि प्रोसेस्ड र प्याकेज्ड फूडबाट सकेसम्म नखानुहोस् ।

एलोवेरा प्रयोग

एलोवेरा छालासम्बन्धी धेरै समस्यामा लाभकारी हुन्छ । पफीनेसबाट छुटकारा पाउनका लागि छालामा एलोवेरा कुनै पनि रूपमा लगाउनुहोस् । यसले अनुहारलाई चिसो दिन्छ, अनुहारलाई हाइड्रेट राख्छ, सुन्निएको कम गर्छ र फ्लूइड रिटेन्सन कम गर्छ ।

कोल्ड कम्प्रेस

काँक्रोका गोलो आकारमा काटेर अनुहारमा राख्नुहोस् वा आइस प्याक राख्नुहोस् । काँक्रोमा रहेको सिलिका छालाको इलास्टिसिटी सुधार गर्न मद्दत गर्छ ।

फेसियल मसाज

यसबाट छिटो पफीनेस कम हुन्छ । अनुहारको केन्द्रबाट बाहिरतर्फ फेसियल मसाज गर्नुहोस्, यसले अनुहारको लिम्फेटिक ड्रेनेज सुधार गर्छ, जम्मा भएको पानी कम गर्छ र पफीनेस कम गर्छ ।

सक्रिय रहनु

अत्यधिक समयसम्म निष्क्रिय रहनु, पर्याप्त निद्रा नपाउनु वा धेरै सुत्नुका कारण पनि अनुहार सुन्निने गर्छ । बढी समयसम्म चल्न नपाउँदा, पानी कोशिकामा जम्मा हुन्छ । यस अवस्थामा व्यायाम, योग र मेडिटेसन गर्नुबाट रक्तसञ्चारमा सुधार हुन्छ र फेस पफीनेसको समस्या हट्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register