मस्कोमा युक्रेनको ‘घातक’ ड्रोन आक्रमण, ३४ वटा खसालेको रुसको दाबी

गत सेप्टेम्बरमा मस्को नजिकै व्यापकरूपमा भएको अर्को ठूलो ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको थियो । द्वन्द्व सुरु भएयता राजधानीनजिकै युक्रेनी आक्रमणमा मृत्यु भएको त्यो पहिलो घटना थियो ।

Nov 11, 2024 - 03:04
 0
मस्कोमा युक्रेनको ‘घातक’ ड्रोन आक्रमण, ३४ वटा खसालेको रुसको दाबी

मस्को । युक्रेनले रुसको राजधानी मस्कोमा ड्रोन आक्रमण गरेको छ । यस आक्रमणलाई रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेयताको सबैभन्दा घातक आक्रमण भनेको छ ।

यसैबीच रुसले युक्रेनद्वारा प्रहार भएका ३४ वटा ड्रोन आफ्नो हवाई रक्षा प्रणालीले खसालिदिएको बताएको छ ।

मस्कोका तीनवटा विमानस्थल अस्थायी रुपमा बन्द गर्न बाध्य पारिएको उक्त आक्रमणमा ५२ वर्षीया एक महिला घाइते हुनुका साथै मस्को क्षेत्रको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको अधिकारीहरूले बताएका छन् ।

युद्धमा युक्रेनको राजधानी किएभमा रुसकाे तर्फबाट व्यापक ड्रोन र क्षेप्यास्त्र आक्रमण हुने गरेको भए पनि मस्कोमा भने कम आक्रमण हुने गरेको छ ।

युक्रेनी ड्रोनलाई ग्रीनविच समय अनुसार ४ देखि ७ बीचमा ६ वटा क्षेत्रमा खसालेको रुसको हवाई रक्षा मन्त्रालयले जनाएको छ ।

मस्को क्षेत्रमा ३४ र ब्रायन्स्क, ओर्लोभ, कालुगा, तुला र कुस्र्कमा पनि सोही सङ्ख्यामा ड्रोन आक्रमण भएको रुसले पुष्टि गरेको छ ।

मस्को क्षेत्रका स्थानीय अधिकारीले रामेन्सकोय, कोलोम्ना र डोमोडेडोभो क्षेत्रमा ड्रोन खसालेको बताएका छन् ।

रुसी सञ्चारमाध्यमले अनलाइनमा सार्वजनिक गरेको भिडियोमा रामेन्सकोय जिल्लामा रहेको एक घरमा आगो लागेको देखिएको छ ।

गत सेप्टेम्बरमा मस्को नजिकै व्यापकरूपमा भएको अर्को ठूलो ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको थियो । द्वन्द्व सुरु भएयता राजधानीनजिकै युक्रेनी आक्रमणमा मृत्यु भएको त्यो पहिलो घटना थियो ।

सन् २०२३ को मे महिनामा क्रेमलिन नजिकै दुईवटा ड्रोन नष्ट गरिएको थियो भने सोही वर्ष मस्को सिटीको व्यापारिक क्षेत्रमा थुप्रै ड्रोन आक्रमण भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register