प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाँदै

काठमाडौं । आगामी डिसेम्बरका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि त्यसको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा बेइजिङ जाने भएकी छिन् । औपचारिक घोषणा हुन बाँकी रहेको प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि उनका चिनियाँ समकक्षी ली छ्याङले १७ देखि २१ मंसिरसम्मको कार्यतालिका बनाएर पाँचदिने औपचारिक भ्रमणको निम्तो पठाइसकेका छन् । सोही भ्रमणको […]

Nov 13, 2024 - 03:11
 0
प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाँदै

काठमाडौं । आगामी डिसेम्बरका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि त्यसको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा बेइजिङ जाने भएकी छिन् ।

औपचारिक घोषणा हुन बाँकी रहेको प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि उनका चिनियाँ समकक्षी ली छ्याङले १७ देखि २१ मंसिरसम्मको कार्यतालिका बनाएर पाँचदिने औपचारिक भ्रमणको निम्तो पठाइसकेका छन् ।

सोही भ्रमणको तयारीका लागि १४ मंसिरमा परराष्ट्रमन्त्री राणा चीनको भ्रमणमा जाने भएकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले समकक्षी वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका अन्य वरिष्ठ अधिकारी र नेताहरूसँग भेट्ने कार्यक्रम छ । त्यसपछि उनी बेइजिङ पुगेर प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।

चिनियाँ पक्षले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि यसअघि नै निमन्त्रणा दिएको थियो । सोमबार मात्रै चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री राणालाई सिंहदरबारमा भेटेर निमन्त्रणा दिएका हुन् । त्यसअघि परराष्ट्रमन्त्री राणाले चिनियाँ समकक्षी वाङबाट सेप्टेम्बरमा न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्र महासभाको साइडलाइन भेटमा पनि निमन्त्रणा पाएकी थिइन् ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)को दुईदलीय राजनीतिक संयन्त्रले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वतयारी गर्ने जिम्मेवारी परराष्ट्रमन्त्री राणालाई नै दिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register