अमेरिकन डलर साटिदिने भन्दै ९ लाख ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अमेरिकन डलर साटिदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ धार्पा घर भएका २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्ण लाल पाईन रहेका छन् । अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा बोलाई […]

Nov 13, 2024 - 11:47
 0
अमेरिकन डलर साटिदिने भन्दै ९ लाख ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अमेरिकन डलर साटिदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ धार्पा घर भएका २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्ण लाल पाईन रहेका छन् ।

अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा बोलाई रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

रकम ठगी गर्ने उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले कार्तिक २८ गते गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

हाल उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register