दोहोरो अंकले बढ्यो सेयर बजार, यी पाँच कम्पनीले कमाए धेरै 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर २७४८ दशमलव ७८ को विन्दुमा पुगेको छ । बिहीबार ३२१ कम्पनीका एक लाख १ हजार ५ सय ४५ पटकको कारोबारमा २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको […]

Nov 14, 2024 - 09:35
 0
दोहोरो अंकले बढ्यो सेयर बजार, यी पाँच कम्पनीले कमाए धेरै 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर २७४८ दशमलव ७८ को विन्दुमा पुगेको छ ।

बिहीबार ३२१ कम्पनीका एक लाख १ हजार ५ सय ४५ पटकको कारोबारमा २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

१५९ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ ।

आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसै गरी, आज जानकी फाइनान्स, नगदी ग्रुप, समृद्धि फाइनान्स, नेपाल फाइनान्स र पीपुल्स हाइड्रोपावर कम्पनीहरूको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register