नेपाल हाइड्रो डेभलपर्सद्वारा लाभांश घोषणा

काठमाडौँ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट आफ्ना सेयरधनीका लागि ८ . ४२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित […]

Dec 15, 2024 - 11:59
 0
नेपाल हाइड्रो डेभलपर्सद्वारा लाभांश घोषणा

काठमाडौँ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट आफ्ना सेयरधनीका लागि ८ . ४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन् ।

लाभांश पारित गर्नका लागि नेपाल हाइड्रो डेभलपर्सले पुस २५ गते साधारणसभा बोलाएको छ । सभा लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register