लन्डनमा कर्मचारी र क्रिकेट खेलाडीलाई माया अवार्डस्

  लन्डन । लन्डनमा नेपाली व्यवसायीद्वारा सञ्चालित ‘माया सपोर्टेड लिभिङ लि.’ ले आफ्ना कर्मचारी तथा क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ । शुक्रबार लन्डनस्थित हन्स्लो वेष्ट ब्याङक्यूटिङ हलमा आयोजित ‘माया गाला डिनर तथा अवार्डस् नाइट’ समारोहमा कम्पनीले अवार्ड प्रदान गरेको हो । माया सपोर्टेड स्टाफ अवार्ड अन्तर्गत ब्रिङ बिगिनर्स अफ द इयर अवार्ड नाओमी चेरोप, […]

Dec 14, 2024 - 17:50
 0
लन्डनमा कर्मचारी र क्रिकेट खेलाडीलाई माया अवार्डस्

 

लन्डन । लन्डनमा नेपाली व्यवसायीद्वारा सञ्चालित ‘माया सपोर्टेड लिभिङ लि.’ ले आफ्ना कर्मचारी तथा क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ ।

शुक्रबार लन्डनस्थित हन्स्लो वेष्ट ब्याङक्यूटिङ हलमा आयोजित ‘माया गाला डिनर तथा अवार्डस् नाइट’ समारोहमा कम्पनीले अवार्ड प्रदान गरेको हो ।

माया सपोर्टेड स्टाफ अवार्ड अन्तर्गत ब्रिङ बिगिनर्स अफ द इयर अवार्ड नाओमी चेरोप, साइनिङ स्टार अफ द इयर सिता भण्डारी, स्पेशल रिकग्निसन अफ द इयर सुजाता बलामी, अफिस जेनिअस अफ द इयर आशिषबाबु भट्ट र इम्प्लोइ अफ द इयर अवार्ड सुजिता बजगाईंले पाए ।

त्यसैगरि, माया क्रिकेट क्लवका खेलाडीलाई पनि सम्मान गरिएको छ । त्यस अन्तर्गत वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे । सरप्राइज अफ द इयर अवार्ड आशिष कुर्मीले पाए ।

सो अवसरमा माया सपोर्टेड लिभिङमा ५ वर्ष काम गरिसकेका कर्मचारीहरुलाई पनि विशेष सम्मान गरियो ।

सम्मानित हुनेहरुमा लेखनाथ घिमिरे (चिफ अकाउन्टेन्ट तथा मेन्टर), हरि भट्ट (आइटी एण्ड मेन्टर), मार्गरेट थम्पसन, रोजन कार्की, सुदीप ढकाल, सुजिता बजगाईं र सुधा अधिकारी पौडेल छन् ।

प्रमुख अतिथी रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले अवार्ड प्रदान गरे । मन्तव्यका क्रममा मेयर रानाभाटले नेपाली दम्पत्ति राज पाण्डे र रक्षा थापाको माया सपोर्टेड लिभिङले गरेको प्रगति गर्वलायक भएको उल्लेख 
गर्दै कम्पनीले रोजगारीसहित स्थानीय तहमा स्वास्थ्य सेवा प्रदान गरेर सरहानीय कार्य गरिरहेको बताए । मेयर रानाभाटले कम्पनीको थप सफलताको कामना गर्दै अवार्ड विजेताहरुलाई बधाइ पनि दिए ।

माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी, प्रायोजक, अतिथीहरु लगायत सबैप्रति आभार व्यक्त गरेका छन् । उनले ट्रफी डिजाइनमा सहयोग गरेका माया ब्राण्ड एम्बेसडर तथा कर्णाली याक्सका कोचप्रति पनि कृतज्ञता व्यक्त गरे ।

आफ्नो कम्पनी स्थापनाको ६ वर्ष पुरा हुंदा कर्मचारीको पूर्ण साथबाट नै सफलता मिलेको पनि बताए ।

माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स, नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, ह्याम्सटेड इयर क्लिनिक, क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन् ।

कार्यक्रममा कम्पनीका कर्मचारी, कर्पोरेट व्यक्तित्व र मायाका सरोकारवालाहरु अतिथीका रुपमा सहभागी थिए । बर्नमथ युनिभर्सिटीका प्राध्यापक इड्वीन रोल्याण्ड भान तेइजिलिङगेन र डा. प्रमोद रेग्मी पनि परिवारसहित सहभागी थिए । मायाले प्रमुख अतिथी र अतिथीहरुलाई ढाका टोपी र दोसल्लाले स्वागत गरेको थियो ।

क्रिसमस र अंग्रेजी नयां वर्ष समेत मनाइएको उक्त इभेन्टमा डिजे हेम विष्टले राती अबेरसम्म नचाए ।

फेबुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ‘सपोर्ट’ गर्छ ।

तस्विरहरुः कुशल श्रेष्ठ/ के के फिल्मस् एण्ड मिडिया

व्यवसायिक सफलता चुमिरहेका दम्पत्ति राज पाण्डे र रक्षा थापा

 

प्रमुख अतिथी रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register