गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । उनीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस लिएको र कुरा लुकाएको आरोप लागेको छ । बुधबार न्यूओर्कमा दायर गरिएको आपराधिक मुद्दा भारतका सबैभन्दा धनी व्यक्तिमध्ये एक ६२ वर्षीय अडानीका लागि ठूलो धक्का हो । अडानीको व्यापारिक साम्राज्य बन्दरगाह […]

Nov 21, 2024 - 05:35
 0
गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ ।

उनीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस लिएको र कुरा लुकाएको आरोप लागेको छ ।

बुधबार न्यूओर्कमा दायर गरिएको आपराधिक मुद्दा भारतका सबैभन्दा धनी व्यक्तिमध्ये एक ६२ वर्षीय अडानीका लागि ठूलो धक्का हो ।

अडानीको व्यापारिक साम्राज्य बन्दरगाह र विमानस्थलदेखि ऊर्जा क्षेत्रसम्म फैलिएको छ ।

अमेरिकी अभियोजकहरूले अडानी र उनको कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूले आफ्नो नवीकरणीय ऊर्जा कम्पनीको लागि ठेक्का लिन भारतीय अधिकारीहरूलाई भुक्तानी गर्न सहमत भएको आरोप लगाएका छन् ।

यस सम्झौताबाट कम्पनीले आगामी २० वर्षमा दुई अर्ब डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो । अडानी समूहले यस विषयमा टिप्पणीको लागि अनुरोधलाई अझै प्रतिक्रिया दिएको छैन ।

अडानी समूह सन् २०२३ देखि अमेरिकामा शंकाको घेरामा छ । गत वर्ष हिन्डनबर्ग नामको कम्पनीले अडानीमाथि ठगीको आरोप लगाएको थियो ।

अडानीले आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका थिए तर, त्यो समाचार बाहिर आएपछि अडानी समूहका कम्पनीको शेयरमा भारी गिरावट आएको थियो ।

यो घुसखोरी अनुसन्धानको खबर पनि केही महिनादेखि आइरहेको थियो । अभियोजकहरूले यस मुद्दाको अनुसन्धान सन् २०२२ मा नै सुरु भएको बताएका छन् ।

उनीहरूका प्रबन्धकले ऋण र ऋणपत्रको रूपमा तीन अर्ब डलर उठाएको आरोप छ । यसमा अमेरिकी फर्मबाट पनि केही रकम उठाइएको थियो । घुसखोरी विरोधी नीतिविरूद्ध भ्रामक अभिव्यक्ति दिएर यो रकम उठाइएको आरोप छ ।

न्यूओर्कको पूर्वी जिल्लाका अधिवक्ता ब्रायन पीसले भने, ”कथित रूपमा प्रतिवादीहरूले भारतीय सरकारी अधिकारीहरूलाई अर्बौं डलरको सम्झौता र घुसखोरी योजना प्राप्त गर्नको लागि गोप्य योजना बनाए ।”

पिस थप भन्छन्, ‘मेरो कार्यालय अन्तर्राष्ट्रिय बजारमा भ्रष्टाचारलाई जरैदेखि उखेल्न प्रतिबद्ध छ । यसबाहेक हाम्रो वित्तीय बजारको विश्वसनीयताको मूल्यमा आफूलाई समृद्ध बनाउन चाहनेहरूबाट लगानीकर्ताहरू सुरक्षित हुनुपर्छ ।’

घुस योजनालाई अगाडि बढाउन अडानी आफैंले धेरै पटक सरकारी अधिकारीहरूसँग भेट गरेको अधिकारीहरूले बताएका छन् ।

अडानीबाहेक अन्य सात जना व्यक्तिविरूद्ध अमेरिकी न्यायाधिवक्ताको कार्यालयले मुद्दा दायर गरेको छ । जसमा ​​सागर आर अडानी, विनीत एस जैन, रंजित गुप्ता, रूपेश अग्रवाल, दीपक मल्होत्रा, सौरभ अग्रवाल र सिरिल क्याबनेज छन् ।

अडानीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । भारतका विपक्षी दलहरूले लामो समयदेखि राजनीतिक सम्बन्धका कारण अडानीलाई फाइदा भएको आरोप लगाउँदै आएका छन् । तर, अडानीले यी आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register