शैक्षिक सुधारका लागि शिक्षक संगठनको नगर प्रमुखलाई ध्यानाकर्षण

शिवसताक्षी, ३० कात्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले शिवसताक्षी नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिवसताक्षी नगर भित्रका शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठनका शिवसताक्षी अध्यक्ष रमेशकुमार दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिवालय सदस्य बेनुप्रसाद कार्कीलगायत शिक्षक संगठनका [...] The post शैक्षिक सुधारका लागि शिक्षक संगठनको नगर प्रमुखलाई ध्यानाकर्षण appeared first on Jhapa Online.

Nov 15, 2024 - 14:24
 0
शैक्षिक सुधारका लागि शिक्षक संगठनको नगर प्रमुखलाई ध्यानाकर्षण

शिवसताक्षी, ३० कात्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले शिवसताक्षी नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिवसताक्षी नगर भित्रका शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका शिवसताक्षी अध्यक्ष रमेशकुमार दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिवालय सदस्य बेनुप्रसाद कार्कीलगायत शिक्षक संगठनका पदाधिकारीहरुसहितको टोलीले नगर प्रमुख मेगाहाङ थोप्रालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

शिवसताक्षी नगरपालिकाका सामुदायिक विद्यालयमा देखिएका विभिन्न समस्याहरूको समाधान गरी शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विभिन्न समयमा नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले विगतमा पनि पटकपटक आवाज उठाउँदै र सहकार्य गर्दै आएको नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीका अध्यक्ष रमेशकुमार दाहालले बताए । उनले सामुदायिक विद्यालयका तपसिलका समस्याहरू तत्काल समाधान गर्नका लागि संगठन कटिबद्ध भएर लाग्ने र स्थानीयतह सँग माग समेत गरिएको जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा दरबन्दी कम भएका विद्यालयहरुमा दरबन्दी मिलानको प्रव्रिmया अघि बढाई शिक्षण कार्यमा सहजता प्रदान गर्नु पर्ने, नगर शिक्षा ऐन र त्यसका आधारमा नियमावलीसमेत बनिसकेको हँुदा कार्यविधि बनाई तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने, विद्यालयको निरीक्षण गरी विद्यालयहरुको भौतिक पक्ष (विद्यालय भवन, विद्यालय भवनको छानो, सिलिङ, शौचालय, डेक्सबेन्च)को प्राथमिकताको व्रmममा बजेटको व्यवस्थापन गरी निर्माण तथा मर्मत गर्नु पर्ने, सबै विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्नु बुँदाहरु उल्लेख गरिएका छन् ।

त्यस्तै विद्यालय सञ्चालन अनुदान नियमित रुपमा पठाउने कार्य गर्नु पर्ने । स्थानीय पाठ्यव्रmमसमेत निर्माण भइसकेको हँुदा सो पाठ्यव्रmमका आधारमा कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक लेखन तथा छपाइ गरी शैक्षिक वर्ष २०८२ को सुरुमा नै पाठ्यपुस्तक विद्यार्थीका हातमा पु¥याई स्थानीय पाठ्यव्रmमलाई कार्यान्वयनमा ल्याउनु पर्ने, सबै विद्यालयमा फोटोकपिसहितको प्रिन्टर तथा कम्तिमा एक कम्प्युटरको व्यवस्थापन गरी दक्ष जनशक्तिको व्यवस्थापन गर्नु पर्ने, विद्यालयको शैक्षिक कार्यकलापहरुको नियमित अनुगमन गरी आवश्यक पृष्ठपोषण प्रदान गर्नु पर्ने, विद्यालयमा जोडिएका तर बिग्रिएका विद्युतीय हाजिरीको तत्काल मर्मत गरी त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्ने माग गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिवालय सदस्य बेनुप्रसाद कार्कीले बताए ।

सुत्केरी तथा लामो बिदा बस्ने शिक्षकको स्थानमा वैकल्पिक शिक्षकको व्यवस्था गर्नु पर्ने, आ.व. २०८१ / ०८२ को बजेटमा शिक्षकहरुको मासिक तलबको व्यवस्था गर्ने भन्ने उल्लेख भएको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव स्रोत विकास केन्द्रले समेत मासिक तलबको व्यवस्था गर्ने सम्बन्धमा परिपत्र जारी गरिसकेको हँुदा सोको अविलम्ब कार्यान्वयन ल्याउनु पर्ने, सामुदायिक विद्यालयमा रहेका विद्यालय कर्मचारी तथा बालशिक्षकहरुको समयानुकुल सेवा सुविधामा वृद्धि गर्दै सामुदायिक विद्यालयका अवकासप्राप्त विद्यालय कर्मचारीहरुलाई पूर्व सहमतिअनुसार दिने भनिएको आर्थिक प्याकेज अविलम्ब उपलब्ध गराउनु पर्ने माग गरी ज्ञपान पात्र बुझाएको नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ ।

नगर भित्रका सामुदायिक विद्यालय सुधारका लागि शिक्षकहरुबाटै कुरा आउनु सकारात्मक रहेको भन्दै नगर प्रमुख थोप्राले नगरपालिका, नगर शिक्षा, नगरका विद्यालयहरुका शिक्षकहरुलगायत बुद्धिजिवी सबैको साथ सहयोगमा नगरले विद्यालय सुधारका लागि काम गर्दै आएकाले शिक्षक संगठनले उठाएका विषयलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षा सुधारका लागि स्मार्ट विद्यालयको अवधारणामा ९ सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि कामहरु गर्दै आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

The post शैक्षिक सुधारका लागि शिक्षक संगठनको नगर प्रमुखलाई ध्यानाकर्षण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register