लन्डनमा योमरी बनाउने र खाने प्रतिस्पर्धा

लन्डन- सांस्कृतिक पर्व योमरी पुन्ही बेलायतको नेवारी समुदायले पनि मनाएको छ । पासा पुचः गुथि साउथ इष्ट लन्डनको आयोजनामा आइतबार लन्डन प्लमस्टिडमा एक कार्यक्रमका साथ योमरी पुन्ही मनाइयो । शाखा अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आकर्षण योमरी बनाउने र खाने प्रतिस्पर्धा थियो । कार्यक्रमस्थलमा सबैका सामु निर्धारित समयभित्र योमरी बनाउने प्रतिस्पर्धामा अग्नी श्रेष्ठ […]

Dec 16, 2024 - 12:42
 0
लन्डनमा योमरी बनाउने र खाने प्रतिस्पर्धा

लन्डन- सांस्कृतिक पर्व योमरी पुन्ही बेलायतको नेवारी समुदायले पनि मनाएको छ । पासा पुचः गुथि साउथ इष्ट लन्डनको आयोजनामा आइतबार लन्डन प्लमस्टिडमा एक कार्यक्रमका साथ योमरी पुन्ही मनाइयो ।

शाखा अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आकर्षण योमरी बनाउने र खाने प्रतिस्पर्धा थियो ।

कार्यक्रमस्थलमा सबैका सामु निर्धारित समयभित्र योमरी बनाउने प्रतिस्पर्धामा अग्नी श्रेष्ठ विजेता बनिन् । १० जनाले प्रतिस्पर्धा गरेकोमा दिपिका सुवाल दोस्रो र सत्य प्रजापति तेस्रो बन्न सफल भए ।

कार्यक्रमका सबै सहभागीको एक एक तथा तीन जना निर्णायकले दिएको १० मतका आधारमा विजेता छनोट गरिएको थियो ।

त्यस्तै, ६ जनाले प्रतिस्पर्धा गरेको योमरी खाने प्रतियोगितामा भगवान श्रेष्ठ प्रथम भए ।

विजेताहरुलाई संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठ र संस्थापक अध्यक्ष कुमार श्रेष्ठले पुरस्कार वितरण गरे ।

कार्यक्रममा मनोरञ्जनका लागि नगद पुरस्कारसहित बिंगो पनि खेलाइएको थियो। जसमा प्रथम पुरस्कार सजेश श्रेष्ठले जिते।

त्यस अवसरमा सहभागीलाई योमरीका साथ नेवारी तथा नेपाली परिकारहरु पनि खुवाइएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा स्थानीय रोयल ग्रीनवीच बरोका मेयर जीत रानाभाट सहभागी भरका थिए भने श्रीचन्द्र गुरुङ , विनोद ज्ञवाली, पण्डित आनन्द लोहनीसहित स्थानीय गैरनेवार समुदायका कयौं अतिथिहरुको पनि उपस्थिति थियो ।

आयोजक शाखा अध्यक्ष माधवलाल श्रेष्ठले कार्यक्रमलाई सफल पार्ने संस्थाका सबै सदस्य, कार्यसमिति तथा अतिथि एवम् सहभागी सबैलाई धनयवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन संस्थाका सचिव नगेन्द्र श्रेष्ठले गरेका थिए ।

पासा पुचः गुथिको साउथ इष्ट लन्डन शाखाले हरेक वर्ष विशेष कार्यक्रमसहित योमरी पुन्ही मनाउँदै आएको छ । योमरी बनाउने र खाने प्रतिस्पर्धाका कारण कार्यक्रम स्थानीय नेवार तथा गैरनेवार समुदायमा समेत आकर्षण बन्न सफल भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register