कर्जाको माग साह्रै कम हुँदा बैंकहरुलाई तरलता व्यवस्थापनमा सकस, राष्ट्र बैंकले फेरी ५० अर्ब तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरी ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट आज (आइतबार) ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल […]

Nov 17, 2024 - 07:59
 0
कर्जाको माग साह्रै कम हुँदा बैंकहरुलाई तरलता व्यवस्थापनमा सकस, राष्ट्र बैंकले फेरी ५० अर्ब तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरी ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट आज (आइतबार) ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि बैंकिङ प्रणालीबाट तरलता तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् ।

अहिले बैंक तथा वित्तीय संस्थामा डिपोजिट बढिरहे पनि कर्जा विस्तार बढ्न नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिरहेको छ । प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register