बुधबार ५.६० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १४ कम्पनीको ८१ लाख ४७ हजार ३ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स […]

Dec 18, 2024 - 09:31
 0
बुधबार ५.६० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १४ कम्पनीको ८१ लाख ४७ हजार ३ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड ५९ लाख २३ हजार २ सय ८६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register