कुञ्ज नाटकघरमा नाटक ‘यशस्वी भवः’ (तस्वीरहरु)

सद्भाव थिएटर नेपाल र पिक प्वाइन्ट एजुकेशन नेटवर्कको सहकार्यमा तयार भएको नाटकको कुञ्ज नाटकघर, थापागाउँमा मञ्चन सुरु भएको हो

Dec 18, 2024 - 11:03
 0
कुञ्ज नाटकघरमा नाटक ‘यशस्वी भवः’ (तस्वीरहरु)

काठमाडौं। रंगकर्मी तथा नाटककार राम के. एसीको लेखन र निर्देशनमा तयार भएको नाटक ‘यशस्वी भवः’ को पुस ३ गतेदेखि मञ्चन सुरु भएको छ। सद्भाव थिएटर नेपाल र पिक प्वाइन्ट एजुकेशन नेटवर्कको सहकार्यमा तयार भएको नाटकको कुञ्ज नाटकघर, थापागाउँमा मञ्चन सुरु भएको हो।

मानवीय चेतनाको पतन र आधुनिकताले निम्त्याएको सामाजिक अन्योललाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘यशस्वी भवः’ ले आधुनिकताको तीव्र गतिले मानिसमा कर्तव्य र अधिकारप्रति अन्योल बढ्दै गएको र साक्षरताको आँकडा मात्र वृद्धि भए पनि चेतनाको अभाव देखिएको कथालाई उजागर गर्ने प्रयास गरेको छ।

नाटकमा मानवीय सम्बन्धहरूमा झूट, भ्रम र आत्मकेन्द्रित व्यवहारले सामाजिक संरचना खल्बलिएको चित्रण गरिएको छ। यसले दर्शकलाई आत्मचिन्तन गर्न र चेतनाको जागरणतर्फ फर्किन प्रेरित गर्ने गहिरो सन्देश दिएको छ।

पुस ६ गतेसम्म हरेक दिन बिहान ११ बजे र बेलुकी ४ बजे मञ्चन हुने नाटकमा रेशिका श्रेष्ठ, मनसुन फुयाल, स‌द्भावना थापा, एन्जल श्रेष्ठ, मञ्जरी श्रेष्ठ, सदिक्षा श्रेष्ठ, दिपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, मेरिशा श्रेष्ठ, रवानी गजमेर र राजन रानामगरले अभिनय गरेका छन्।

तस्वीरहरु:-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register