माईजोगमाई गाउँपालिका जहाँ छन् यस्ता प्रतिमा

रोसन काफ्लेइलामको सुदुर पूर्वमा पर्छ माईजोगमाई गाउँपालिका । माई खोला र जोगमाई खोला बिचमा पर्छ माईजोगमाई गाउँपालिका । साविकको प्याङ, जोगमाई, सोयाङ, नयाँबजार र नामसालिङ गाविसलाई समेटेर माईजोगमाई गाउँपालिका बनेको छ । ईजोगमाई गाउँपालिकाभित्र ६ वटा वडाहरु छन् । माईजोगमाई गाउपालिका भित्र शेर्पा, राई, क्षेत्री, बाहुन, मगर, लोपोन्मुख लाप्चा, थामी, पहरी जस्ता जातजातिको बसोबास रहेको [...] The post माईजोगमाई गाउँपालिका जहाँ छन् यस्ता प्रतिमा appeared first on Jhapa Online.

Nov 18, 2024 - 02:48
 0
माईजोगमाई गाउँपालिका जहाँ छन् यस्ता प्रतिमा

रोसन काफ्ले
इलामको सुदुर पूर्वमा पर्छ माईजोगमाई गाउँपालिका । माई खोला र जोगमाई खोला बिचमा पर्छ माईजोगमाई गाउँपालिका । साविकको प्याङ, जोगमाई, सोयाङ, नयाँबजार र नामसालिङ गाविसलाई समेटेर माईजोगमाई गाउँपालिका बनेको छ ।

ईजोगमाई गाउँपालिकाभित्र ६ वटा वडाहरु छन् । माईजोगमाई गाउपालिका भित्र शेर्पा, राई, क्षेत्री, बाहुन, मगर, लोपोन्मुख लाप्चा, थामी, पहरी जस्ता जातजातिको बसोबास रहेको छ । यो क्षेत्रको कुल जनसंख्या १९ हजार १३१ रहेको छ भने १५६.०१ वर्ग किलोमीटर क्षेत्रफल समेटेको छ ।

यहाँ नरिवल फल्नेदेखि हिउँ खेल्नेसम्मको ठाउँ छन् । यहाँ आ–आफ्नै धार्मिक, जातीय विशेषता छ । यो ठाउँमा पछिल्लो समय धेरै मूर्तिहरु स्थापना भएका छन । ती मध्ये केहिको हामी चर्चा गर्नेछौ ।

बालागुरुको प्रतिमा
माईजोगमाई गाउँपालिका भरी विभिन्न सामाजिक, धार्मिक, जातजाति साथै विश्वबाट लोपोन्मुख हाब्रे (रेडपाण्डा) को प्रतिमाहरु रहेको छ । विं.स २०११ सालमा नयाँबजारलाई बजार बसाउन, फिक्कल नयाँबजार बाटो अन्तर्गत जोगमाई खोलाको पुल, विद्यालयहरु, उत्तरे पोखरी शिव मन्दिर लगायतका नयाँबजार बासीहरुलाई सहज बनाउन महत्वपूर्ण योगदान दिएका सन्त श्री बालागुरुको प्रतिमा नयाँबजार शिव मन्दिर नजिकै रहेको छ ।

नयाँबजारबासीको धरोहरको रुपमा रहेका बालागुरुलाई सबैले पुज्ने गरेका छन् । विशेषगरी बालाचतुर्दशीको दिन बालागुरुको प्रतिमालाई पुज्ने मन्दिरको भाकल पूरा गर्ने गरेका छन् ।

गणेशको प्रतिमा
माईजोगमाइको माथिल्लो बजारको सिरानमा दुर्गा मन्दिर परिसर छ । त्यही मन्दिरको प्राङ्गणमा नेपालकै सम्भवत अग्लो गणेशको प्रतिमा रहेको छ । गत वर्ष करिब १५ लाख भन्दा बढिको लागतमा नयाँबजारका स्थानीयबासी मुकेश भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा उक्त प्रतिमा स्थापना गरे । उक्त मूर्ती बनेसँगै नयाँबजार थप सुन्दर बनेको छ । उक्त मूर्ती बनेसँगै पर्यटन प्रवर्द्धनमा समेत थप सहयोग पुगेको छ ।

राजा यलम्बरको प्रतिमा
बालागुरुकै छेवैमा रहेको छ किरातहरुको थान, उक्त थानमा किरातहरुको प्रथम राजा यलम्बर घोडामा चढेको प्रतिमा पहिलो स्थानिय सरकारले २०७८ सालमा स्थापना गरेको हो । नेपालमै एकमात्र यलम्बर राजा धनुकाड बोकेर घोडामा चढेको प्रतिमा रहेको माईजोगमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष जितबहादुर राई बताउछन । यो प्रतिमा बनाए सँगै यो ठाउँमाको विशेषता झनै बढेको छ ।

रेडपाण्डाको प्रतिमा
नयाँबजारको बीचमा रहेको छ विश्वबाट लोपोन्मुख हाब्रे अर्थात रेडपाण्डाको प्रतिमा । माईजोगमाईको माथिल्लो लेकाली भेगहरुमा रेडपाण्डा पाइन्छ । पछिल्लो समय स्थानीय सरकारले संरक्षण गरेको रेडपाण्डा थुम्के, जोगमाईको माथिल्लो क्षेत्र , जौवारी आशपास भेटिने गरेको छ । रेडपाण्डाको पहिचान साथै पालिकाको लेटरप्याडमा समेत लोपोन्मुख हाब्रेको तस्वीर अंकित छ । यो प्रतिमा राखे सँगै यो क्षेत्रको प्रचार रेडपाण्डाले समेत गरेको छ भने पर्यटन प्रवर्द्धनमा झनै सेवा पुगेको छ ।

साङछोलिङ्ग गुम्बा
नयाँबजार बाट करिव १ किलोमीटर पूर्वमा रहेको छ उक्त गुम्बा । यो गुम्बा धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको छ । यो गुम्बा २०७२ सालको भुकम्पले क्षती पुगे पछि प्रदेश सरकारले बजेट विनियोजन गरेर अहिले धमाधम निर्माण भैरहेको छ । यो गुम्बामा लामा गुरुहरु द्वारा स्कुल समेत संचालन गर्ने गरेका छन । यहाँ पढन नेपाल , भारत लगायतका ठाउँबाट पढन आउने गर्छन । यो गुम्बाले गर्दा माइजोगमाईको पर्यटन प्रवर्द्धनमा झनै ठुलो सहयोग पुगेको छ ।

यी र यस्तै थुप्रै धार्मिक एवं पर्यटकीय ठाउँहरु रहेको छ ।माईजोगमाई ४ मा अवस्थीत माईबेनी शिवालय धाम देखि प्याङको गुम्वा , सात तले छागो , उत्तरे पोखरी , मलु पोखरी , होर्मुखोलामा अवस्थित पंचकन्या सिंह देवि मन्दिर , जोगमाईमा अवस्थित महादेवस्थान , मेघमामा रहेको एसियाकै पुरानो बौद्ध गुम्बा , थुम्केरानी लगायत अन्य थुप्रै घुम्नै पर्ने ठाउँहरु रहेको छ ।

The post माईजोगमाई गाउँपालिका जहाँ छन् यस्ता प्रतिमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register