सहकारी ठगी छानबिनका लागि पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो । रास्वपा सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी […]

Nov 19, 2024 - 15:23
 0
सहकारी ठगी छानबिनका लागि पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो ।

रास्वपा सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको थियो ।

रविलाई पनि यही साता काठमाडौं ल्याउने तयारी रहेको प्रहरीस्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register