बङ्गलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै
काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’अन्तर्गत बङ्गलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । वर्षाका कारण ढिला सुरु भएको खेलमा बङ्गलादेशले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो । यस खेलमा बंगलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउनेछ । यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान […]

काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’अन्तर्गत बङ्गलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
वर्षाका कारण ढिला सुरु भएको खेलमा बङ्गलादेशले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो । यस खेलमा बंगलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउनेछ ।
यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक/एक अङ्क बाँडेका थिए ।
पालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।
यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक/एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
What's Your Reaction?






